मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन बनाउन जिम्मेवार छुः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले इन्सेकको समन्वय र सहजीकरणमा तयार पारिएको मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणसम्बन्धी नमुना कानुन–२०७८ प्रदेश सभाको आसन्न अधिवेशनबाट पारित गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चैत २८ गते बुझाएको मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणसम्बन्धी नमुना कानुन–२०७८ ग्रहण गर्दै…
इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधिद्वारा सुदूरपश्चिमका मुख्यमन्त्रीसँग भेट, मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन प्रदेशसभाको आसन्न अधिवेशनबाट पारित गराउने प्रतिबद्धता
इयु वर्किङ ग्रुप र इन्सेकका प्रतिनिधि सम्मिलित टोलीले चैत २८ गते सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहित सरकारी अधिकारीहरूसँग छुट्टाछुट्टै भेट गरी मानव अधिकार संरक्षणका विषयमा छलफल गरेको छ । छलफलका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुन प्रदेशसभाको आसन्न अधिवेशनबाट पारित गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मानव…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र मानव अधिकार समुहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम चैत २३ गते गोदावरीमा सम्पन्न भएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले आफ्नो कार्यकालमा पालिकाको सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र, दुरदराजका महिलाहरुलाई पायक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–६ आर्दशनगरका ६० वर्षीय कल्लु दमाईलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते खेतमा एक्लै घाँस काटिरहेको अवस्थामा बलात्कार गरेको घटनाबारे चैत १२ गते छिमेकीले बताएपछि आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको भेटमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वार्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुरे गाउँपालिका–४ का ६० वर्षीय तिलक शाहीलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १२ गते बाख्रा चराउन गएको बेलामा डरत्रास देखाएर बलात्कार गरेकोले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो…
सामुहिक बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
१३ र १४ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदातल, कैलालीले जानकी गाउँपालिका–५ का २१ वर्षीय महेश चौधरी, १९ वर्षीय नरेश चौधरी, २२ वर्षीय मनोज चौधरी र २० वर्षीय रामबहादुर चौधरीलाई १४ वर्ष ६ महिना कैद, १८ वर्षीय रमेश शाहीलाई १३ वर्ष, १७ वर्षीय कृष्ण नगरकोटीलाई नौ वर्ष आठ…
बलात्कार घटनाका आरोपित विरुद्व उजुरी
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढी उपमहानगरपालिका–१५ का २६ वर्षीय बाबुराम चौधरी विरुद्व चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । चैत ५ गते आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले दिदीलाई भनेपछि पीडित पक्षले स्थानीय प्रहरी चौकीमा खबर गरेको वडाध्यक्ष फुलराम चौधरीले इन्सेक प्रतिनिधिसँगको…
इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको सयुक्त टोलीद्धारा मानव अधिकारको अवस्थाको अनुगमन
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, राष्ट्रिय मानव अधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालय र पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको संयुक्त टोलीले गौरीगंगा नगरपालिकाबाट प्रवाह गरिदै आएका सेवा तथा त्यसको प्रभावकारीता र नगरपालिकाको समग्र मानव अधिकारको अवस्थाका सन्दर्भमा चैत १ गते अनुगमन गरिएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
२६ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जोशीपुर गाउँपालिकामा–५ का २७ वर्षीय दिनेश चाैधरी विरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा फागुन ३० गते उजुरी दिनु भएको छ । आफूमाथि फागुन २९ गते बलात्कार भएपछि चौधरीका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।…
स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र नगरस्तरीय मानव अधिकार समुहको समन्वयमा स्थानीय तहमा सेवा प्रवाहको अवस्था र जवाफदेहिताको सन्दर्भमा सार्वजनिक सुनुवाइ कार्यक्रम फागुन २९ गते गौरीगंगा नगरपालिकामा सम्पन्न भएको छ । गौरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीश पन्तले नगरपालिकाका सबै विद्यालयमा निःशुल्क र गुणस्तरीय शिक्षाका लागि शिक्षक दरबन्दी रिक्त…