बेचबिखन तथा ओसारपसार प्रयास घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई वेचविखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले घोडाघोडी नगपालिका-८ का २२ वर्षीय रोशन बिकलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई विवाहको प्रलोभनमा पारी आरोपितले असार १३ गते भारतको मुम्बई लैजादै गरेको अवस्थामा माइती नेपालले चेकजाच गर्ने क्रममा आरोपितलाई असार १३ गते नियन्त्रणमा लिएर प्रहरीको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ जनवरीदेखि सन् २०२२ जुनसम्म इन्सेक जिल्ला प्रतिनिधिहरुले संकलन गर्नु भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको पुष्टि तथा पुनर्पुष्टि गर्नका लागि जिल्लास्थित सरोकारवालाहरुसँग असार १० गते अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गर्नु भएको छ । इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार इन्सेक सुदूरपश्चिम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ वनरीयाका २२ वर्षीय हरीशंकर चौधरीलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले दाइको साथी भनेर चिनजान बालिकालाई घुम्न जाउँ भनेर जेठ २७ गते लगेर गएपछि घरमा बन्दक बनाई बलात्कार गरेकोले आरोपित विरुद्ध असार २ गते उजुरी दर्ता गरेको…
प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यक्रम समीक्षा तथा अन्तरक्रिया गोष्ठी असार ४ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा सञ्चालित मानव अधिकार शिक्षाको अवस्था, कार्यक्रमको प्रभावकारीता तथा मानव अधिकार अवस्थाका बारेमा सहजकर्ता र जिल्ला प्रतिनिधीहरुसँग वार्षिक समीक्षा तथा अन्तरक्रिया सम्पन्न गरिएको हो…
मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारका सवालमा सञ्चारकर्मीसँग समन्वय बैठक जेठ २७ गते धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्थाका बारेमा छलफल गर्न, मानव अधिकारका सवालहरुलाई साझाँ रुपमा उजागर गर्न, मानव अधिकारको संरक्षण, सम्बर्धन तथा परिपुर्तीका लागि राज्यलाई जवाफदेही बनाउन र सञ्चारकर्मी तथा मानव अधिकार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-३ विशालनगरका २४ वर्षीय अनितकुमार शाहलाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई विवाहको प्रलोभन देखाएर ०७८ साउन महिनादेखि आरोपितले बलात्कार गर्दै आइरहेको र गत वैशाख १९ गते यवतीसँग विवाह गर्दिन भनेर आरोपितले धम्की दिँदै आएको खुल्न आएपछि आरोपित विरुद्ध…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
लम्कीचुहा नगरपालिका–८ बचैलाकी ३० वर्षीया हिंसा पीडित महिला जनपुरा देवकोटालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले जेठ १७ गते आर्थिक सहयोग प्रदान गरेको छ । हिंसा पीडित महिलाको आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्न र न्यायिक प्रक्रियामा जान समेत समस्या भएको भन्दै सहयोगका लागि लम्कीचुहा नगरपालिका—८ वडा कार्यालयको सिफारिसमा मानव…
स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षणको अनुभव आदनप्रदान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षणको अनुभव आदन प्रदान कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले इन्सेकले स्थानीय निर्वाचन २०७९ अनुगमन तथा पर्यवेक्षण गर्दा प्राप्त सकारात्मक पक्ष, निर्वाचनका क्रममा मानव…
स्थगित भएका मतदानस्थलहरुमा कडा सुरक्षाका बीच मतदान कार्य सम्पन्न
इन्सेक, बाजुरा प्रतिनिधि पदमबहादुर सिहका अनुसार बुढीनन्दा नगरपालिका–८ को पीसक्रेटर जोन एकेडेमी मतदानस्थलमा स्थगित भएको मतदान कार्य नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र भित्री घेरामा म्यादी प्रहरीको कडा सुरक्षाकाबिच जेठ ३ गते सम्पन्न भएको छ । वैशाख ३० गते मतदानस्थलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएपछि मतदान…
पत्रकारलाई ज्यान मार्ने धम्की, आरोपित विरुद्ध प्रहरीमा उजुरी
एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हरिष विक र जिल्ला सम्वाददाता राजन जैगडीलाई घोडाघोडी नगरपालिका कार्यालयका प्रमुख दिपक आचार्य र घोडाघोडी नगरपालिका—२ का निवर्तमान अध्यक्ष हरी विष्टले ज्यान मार्ने धम्की दिएको आरोपमा पीडित पक्षले जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घोडाघोडी नगरपालिका—स्थित कान्द्रा नदीमा जेठ १ गते …