मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले दार्चुला जिल्ला अपिहिमाल गाउँपालिका-३ की २३ वर्षीया जयन्ती भण्डारीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाईफकाई भारततर्फलैजाँदै गर्दा पीडित बालिकाका आफन्तले दिएको सूचनाका आधारमा आरोपितलाई महाकाली नगरपालिका-८ बाट प्रहरीले गिरफ्तार गरेको थियो । उद्धार गरिएकी बालिकालाई अविभावकको…

२०७५ जेष्ठ १५, मंगलवार ११:१२ गते  
मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले बन्धक बनाएर राखेको आरोपमा भारतको पिलिभित जानदवाका २४ वर्षीय इन्तजाल अहमद र सोही ठाउँका २० वर्षीय अफजल सोहिब अहमदलाई जेठ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित दुवैकाविरूद्ध पीडित बालिकाका अविभावकले जेठ १० गते मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उजुरी दिएपछि आरोपितद्वयलाई जिल्ला…

२०७५ जेष्ठ १३, आईतवार २१:२८ गते  
पुर्व माओवादी नेताद्वारा सञ्चालित फर्निचर उद्योगमा बम विष्फोट

भीमदत्त नगरपालिका-४ महेन्द्रनगरमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा जेठ १३ गते बिहान ३ बजे अज्ञात समूहले बम विष्फोट गराउँदा निर्माणाधिन भवनमा क्षति भएको छ । पुर्व माओवादी जिल्ला सदस्यसमेत रहेका कैलाश सुनारले सञ्चालन गरिरहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बम विष्फोटन हुँदा भवनको पर्खालमा प्वाल परेको छ । अज्ञात…

२०७५ जेष्ठ १३, आईतवार २१:२७ गते  
अखिल क्रन्तिकारीद्वारा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको कुर्सी आगजनी

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले शैक्षिक सुधारका लागि राखेका माग पुरा नगरेको आरोपमा वैशाख ११ गते शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखको कुर्सी जलाएका छन् । जिल्लामा रहेका 'अवैधानिक' निजी विद्यालयहरू बन्द गर्नुपर्ने, निजी विद्यालयवाट कपीकलम बेच्ने लगायतका शैक्षिक विकृती रोक्नुपर्ने लगायतका मागहरू राख्दा समेत सम्बोधन गर्न शिक्षा…

२०७५ बैशाख १२, बुधबार ०९:३१ गते  
स्वास्थ्य अधिकारका सवालमा छलफल तथा सम्वाद सम्पन्न

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, कञ्चनपुरको आयोजनामा महाकाली अञ्चल अस्पतालमा अस्पतालको सेवा प्रवाहका बारेमा चैत २७ गते छलफल सम्वाद सम्पन्न भएको छ । सो कार्यक्रममा महाकाली अञ्चल अस्पतालका निर्देशक डक्टर श्रीकृष्ण भट्टले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवा प्रवाह र पाउने सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । महाकाली…

२०७४ चैत्र २७, मंगलवार २१:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१० का २६ वर्षीय किसन नाथलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडित दुवै बालिकालाई आरोपितले चैत २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी…

२०७४ चैत्र २३, शुक्रबार २१:४६ गते  
चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक कञ्चनपुरको संयोजन र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीको आयोजनामा चैत २२ गते कञ्चनपुरको महेन्द्रनगरमा चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजनाको कार्यान्यवन विषयमा अन्तरक्रिया गरिएको छ । चौथो मानव अधिकार राष्ट्रिय कार्ययोजना र कार्यान्यवन विषयक अन्तरक्रिया कार्यक्रममा विषयगत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आआफ्ना कार्यालयले सम्पन्न गरेका कार्यक्रम र सेवा प्रवाहको…

२०७४ चैत्र २३, शुक्रबार २१:०५ गते  
जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

जातीय विभेद गरेको आरोपमा पुनर्वास नपा-६ का बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीले चैत १२ गते गिरफ्तार गरेको छ । पुनर्वास नपा-६ स्थित चोकमा रहेको मन्दिरमा शिवरात्रीका दिन पुजाको विषयमा जातीय विभेद गरेको आरोपमा स्थानीय धनबहादुर बिक र टेकबहादुर बिकले गत फागुन १५ गते इलाका प्रहरी कार्यालय,…

२०७४ चैत्र १३, मंगलवार २१:५६ गते  
विवाह गर्न नमानेको आरोपमा युवतीमाथि निर्घात कुटपिट

भीमदत्त नपा-५ वनखेतकी २४ वर्षीया सोनी चन्दलाई आफूसँग विवाह गर्न नमानेको आरोपमा भीमदत्त नपा-१० गड्डाचौकीका २७ वर्षीय राकेश चन्दले फागुन ३० गते निर्घात कुटपिट गरेका छन् । सोनीको घरमा आएर राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाव दिँदा सोनीले नमानेपछि उनले कुटपिट गर्नका साथै तातो घिउ आँखामा हालिदिएको पीडितले बताइन् ।…

२०७४ फाल्गुन ३०, बुधबार १६:३५ गते  
जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा पुजारीविरुद्ध उजुरी

पुनर्वास नपा-६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकलाई पुनर्वास नपा-६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन मन्दिरका पुजारीले जातीय विभेद गरेको आरोपमा फागुन १५ गते इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा पुजारीविरूद्ध उजुरी दर्ता गरिएको छ । मन्दिरका पुजारी बलराम भट्टराई र पुजारीका सहयोगी श्रीकृष्ण नेपालले दलित समुदायका…

२०७४ फाल्गुन १६, बुधबार २१:३८ गते