भूकम्पका कारण एक जनाको मृत्यु, भौतिक संरचनामा क्षति
हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर माघ १० गते गएको भूकम्पका कार गौमुल गाउँपालिका–२ की जमुना रोकायाको मृत्यु भएको छ भने चौपाय र भौतिक संरचनामा पनि क्षति पुगेको छ । जुरेली भन्ने जङ्गलमा घास काटीरहेको बेला भूकम्पका कारण माथीबाट आएको ढुङ्गा लागेर रोकायको घटनास्थल मै मृत्यु भएको वडाध्यक्ष देबहादुर रोकायाले बताउनु…
पुनर्स्थापनाको अभावमा भूकम्प पीडितहरु कस्टकर जिवन जिउन बाध्य
०७९ कात्तिक २३ गते आएको भूकम्पका कारण विस्थापित भएका पुर्बिचौकी गाउँपालिका–५ सिमबाटाका भूकम्प पीडितहरुको पुनर्स्थापना हुन सकेको छैन् । भूकम्प पीडितहरुको पुनर्स्थापना हुन नसक्दा उहाँहरुले सास्ती खेप्दै आउनु भएको छ । भूकम्पका कारण पुर्विचौकी–५ का ७० वर्षीय मन्जीते साउदको घरमा क्षति पुगेका कारण अहिले उहाँको परिवार त्रिपाल मुनी जिवन विताउन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा भिनाजु नाता पर्ने भारतको बरेली घर भएका २२ वर्षीय दयाराम गुप्ता विरुद्ध पीडित पक्षले माघ ८ गते ईलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएका छन् । पीडित बालिकालाई विभिन्न प्रलोभनमा पारी वैशाख १८ गते बलात्कार गरेपछि बालिकाको गर्भ रहन गएको र हाल बालिकाले छोरीको…
दुर्गम गाँउमा स्ट्रेचर नहुँदा गर्भवती र बिरामीलाई स्वास्थ्य संस्था लैजान सास्ती
मालिकार्जुन गाउँपालिका–२ का बस्तीहरुमा स्ट्रेचर नहुँदा विरामी र गर्भवतीलाई स्वास्थ्य संस्था लैजान स्थानीयले सास्ती खेप्नु परेको छ । विगतमा खरिद गरिएका स्ट्रेचर विग्रिएपछि अहिले गाउँमा समस्या भएको हो । मालिकार्जुन गाउँपालिका–२ न्वालपानीका १८ वर्षीया महिलालाई तीन दिन अघि सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन स्ट्रेचर अभाव भयो । पहिलो सन्तान…
निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ निर्माण तथा कार्यान्वयन
दुहुँ गाउँपालिकाले संविधानप्रदत्त माध्यमिकसम्मको शिक्षा निःशुल्क सञ्चालन गर्न निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले आफ्ना क्षेत्रधिकार भित्र रहेका सबै सामुदायिक विद्यालयमा कुनै पनि कसिमको शुल्क लिन नपाउने गरी कार्याविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको हो । बिगतमा विद्यालयले विद्यालय सञ्चालन शुल्क, भर्ना शुल्क, परीक्षा…
खानेपानीको अभावमा कुवाको पानी प्रयोग गर्न दलित समुदाय बाध्य
अमरगढी नगरपालीका–११ लिटिरीगाउँका ४० घर दलित समुदायका व्यक्तिहरु लामो समयदेखि शुद्ध खानेपानी पाउनबाट वञ्चित भएका छन् । गाउँमा शुद्ध खानेपानीका लागि पटकपटक सम्बन्धीत नियकायहरुमा माग गर्दै आएको भए पनि सुनुवाइ नहुँदा कुवाको फोहोर पानी खान बाध्य भएको लिटिरीगाउँका दतिल समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ । दलितबस्तीमा वर्षौदेखि खानेपानीको समस्या…
शिक्षक अभावमा पढ्नका लागि पालो कुर्दै विद्यार्थी
केदारस्युँ गाउँपालिका–९ मा रहेको जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्दै आएका भएपनि शिक्षक अभावमा पढ्नका लागि पालो कुर्नु पर्ने बाध्यता छ । शिशु कक्षादेखि तीन कक्षासम्म अध्यापन हुने जवा प्राथपिक विद्यालयमा न त खानेपानीको व्यवस्था छ, न कक्षाकोठा नै । भवनको अवस्था जीर्ण छ । विद्यालयको…
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३ वार्षिक सम्पादन भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक—२०२३ वार्षिक सम्पादन भेला पुस २७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक विश्वशनिय स्रोतको रुपमा स्थापीत दस्ताबेज भएकाले वर्ष पुस्तकलाई विश्वासनीय बनाउनका लागि…
बाल सुधार गृह व्यवस्थापन नुहँदा सुधार गृहमा राखिएका बालबालिकालाई सास्ती
जिल्लास्थित बाल सुधार गृहको व्यवस्थापनमा सरकारले चासो नदेखाएपछि आफूहरुले सास्ती खेप्नु परेको डोटी जिल्ला बालसुधार गृहमा राखिएका बालबालिकाहरुले गुनासो गरेका छन् । २५ जना क्षमता रहेको बाल सुधार गृहमा ३७ जनालाई राखिएको र खाना, बस्न, शौचालय प्रयोग गर्न, लुगा धुन, नुहाउन समेत पानीको समस्या झेल्नु परेको बाल सुधार गृहमा कैद…
प्रदेशस्तरीय बाल चेतना समुह सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पुस २६ गते सुदूरपश्चिम प्रदेशस्तरीय बाल चेतना समुह सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द, (इन्सेक) सु्दूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नीतिगत रुपमा बाल अधिकार संरक्षण गर्नका लागि विद्यालयस्तरीय बाल अधिकार चेतना समुहलाई सूचना प्रवाह गर्नका लागि विद्यालयस्तरीय…