बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला कुसे गाउँपालिका(८ का २३ वर्षीय राकेश भन्ने प्रशान्त रोकायालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते विवाह गर्ने प्रलोभनमा पारेर बलात्कार गरेकोले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पीडितका बुवाल इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।…
राजनीतिक दलहरुद्वारा आचारसंहिता उल्लङ्घन
स्थानीय तह निर्वाचन नजिकिदै गएको अवस्थामा राजनीतिकहरुले निर्वाचन आयोगद्वारा जारी गरिएको आचरसंहिताको पूर्ण रुपमा पालन गर्न नसकेको इन्सेक प्रतिनिधिहरुले गर्नु भएको अनुगमनका क्रममा पाइएको छ । इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि जिल्लास्थित राजनीतिक दलले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको…
सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचन मनोनयन दर्ता प्रक्रिया सम्पन्न, दलहरुद्वारा आचारसंहिताको उल्लङ्घन
स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको दास्रो दिन वैशाख १२ गते सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ ओटा स्थानीय तहमा बिभिन्न दलहरुले शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता गरेका भएपनि निर्वाचन आचारसंहिताको भने पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी गराउनु भएको छ । निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलहरुले वैशाख…
मुक्त कमैया शिविरमा आगजनी, ७३ ओटा घर जलेर नष्ट
कैलारी गाउँपालिका–७ विपद्पुरस्थित मुक्त कमैया शिविरमा भएको आगजनीबाट ७३ घर जलेर नष्ट भएका छन् । वैशाख ११ गते गहुँको नलमा लगाएको आगो दिउँसो गाउँमा सल्किएपछि ७३ घर जलेर नष्ट भएको स्थानीय मुक्त कमैया इन्द्रा चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले रूदै भन्नु भयो– ‘आजसम्म यस्तो भिषण आगलागी…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा टेलिभिजन सम्बाद सम्पन्न
अनौपचरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, मानव अधिकार समुह र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारको सवालमा सरोकारवालासँग टेलिभिजन सम्बाद कार्यक्रम वैशाख ९ गते गोदावरी नगरपालिकामा सम्पन्न भएको छ । इन्सेक सुदुरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही…
स्वच्छ, निष्पक्ष तथा भयरहित निर्वाचनका लागि निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्ने राजनीतिक दलहरुको प्रतिबद्धता
इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचरसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा वैशाख ७ गते धनगढीमा अयोजित स्वच्छ, निष्पक्ष तथा भयरहित स्थानीय निर्वाचनका लागि सरोकारवालाको भुमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रममा राजनीतिक…
घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले वैशाख ५ गते कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ अमरैयाकी घरेलु हिंसा पडित महिलालाई आर्थिक सहयोग प्रदान गरेको छ । कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका–२ अमरैयाकी ३३ वर्षीया निर्मला चौधरीलाई राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसमा मानव अधिकार सहायता कक्ष अन्तर्गत १० हजार रुपियाँ सहयोग…
६ महिना वितिसक्दा समेत राहत पाउन नसकेको बाढी प्रभावित कृषकहरुको गुनासो
अविरल वर्षाका कारण आएको बाढीका कारण धानबाली नष्ट भएको ६ महिना वितिसक्दा समेत प्रदेश सरकार र स्थानीय तहबाट कुनै प्रकार सहयोग तथा राहत पाउन नसकेको जिल्लाका बाढी प्रभावित कृषकहरुले गुनासो गरेका छन् । सुदूरपश्चिम प्रदेशमा गत वर्षको असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म परेको बेमौसमी वर्षा कारण किसानले लगाएको धानबाली…
स्थानीय तह निर्वाचन २०७९– सुदूरपश्चिम प्रदेशका १ हजार १ सय ३५ मतदानस्थलमध्ये ३ सय २७ अति संवेदनशील र ४ सय १० संवेदनशील मतदानस्थल
०७८ माघ २४ गते बसेको मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णयपछि सुदूरपश्चिम प्रदेशका ८८ ओटा स्थानीय तहमा ०७९ वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा १ हजार १ सय ३५ मतदानस्थल रहेकोमा ३ सय २७ ओटा अति संवेदनशील र ४ सय १० ओटा संवेदनशील मतदानस्थल रहेका…
मानव अधिकारका सवाललाई पार्टीको घोषणा–पत्रमा उल्लेख गर्ने प्रतिवद्धता
गोदावरी नगरपालिकास्तरीय मानव अधिकार समुहको टोलीले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संवोधनका लागि राजनीतिक दलले तयार गर्ने स्थानीय तह निर्वाचन घोषण–पत्रमा समावेश गर्न जिल्लास्थित राजनीतिक दललाई चैत २९ गते आठ बुँदे माग सहितको ज्ञापन–पत्र बुझाएको छ । जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुलाई भेटर मानव अधिकार समुहको टोलीले सो ज्ञापन–पत्र बुझाएका…