कञ्चनपुरमा ९२ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशील
कञ्चनपुर जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १ सय ३२ मतदान स्थल र २९३ मतदान केन्द्र रहेका छन् । १ सय ३२ ओटा मतदान स्थलमा ६६ ओटा अति सम्वेदनशील, २६ ओटा सम्वेदनशील र ४० ओटा सामान्य रहेको विश्लेषण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले बताए…
समाचारमा चित्त नबुझेपछि दुई जना पत्रकार गिरफ्तार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानसखण्ड पत्रिकाका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई समाचारको विषयलाई लिएर पूर्वाग्रही भई असार ३ गते गिरफ्तार गरेको भन्दै पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीलाई मानखण्ड दैनिकको कार्यालयबाट र कार्यकारी…
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान जिल्ला समन्वय समिति गठन
मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा जेठ २८ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ । अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने र नागरिक स्तरबाट निर्वाचनको अनुगमन गर्ने उद्धेश्यले इन्सेकका जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २५ गते भीमदत्त नपा-४ का २४ वर्षीय राजबहादुर धामीलार्इ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा जेठ २५ गते उजुरी परेपछि प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
राजनीतिक दलहरूद्वारा बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता
वालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने विषयमा कञ्चनपुरका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति, कञ्चनपुरले जेठ २५ गते जिल्लाको सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको बालअधिकार र आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् । जिल्लामा बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्ने, राजनीतिक गतिविधिहरू विद्यालयमा…
निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्न नागरिक समाजको भूमिका महत्वपूर्णः अध्यक्ष प्याकुरेल
निर्वाचनलाई स्वच्छ र व्यवस्थित गर्नका लागि नागरिक समाजको भूमिका महत्वपुर्ण हुने स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा जेठ १९ गते महेन्द्रनगरमा आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरा…
सीमा नाकाबाट दुई युवतीको उद्धार
पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको वैशाख १६ गते साँझ उद्धार गरेको राससले जनाएको छ । काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ ख ४१६८ नंको बसमा जाँदै गरेका २२ वर्षीया र ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो…
गहुँको मुल्य निर्धारण गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण
मानव अधिकार निगरानी समूह कञ्चनपुर र इन्सेक क्षेत्रीय कार्यालय धनगढीले कञ्चनपुरमा गहुँको मुल्य निर्धारण नगरेका कारण कृषकहरू मार्कामा परेको भन्दै गहुँको मुल्य निर्धारण गर्न चैत ३१ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित मानव अधिकार निगरानी समूह कञ्चनपुरका…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच समन्वयात्मक बैठक सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाहरूबिच समन्वायत्मक बैठक चैत ३० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग सेवाप्रवाहमा अभिवृद्धि गर्नुका साथै सरोकारवालाहरूलाई कार्यक्रमका बारेमा जानकारी दिने उद्धेश्यले समन्वयात्मक बैठक आयोजना गरिएको इन्सेक क्षेत्रीय कार्यालयका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महाकाली नपा-४ का ४६ वर्षीय खोमलाल खत्रीलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय, दोधारामा चैत २२ गते उजुरी दिएका थिए । पीडितका अविभावकले दिएको उजुरीका…