बलात्कार घटनाका कसुरदार गिरफ्तार
सात वर्षीया बलिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५ महिना २९ दिन कैद सजायको फैसला भएको १३ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २८ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको ०८० असोज २१ गतेको इजालसले कसुर ठहर गर्दै ५ महिना २९ दिन कैद सजाय, ४० हजार रुपियाँ…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–४ का २८ वर्षीय सुमन भन्ने मनोज भण्डारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ माघ २९ गतेको इजलासले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, ३०…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौमुखी गाउँपालिका-५ का २२ वर्षीय कुलमान थापामगरलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २५ गते जिल्ला प्रहरी कार्यालय प्यूठानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार…
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उमनपा–३ का नौ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकले गोली प्रहार गरी हत्या गरेको आरोपमा १० वर्षीय दाजु र ६२ वर्षीय हजुरबुबा भुविन्द्र खत्रीलाई प्रहरीले ०८१ माघ २६ गते गिरफ्तार गरेको छ । घरमा राखिएको भरुवा बन्दुक लगेर घर नजिकै खलोमा पुगेका केसीले माघ २६ गते भाइको कन्चटमा गोली प्रहार…
१५ शैया अस्पताल अलपत्रः निर्माण सम्पन्न भएको दुई वर्ष बित्दा पनि सञ्चालन विहिन अवस्था !
जिल्लाका स्थानीय तह स्तरमा निर्माण भएका १५ शैयाका अस्पताल अलपत्र अवस्थामा रहेका छन् । निर्माण कार्य सम्पन्न भएको दुई वर्ष बित्दा पनि अस्पताल सञ्चालन विहिन अवस्था देख्दा स्थानीयहरू निरास हुँदै गएका छन् । भूमिकास्थान नगरपालिका-७, नुवाकोट चिदिचौरमा पालिकास्तरीय १५ शैयाको अस्पतालको भवन निर्माण कार्य २०७९ असारमा सम्पन्न भएको थियो ।…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ २५ गते कसुर ठहर गर्दै सात वर्ष कैद फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । यसअघि विश्वकर्माले…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी घरमा आगो सल्कियो । अनिता घाँस काट्न बारीमा हुनुहुन्थ्यो । तर, ३० मिनेटमा आगोले घर सक्यो उपाय केही भएन ।…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी प्रतियोगिता, निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता र सडक नाटक गर्ने कार्ययोजना तय गरेको समूह अध्यक्ष उमेश धोवीले बताउनु भयो । बाल…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको हो । रेसुङ्गा नगरपालिका भित्र १३ जना बालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । जिल्लाभर २ सय ४४ बालिका विद्यालय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते भिम अस्पताल,…