यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पुस २७ गते डडेल्धुरा जिल्ला परशुराम नपा-१० का ३२ वर्षीय धनबहादुर विष्टलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य…
अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूद्वारा कलेज तोडफोड
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीहरूले आह्वान गरेको शैक्षिक संस्था बन्दको अवज्ञा गरेको आरोपमा पुस २६ गते भिमदत्त नपा-६ स्थित ब्रिक्सटन कलेजमा तोडफोड गरेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई मोसो दलेका आरोपमा गिरफ्तार गरिएका विद्यार्थीहरूलाई बिना शर्त…
जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको पुनर्गठन गरिएको छ । पुस १४ गते आयोजित कार्यक्रमबाट अधिकारकर्मी कृष्णसिंह देउपाको अध्यक्षतामा १५ सदस्यीय समूहको चयन गरिएको हो । समूहका सदस्यहरूमा उच्च अदालत महेन्द्रनगर इजलास वार एशोशियनका उपाध्यक्ष पुनम सिंह चन्द,…
प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा औषधिको अभाव, बिरामी मार्कामा
औषधि आपूर्तिमा ढिलाइ हुँदा कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा दुई महिनादेखि औषधिको अभाव भएको छ । केन्द्र र क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि आपूर्ति नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा निःशुल्क उपलब्ध हुने औषधिको चरम अभाव भएको हो । औषधि अभाव भएपछि स्वास्थ्यकर्मीले उपचारका लागि पुगेका बिरामीलाई रित्तो…
बन्चरो प्रहार गरी भाइ बुहारीको हत्या, आरोपित फरार
बेलौरी नपा- ६ मोतिपुरकी ३५ वर्षीया तुलसी भट्टलाई ५५ वर्षीय जेठाजु ईश्वरीदत्त भट्टले कात्तिक २० गते बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । जग्गासम्बन्धी विवाद भएका कारण कात्तिक २० गते राति महिनावरी भएको समयमा घरबाट केही पर गोठमा सुतिरहेको अवस्थामा आरोपितले बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
बेतकोट नपा-१३ की २८ वर्षीया पुजा पन्तको हत्या गरेको आरोपमा ३० वर्षीय पति केशवराज पन्तलाई प्रहरीले कात्तिक ७ गते गिरफ्तार गरेको छ । कात्तिक ५ गते राति घरैमा सुतेकी पीडित महिलाको शवलाई कात्तिक ६ गते बिहान शरीरमा निलडामसहित फेला पारिएको थियो । मृतकको शरीरमा निलडाम देखिएपछि पतिले नै हत्या गरेको…
सार्वजनिक यातायात बन्द भएका कारण हजारौँ यात्रु अलपत्र
यातायात व्यवसायीबिच भएको विवादका कारण महाकाली यातायात, पवनदुत यातायात तथा महाकाली टेम्पो तथा ट्याक्सी समितिले आह्वान गरेको यातायात बन्दका कारण तीन दिनदेखि सार्वजनिक यातायात बन्द भएका कारण यात्रुहरू अलपत्र परेका छन् । नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सेवा सञ्चालन गरेपछि महाकाली, पवनदूत र महाकाली टेम्पु यातायात व्यवसायी समिति र शुक्लाफाँटा यातायात…
ग्रामीण क्षेत्रका नागरिक स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित
ग्रामीण क्षेत्रका बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित भएका छन् । स्थानीय प्रशासनले नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् । वेलौरी, सिसैयालगायत…
माओवादीका कार्यकर्ताद्वारा चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोप
महाकाली अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. सुर्यकुमार उपाध्यायलाई अनियमितता गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले असोज २० गते मोसो दलेर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । अस्पतालमा कानुनी प्रक्रिया नपुर्याई कर्मचारी नियुक्ती गरेको, नियम विपरित अप्रेसनका नाममा सेवाग्राहीबाट १२ हजार रुपियाँ असुलेको, अस्पतालको गेटमा मेडिकल खोली सेवाग्राहीबाट…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
झलारी पिपलाडी नपा-४ असैनाकी २१ वर्षीया जिविका रानाको हत्या गरेको आरोपमा प्रहरीले उनका २१ वर्षीय पति बलराम रानालाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलासँग रामान्य विवाद भएपछि असोज १४ गते राति बलरामले जिविकाको टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आरोपितलाई गिरफ्तार गरेको…