अधिकारप्रति सचेत भएर अभिलेख गर्नुपर्छः गौतम
आपराधिक वा व्यक्ति व्यक्तिबिचको क्रियाकलापका घटना मानव अधिकारसँग सम्बन्धित नरहेतापनि त्यस्ता घटनहरूलाई मानव अधिकारसँग जोडिएर हेर्ने गरेकोले मानव अधिकारका बारेमा सचेतना फैलाउन आवश्यक रहेको इन्सेक कार्यकारी निर्देशक विजयराज गौतमले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा असोज २९ गतेदेखि सुरू भएको मानव अधिकार रक्षकसम्बन्धी तीन…
आपूर्ति राज्यमन्त्री चढेको गाडीमा तोडफोड
बजार अनुगमनका क्रममा असोज ७ गते कैलालीको टिकापुर पुगेका आपूर्ति राज्यमन्त्री कर्णबहादुर बिकमाथि स्थानीय व्यवसायीहरूले आक्रमणको प्रयास गर्दै उनले चढेको बा १ झ ९६९९ नम्बर गाडीमा तोडफोडसमेत गरेका छन् । अनुगमनको नाममा व्यापारीलाई दुःख दिएको आरोप लगाउँदै अनुगमनको विरोधमा उत्रेका व्यवसायीहरूले मन्त्रीको गाडीमा रहेको नेपालको झन्डा च्यात्चुत पार्नुका साथै ढुङ्गामुढाको…
सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग कैलालीमा भदौ २८ गते समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा देखा परेका समस्या र त्यसको समाधानको बारेमा छलफल भएको थियो । इन्सेकले जिल्लास्तरमा सञ्चालन गर्दै आएको कार्यक्रमको विवरण, गत वर्षको प्रगति विवरण…
प्रदेश नं ७ का जिल्लाहरूमा भ्रष्टाचारविरूद्ध हस्ताक्षर अभियान
कैलाली जिल्ला इन्सेक प्रतिनिधि रविना चौधरीका अनुसार अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, एफएमडीसी, पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घको सयुंक्त आयोजनामा भदौ २३ गते धनगढी उमनपाका जनप्रतिनिधिहरूबाट भ्रष्टाचारविरूद्ध शुन्य सहनशीलतासम्बन्धी राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ । "म सबैखाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहने छु ।" भन्ने मूल…
बाल अधिकार तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तीन दिने बाल अधिकार तालिम सम्पन्न भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म सञ्चालन भएको बाल अधिकार तालिममा कैलाली र कञ्चनपुर जिल्लाका आठ ओटा विद्यालयका २४ जना बालबालिकाको सहभागिता रहेको…
बेचबिखन घटनाका आरोपित गिरफ्तार
२० वर्षीया, २४ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर कैलालीको सीमा नाका त्रीनगरबाट भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले टिकापुर नपा-१३ का शिवराज सञ्जेल र सोही ठाउँका कमल चौधरीलाई साउन २५ गते गिरफ्तार गरेको छ । तीन जना महिलासहित आरोपितहरू भारतीय बजारतर्फ गइरहेको अवस्थामा शङ्का लागेर सोधपुछ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ५२ वर्षीय नातेदारलाई साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले सात महिनादेखि डरत्रासमा पारी पटकपटक यौन दुर्व्यवहार गरेको र बलात्कार गरेको आरोपमा सोही दिन आरोपितविरुद्ध प्रहरीमा उजुरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३ गते टिकापुर…
न्याय सम्पादनमा देखा परेका समस्या र सुधारका उपाय विषयक अन्तरक्रिया सम्पन्न
अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढी लगायत मानव अधिकार तथा न्यायसँग सम्बन्धित अन्य संस्थासमेतको संयुक्त आयोजनामा कैलाली जिल्लामा न्याय सम्पादन गर्दा देखा परेका समस्या र सुधारका उपाय विषयक अन्तरक्रिया साउन २ गते धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा अधिवक्ता राजेन्द्रबहादुर साउदले कैलाली जिल्लामा न्याय…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
अनौपचारिक क्षेत्र सेव केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि कैलाली जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाको विषयमा अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ । समीक्षाका साथै प्रदेश नं ७ को मानव अधिकार स्थितिसूचक प्रतिवेदन माथि असार १९ गते छलफल गरिएको…
आफैँले बोकेको बम विष्फोट हुँदा एकको मृत्यु
धनगढी उमनपा-४ खानेपानी रोडमा असार १२ गते राति ९ः५५ बजे आफैँले बोकेको बम विष्फोट हुँदा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य धनगढी उमनपा-१२ जुगेडाका २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । बम पड्किएर गम्भीर घाइते भएका सिंहलाई उपचारको लागि सेती अञ्चल अस्पतालमा लगिएको थियो ।…