ग्रामीण क्षेत्रका नागरिक स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित
ग्रामीण क्षेत्रका बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित भएका छन् । स्थानीय प्रशासनले नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् । वेलौरी, सिसैयालगायत…
माओवादीका कार्यकर्ताद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप
महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । अस्पतालमा कानुनी प्रक्रिया नपुर्याई कर्मचारी नियुक्ती गरेको, नियम विपरित अप्रेसनका नाममा सेवाग्राहीबाट १२ हजार रुपियाँ असुलेको, अस्पतालको गेटमा मेडिकल खोली सेवाग्राहीबाट…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग रामान्य विवाद भएपछि असोज १४ गते राति बलरामले जिविकाको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई गिरफ्तार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बेतकोट नपा-११ का ३० वर्षीय महादेव नाथलाई भदौ २२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ २२ गते आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन पीडित बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाका अविभावकले दिएको उजुरीका आधारमा…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
पूर्व-पश्चिम लोकमार्गको झलारी-वाणी खण्डमा अवस्थित जङ्गलमा ३५ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा झलारीपिपलाडी नपा-११ का २७ वर्षीय अम्मर विष्टलाई भदौ ६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई राजमार्गबाट नियन्त्रणमा लिएर छेउमै रहेको जङ्गलमा लगेर बलात्कार प्रयास गर्न खोज्दा पीडित महिलाले प्रतिकार गरेर भागेको बताइन् । पीडित…
दुई सन्तानलाई विष खुवाएर हत्या गरी आमाद्वारा आत्महत्या
बेलौरी नपा - १४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीले चार वर्षीय छोरा दिपेस चौधरी र सात वर्षीया छोरी जस्मिन चौधरीलाई ०७३ भदौ ५ गते विष सेवन गराएर हत्या गरेकी छिन् । आरोपित महिलाले पनि घटनालगत्तै विष सेवन गरेकी थिइन् । उखु बारीमा मानिस चिच्याएको आवाज सुनिएपछि स्थानीयले घटनाबारे थाहा पाएका…
अञ्चल अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा स्वास्थ्य सेवा प्रभावित
दरबन्दी अनुसार चिकत्सक नहुँदा महाकाली अञ्चल अस्पतालको स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । महाकाली अञ्चल अस्पतालमा रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा अस्पतालमा आउने बिरामी उपचार नपाएर मारमा पर्ने गरेका छन् । २०२९ सालमा स्थापना भएको यस अस्पतालमा स्थापनाकालदेखि हालसम्म कहिलेपनि दरबन्दी पुरा नभएको अञ्चल अस्पताल सुधार समितिका संयोजक डा. गणेश…