नगरपालिकाको कार्यालयमा तालाबन्दी, सेवाग्राही मर्कामा
०७९ जेठ ३१ गते पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्या भएको भन्दै पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा लगाएको ताला नौ दिनसम्म पनि खुल्न नसकेपछि सेवाग्राही मर्कामा परेका छन् । हत्यारालाई गिरफ्तार गरेर कानुनी कार्वाहीको माग सहित जेठ २२ गते नगरपालिका र वडा नम्बर ४ कालिकास्थानको वडा कार्यालयमा लगाएको…
बालक हत्या घटनाका आरोपित पाँच जना गिरफ्तार
हराएको पाँच दिनपछि मृत भेटिएका पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीको सीआइबी टोलीले पाँच जनालाई जेठ २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा पञ्चदेवल विनायक नगरपालिका–४ का ४० वर्षीय सुरतबहादुर शाही, ३२ वर्षीय रामबहादुर शाही, मिलन शाही, २८ वर्षीय देवेन्द्र शाही र…
मतदाता शिक्षा सञ्चानल नहुँदा मतदाता अन्यौँलमा
स्थानीय तह निर्वाचन–२०७९ नजिकै जाँदा मतदाता शिक्षा सञ्चालन नगरिएका कारण मत बदर हुने डर रहेको जिल्लास्थित मतदाताहरुले गुनासो गर्नु भएको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले भोट माग्ने गरेको भएपनि कसरी मतदान गर्ने भन्ने बारेमा जानकारी नदिएका कारण मत बदर हुने डर बढ्दै गएको मंगलसेन नरपालिका–५ की मिना भाटले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारीलाई बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा सीमाबाट चैत १९ गते गिरफ्तार गरेको छ । आरोपित झपटलाई जमुनाहा सीमाबाट गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय, अछाम ल्याइएको जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर गङ्गादत्त बडुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा…
बलात्कारसम्बन्धी झुठो मुद्दा दिएको भन्दै उजुरीकर्तालाई नै कैदको फैसला
बलात्कारसम्बन्धी झुठो मुद्दा दिएको भन्दै १९ वर्षीया एक युवतीलाई अछाम जिल्ला अदालतले ३ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ । न्यायाधीश नविनकुमार जोशीको इजालासले सहमतिमा यौन सम्बन्ध भएको र विवाह गर्न नमानेका कारण बलात्कार मुद्दा बनाएको भन्दै अदालतले चैत १४ गते यस्तो फैसला गरेको हो । झुठो मुद्दामा फसाउन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारी र २२ वर्षीय रेवन्त भण्डारी सहित चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते उजुरी दिनु भएको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको भएपनि आरोपितहरु फरार रहेकाले खोजी कार्य…
कारागार व्यवस्थापन हुन नसकेपछि कैदीबन्दीहरु समस्यामा
जिल्ला कारागार, अछाममा क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिदै आएपनि कैदैबन्दीहरुको अनुपातमा कारागार व्यवस्थापन नगरिदा कैदीबन्दीहरु ग्यालरीमा सुत्न बाध्य भएका छन् । जिल्ला कारागारमा कैदीबन्दी थपिएसँगै कोठाको अभावमा ग्यालरीमा सुत्नु पर्ने बाध्यता रहेको कैदीबन्दीका नाइके मोहन रावलले गुनासो गर्नु भयो । क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिदै आएपछि कारागारमा कोठाको अभाव हुनगई…
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न
‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ मुल नाराका साथ १२२ औँ अन्तर्राष्ट्रिय महिला दिवासको अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरिएको छ । इन्सेकलगायत मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल विभिन्न संघसस्थाहरुको आयोजनामा फागनु २४ गते जिल्ला सदरमुकाम मंगलसेनमा र्यालीको आयोजना गरी कोण सभा तथा देउडा प्रतियोगित…
भवन अभावका कारण सेवाग्राहीहरु खुला मैदानमै उपचार सेवा लिन बाध्य
कमलबजार नगरपालिका–९ मष्टावण्डालीको स्वास्थ्य चौकी भवन निर्माण कार्य सुरु गरिएको १० वर्ष वितिसक्दा समेत भवन निर्माण कार्य सम्पन्न हुँन नसकेपछि सेवाग्राहीहरु खुला मैदानमै उपचार सेवा लिन बाध्य भएका छन् । शहरी विकास तथा भवन निर्माण विभाग, डोटीले २०६९ सालमा दुई वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी डोटी जिल्लाका निर्माण…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
इन्सेक अछामको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ४ गते मंगलसेनमा सम्पन्न भएको छ । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म सङ्कलन गरेरका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको पुनर्पुष्टि गर्नका लागि पूर्व समीक्षा गोष्ठीको आयोजना गरिएको हो । इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाले…