शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच समन्वयात्मक बैठक सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाहरूबिच समन्वायत्मक बैठक चैत ३० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग सेवाप्रवाहमा अभिवृद्धि गर्नुका साथै सरोकारवालाहरूलाई कार्यक्रमका बारेमा जानकारी दिने उद्धेश्यले समन्वयात्मक बैठक आयोजना गरिएको इन्सेक क्षेत्रीय कार्यालयका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महाकाली नपा-४ का ४६ वर्षीय खोमलाल खत्रीलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, दोधारामा चैत २२ गते उजुरी दिएका थिए । पीडितका अविभावकले दिएको उजुरीका…
लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालासँग अन्तरक्रिया
इन्सेक क्षेत्रीय कार्यालय धनगढी र शान्ति युवा समूहको संयुक्त आयोजनामा चैत २३ गते बेलौरीमा सम्पन्न भएको युवा दुर्व्यसनी तथा लागुपदार्थ नियन्त्रणका लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका इन्सपेक्टर कृष्णानन्द भट्टले लागुपदार्थ नियन्त्रणका लागि युवा समूह र इन्सेकसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१३ का १८ वर्षीय दिनेश नेपालीलाई चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत ६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
११ तोपको सलामीसहित गोविन्द गौतमको अन्तिम संस्कार
पुर्नवास-८ आनन्दबजार नजिक भारतीय सिमा सुरक्षा वलले चलाएको गोली लागेर मृत्यु भएका गोविन्द गौतमको फागुन २९ गते दोदा नदीमा ११ तोपको सलामीसहित अन्तिम संस्कार गरिएको छ । हिन्दु परम्परा अनुसार गरिएको गौतमको अन्तिम संस्कारमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । सेती अञ्चल अस्पताल धनगढीबाट सुरु भएको शव यात्रा…
प्रदर्शनकारीद्वारा भारतीय नम्बरका सवारीसाधनहरू तोडफोड
भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर फागुन २६ गते मृत्यु भएका पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमलाई शहीद घोषणा, दोषीहरूलाई कारबाहीलगायतका माग गर्दे सत्तारुढ एकीकृत नेकपा माओवादी केन्द्रले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीहरूले बन्दको अवज्ञा गरेको भन्दै फागुन २७ गते जिल्ला…
भारतीय सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु
पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ । भारतीय सिमा सुरक्षा वलको टोलीले पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको कर्ल्भट तोडन खोजेकाले त्यसो नगर्न स्थानियबासीले आग्रह गरेका थिए । हतियार सहित…
विद्यार्थीबिच भएको झडपमा एक घाइते
नेविसङ्घ र अनेरास्ववियुका विद्यार्थीबिच फागुन २१ गते भएको झडपमा नेविसङ्घका कार्यकर्ता भीमदत्त नपा-४ भगतपुरका २४ वर्षीय सुदिप उप्रेती घाइते भएको पीडित पक्षको आरोप छ । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि फागुन २१ गते भीमदत्त नपा-४ मा दुवै समूहका विद्यार्थीको जम्काभेट हुँदा भएको झडपमा अनेरास्वियुका विद्यार्थीहरूले खुकुरी प्रहार गरी उप्रेतीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वेलौरी नपा-२ गोकुलपुरका २२ वर्षीय मङ्गल चौधरी र २४ वर्षीय टिकाराम चौधरीलाई माघ २७ गते इलाका प्रहरी कार्यालय वेलौरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले ०७३ पुस ८ गते बलात्कार गरेको भन्दै पीडित महिलाले पुस ९ गते इलाका प्रहरी कार्यालय, वेलौरीमा उजुरी दिएकी…
अज्ञात समूहद्वारा कलेजमा आगजनी
भीमदत्त नपा-४ महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा माघ २६ गते राति अज्ञात समूहले आगजनी गरेका छन । ०७३ माघ २६ गते राति ३ बजे आएका ४/५ जनाको अज्ञात समूहले कलेजका चौकीदार दिलबहादुर चौधरीलाई कोठामा थुनेर कलेजको लेखा शाखामा भएका कागजपत्र र सामानहरूमा आगो लगाएका थिए । आगलागीबाट लेखा शाखाका सम्पूर्ण…