वडाध्यक्ष कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी

भिमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटालाई कुटपिट गरेको आरोपमा राष्ट्रिय युवा संघका कार्यकर्ता कमल रोकाया, केशव चन्द, रोहितजङ्ग कुँवर, प्रविन बोगटी, र नविन चन्दका विरुद्ध पीडित पक्षले ०८० साउन २८ गते ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिनु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी…

August 14, 2023  
बालविकास केन्द्रका शिक्षिकाहरू तलब सुविधा पाउनबाट वञ्चित

बालमैत्री माध्यमद्धारा पठनपाठन गराउन सरकारले एक विद्यालय एक बालविकास केन्द्र सञ्चालनमा ल्याएको भए पनि भिमदत्त नगरपालिका क्षेत्रमा सञ्चालित बालविकास केन्द्रका शिक्षिकाहरुले विगत १० महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् । सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरूलाई संघ र स्थानीय सरकारले तलब सुविधा उपलब्ध गराउनु पर्ने व्यवस्था अनुसार संघीय सरकारबाट पाउनु पर्ने…

August 8, 2023  
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

दोधराचाँदनी नगरपालिका–७ कञ्चनभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति प्रेमबहादुर बुढा क्षेत्रीलाई साउन १९ गते राति गिरफ्तार गरेको छ । आरोपितले घरायसी विवादका क्रमा साउन १९ गते राति चक्कु प्रहार गरेर पत्नीलाई गम्भीर घाइते बनाएका थिए । चक्कु प्रहारबाट गम्भिर घाइते हुनु भएको द्रोपतीको…

August 6, 2023  
हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या

भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवनको अभाव र स्कुलमा पर्खाल नहुँदा बालबालिकाको पठनपाठनमा समस्या भएको छ  । जेठ महिनाको वर्षासँगै आएको हावाहुरीले विद्यालयको छानो उडाएपछि कक्षा ६, ७ र ८ मा अध्ययनरत बालबालिकाहारुलाई एउटै कक्षा कोठामा राखेर पढाउनु पर्दा पठनपाठनमा समस्या भएको हो । विद्यालयको भवन हावाहुँरीले उडाएपछि वर्षायाममा…

August 6, 2023  
स्थानीयबासी कुवा र खोलाको दुषित पानी पिउन बाध्य

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भनी स्पष्ट व्यवस्था गरिएको भए पनि भिमदत्त नगरपालिका–१ रौटेला र बाराकुण्डाका २ सय घरपरिवारहरुले चुरे भएर बग्ने खोला र कुवाको दुषित पानी पिउन बाध्य भएका छन् । बर्षायाममा आउने बाढीले चुरे…

August 3, 2023  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेदकोट नगरपालिका–७ बसन्तपुरका २७ वर्षीय पुष्करराज पाण्डेलाई साउन १६ गते गिरफ्तार गरेको छ । नाबालिका छोरीसँग सुतिरहेको समयमा घरका विजुलीका बल्बहरु तोडफोड गरी कोठा भित्र प्रवेश गरी साउन १५ गते राति १२ बजे बलात्कारको प्रयास गरेकोले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा…

August 3, 2023  
सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई सास्ती

नेपालको संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था भएता पनि स्थानीयहरुले आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा मानसिक तथा टाउँकोका रोगबाट पीडित भएका व्यक्तिहरुले सास्ती खेप्नु परेको छ । महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान…

July 31, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–८ तिलाचौरका ५३ वर्षीय जोगी दर्जीलाई ०८० साउन ११ गते गिरफ्तार गरेको छ । पीडित पक्षले साउन ११ गते दिएको उजुरीका आधारमा आरोपितलाई साउन ११ गते घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,…

July 28, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोधराचाँदनी नगरपालिका–९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरुले असार १७ गते दोधराचाँदनी नगरपालिका–५ स्थित आफ्नै दुध डेरी पसलमा बोलाएर बलात्कार गरेपछि आरोपित विरुद्ध असार १८ गते ईलाका प्रहरी कार्यालय,…

July 4, 2023  
बेचबिखन तथा ओसारपसार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवती र २७ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुरका ३५ वर्षीया गिता जोशीलाई असार १३ गते गिरफ्तार गरेको छ  । घटनामा संलग्न श्याम जोशी भारतमा काम गर्दै आइरहेको भन्ने सूचना प्राप्त भएकोले उहाँका बारेमा पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी…

June 30, 2023