समाचार सङ्कलनका क्रममा पत्रकार गिरफ्तार घटनाका आरोपितलाई कार्वाहीको माग
नेपाल पत्रकार माहासंघ, कञ्चनरपुर शाखाका सदस्य तथा विकल्प दैनिक कञ्चनपुरका कार्यकारी सम्पादक रनि विवसमाथि असार ६ गते राति ज्यादती गर्दै गिरफ्तार गरेको आरोपमा घटनामा संलग्न जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र ठगुन्नामाथि कार्वाही गरिनु पर्ने माग गरिएको छ । भीमदत्त नगरपालिका–१८ महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न आएकी बालिकालाई छिमेकी पर्ने मालीले ललाईफकाई कोठामा लगेर यौन दुर्व्यवहार गरिरहेको अवस्थामा बालिकाको उद्धार गरिएको भएपनि घटनामा संलग्न मालीले घरकै…
अज्ञात पक्षद्वारा पत्रकारमाथि कुटपिट
रेडियो राष्ट्रियमा कार्यरत सञ्चारकर्मी तथा पत्रकार कैलाश जोशीलाई जेठ २ गते राति अज्ञात पक्षले आक्रमण गरी कुटपिट गरेका छन् । भीमदत्त नगरपालिकाको मतगणनास्थलबाट फर्किएर ऐठपुरस्थित साइकल स्टोरमा पुग्दा सदरमुकामस्थित मुनसाइन होटलबाट निस्किएका अज्ञात युवाहरुको समुहले कारको ढोकामा हिर्काएपछि किन हिर्काएको भनेर भन्दा आक्रमण गरी कुटपिट गरेको पीडित पत्रकार जोशीले इन्सेक…
मतदातालाई पैसा बाँडेको आरोपमा कांग्रेसका कार्यकर्ता गिरफ्तार
स्थानीय तह निर्वाचनको मौन अवधिमा मतदाताहरुलाई पैसा बाँडेको आरोपमा प्रहरीले नेपाली कांगे्रसका कार्यकर्ता करन महरालाई वैशाख २८ गते राति गिरफ्तार गरेको छ । कृष्णपुर नगरपालिका–९ राजघाटमा मतदाताहरुलाई पैसा बाँडे सूचना प्राप्त भएपछि महरालाई २ लाख २२ हजार ६ सय ८० रुपियाँ सहित राजघाटबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका…
नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि कुटपिट
लालझाँडी गाउँपालिका–१ पानी टोलमा वैशाख २८ गते नेकपा एमालेका कार्यकर्ताहरुलाई माओवादी केन्द्रका कार्यकर्ताहरुले कुटपिट गरेका छन् । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार मदन सेन बडायर, प्रकाश मगर, दिपक तिमिल्सिनालगायतका कार्यकताको कुटपिटबाट एमालेका कार्यकर्ता प्रकाश राना, किशोर जोशी, नरेश राना र दिनेश राना घाइते भएका छन् । प्रकाश मगर पूर्वमन्त्री बिना मगरका…
मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाताहरु अन्यौँलमा
बदर मत घटाउनको उद्धेश्यले बिगतका निर्वाचनहरुमा निर्वाचन आयोगले मतदात शिक्षा सञ्चालन गर्दै आएको भएपनि आसन्त स्थानीय तह निर्वाचनका लागि आयोगले समेत मतदाता शिक्षा सञ्चालन नगरेका कारण मत बदर हुने अवस्था देखिएको छ । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गएको अवस्थामा समेत जिल्लास्थित मतदातहरु सहि तरिकाले कसरी मतदान गर्ने भन्ने बारेमा…
माओवादी र एमाले कार्यकर्ताबिच झडप, एमालेका दुई जना कार्यकर्ता घाइते
भिमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरुबिच वैशाख २१ गते झडप हुँदा नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् । भिमदत्त नगरपालिका–१९ बागफाँटा निवासी नेकपा एमालेका कार्यकर्ता ३२ वर्षीया अन्जु चौधरी र सोही ठाउँका ४० वर्षीय राजेन्द्रप्रसाद अवस्थी रहेका छन् । माओवादीका कार्यकर्ताहरुले कुटपिट गर्दा अन्जु…
धामीझाँक्रीको कुटाइबाट एक जना महिलाको मृत्यु घटनाका आरोपित गिरफ्तार
बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रन्चुला साउदलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले भिमदत्त नागरपालिका–७ हल्दुखालका ६० वर्षीय धर्मानन्द भट्ट र भिमदत्त नगरपालिका–१ बराकुण्डाका नारायण भट्टलगायत सात जनालाई वैशाख ३ गते गिरफ्तार गरेको छ । टाउको दुखेपछि स्थानीय छिमेकी कमला साउदको घरमा ०७८ चैत २८ गतेदेखि उपचारका लागि जानु भएको…
शान्तिसुरक्षा र मानव अधिकार रक्षकहरुको अवस्था बारे छलफल सम्पन्न
इन्सेक र इयु वर्किङ गुर्प सम्मेलित टोलीले जिल्लाको मानव अधिकार रक्षकहरुको अवस्था र शान्तिसुरक्षा स्थिति सम्बन्धमा जानकारी लिने उद्धेश्यले प्रमुख जिल्ला अधिकारी रामप्रसार पाण्डेय र जिल्ला प्रहरी कार्यालयका एसपी श्यामसिंह चौधरीसँग चैत २९ गते भेटघाट गरी छलफल गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेयले वर्तमान अवस्थामा मानव अधिकार रक्षकहरुमाथि…
मानव अधिकार रक्षकहरुको अवस्था तथा चुनौतीसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजन तथा युरोपियन युनियन वर्किङ गुर्प प्रतिनिधि मण्डलको सहभागितामा जिल्लास्थित मानव अधिकार रक्षकहरुसँग मानव अधिकार रक्षकहरुको अवस्था र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत २८ गते महेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकार रक्षकहरुले भोग्दै आएका समस्या तथा चुनौतीहरु र सरकारले मानव अधिकार रक्षक तथा मानव…