अज्ञात व्यक्तिद्वारा सशस्त्र प्रहरी बलका सहायक हवल्दारको हत्या
राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी बलका ३३ वर्षीय सहायक हवल्दार नरेन्द्र कुँवरको भदौ ८ गते बिहान भीमदत्त नगरपालिका-६ नहरमा टाउकोमा ढुङगाले हानेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-३ का कुँवर भदौ ७ गते राति ड्यूटी सकेर घर गइरहेको अवस्थामा मध्यरातमा…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कञ्चनपुरको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजनाको जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार २७ गते जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरमा सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी राजेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको बैठकमा इन्सेक जिल्ला…
इन्सेक कञ्चनपुरको आयोजनामा निःशुल्क बाली उपचार शिविर सम्पन्न
इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूहको आयोजनामा असार २४ गते शङ्करपुर र बेलौरीमा निःशुल्क बाली उपचार शिविर सम्पन्न भएको छ । शङ्करपुर र बेलौरीमा सम्पन्न निःशुल्क बाली उपचार शिविरमा शङ्करपुरका ३५ जना कृषक र बेलौरीका २५ जना कृषकहरूले विभिन्न रोग लागेका बालीहरूको जाँच गराएका थिए । कृषकहरूलाई बालीमा रोग…
तीन स्थानमा बम फेला, सेनाद्वारा निष्कृय
पुनर्वास नपा-४ र पुनर्वास नपा-६ मा असार १३ गते भेटिएका सकेट र प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले जानकारी दिए । यसैगरी कृष्णपुर नपा-२ मा भेटिएको प्रेसर कुकर बमलाई पनि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयले…
मानव अधिकार वर्ष पुस्तक २०१८ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलन भएका घटनाहरूको असार ९ गते कञ्चनपुरमा सरोकारवालाहरूको सहभागितामा पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाटले कञ्चनपुर जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलन गरिएका घटना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा १…
कञ्चनपुरमा ९२ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशील
कञ्चनपुर जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १ सय ३२ मतदान स्थल र २९३ मतदान केन्द्र रहेका छन् । १ सय ३२ ओटा मतदान स्थलमा ६६ ओटा अति सम्वेदनशील, २६ ओटा सम्वेदनशील र ४० ओटा सामान्य रहेको विश्लेषण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दाहालले बताए…
समाचारमा चित्त नबुझेपछि दुई जना पत्रकार गिरफ्तार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मानसखण्ड पत्रिकाका सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक गणेश भट्टलाई समाचारको विषयलाई लिएर पूर्वाग्रही भई असार ३ गते गिरफ्तार गरेको भन्दै पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आपत्ति जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारीलाई मानखण्ड दैनिकको कार्यालयबाट र कार्यकारी…
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान जिल्ला समन्वय समिति गठन
मानव अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाहरूको सहभागितामा जेठ २८ गते स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको जिल्ला समन्वय समिति गठन गरिएको छ । अगामी असार १४ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरोकारवालाहरूको ध्यानाकर्षण गर्ने र नागरिक स्तरबाट निर्वाचनको अनुगमन गर्ने उद्धेश्यले इन्सेकका जिल्ला…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ २५ गते भीमदत्त नपा-४ का २४ वर्षीय राजबहादुर धामीलार्इ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा जेठ २५ गते उजुरी परेपछि प्रहरीले गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…
राजनीतिक दलहरूद्वारा बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने प्रतिबद्धता
वालबालिकालाई निर्वाचनमा प्रयोग नगर्ने विषयमा कञ्चनपुरका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति, कञ्चनपुरले जेठ २५ गते जिल्लाको सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको बालअधिकार र आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् । जिल्लामा बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधिमा प्रयोग नगर्ने, राजनीतिक गतिविधिहरू विद्यालयमा…