वडाध्यक्षद्वारा शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेको आरोपमा उजुरी दर्ता
रोहिणी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ३७ वर्षीय मधुप्रसाद घिमिरेमाथि फागुन ५ गते रोहिणी गाउँपालिका–२ का अध्यक्ष करम हुसेन खानले कार्यपालिका बैठकमै कुटपिट गरेको पीडितको आरोप छ । कुटपिटबाट घिमिरे सामान्य घाइते हुनुभएको छ । विगत एक महिना अगाडि शिक्षा समिति पुर्नर गठनको विषयलाई लिएर वडाअध्यक्ष खानले फोनमा…
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर गर्दै बालकलाई ९ वर्ष कैद, ३ लाख ५० हजार रुपियाँ जरिबाना, ३० हजार रुपियाँ क्षतिपूर्ति र ८ सय रुपियाँ पीडित…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन ६ गते दोषी ठहर गर्दै चौधरीलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना, ३० हजार क्षतिपूर्ति र २ हजार…
बलात्कार घटनाका पीडितलाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ फागुन ६ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ सहयोग गरेको हो । पीडित बालिकालाई भदौ ५ गते ठाकुरबाबा नगरपालिका-९ का ठुलो बुवाको छोरा दाईले बलात्कार गरेको भन्दै पीडित…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
नेपालगञ्ज उपमहानगरपालिका-१०, आदर्शनगरस्थित नेपालगञ्ज हेल्थ क्याम्पसका १८ वर्षीय किशोर निरज वैश्यलाई विद्यार्थीको टेबलमा राखिएको चिठ्ठीको खाम छोएको निहुँमा कुटपिट गरेको आरोपमा नेपालगञ्ज हेल्थ क्याम्पसका सञ्चालक ६५ वर्षीय मैकूलाल बाल्मिकी, प्रधानाध्यापक ६३ वर्षीय प्रभाकर मिश्र र क्याम्पसका कर्मचारी ३५ वर्षीय पदमा थापा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ फागुन ४ गते उजुरी…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
११ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरी महाराजगञ्ज नपा–११ का २५ वर्षीय सुश्याम गोडिया विरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले माघ २९ गते अपहरण तथा शरीर बन्धक बनाइ बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २ गते…
बलात्कार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बालकले ललाइ फकाइ बोलाएर फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते राप्ती स्वास्थ्य विज्ञान…
मालपोत कार्यालयमा गुठीपीडित किसानको धर्ना
स्वर्गद्वारी गुठीपीडित किसानहरूले जिल्ला मालपोत कार्यालयमा धर्ना दिएका छ्न् । गुठी एन जारी गरि मोही हक कार्यान्वयनको माग गर्दै किसानहरूले फागुन ४ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मालपोत कार्यालयको मुलगेटमा धर्ना दिएका थिए । गुठी ऐन जारी गर, मोही हक कार्यान्वयन गर लगाएतका नारा लगाउँदै किसानहरूले दिनभर धर्ना…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका–५, हुलासपुर्वाका ३६ वर्षीय जंगबहादुर तेलीलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, भगवानपुरमा उजुरी दिएको थियो । अत्यधिक रक्तश्रावका कारण पीडितको स्वास्थ्य उपचार नेपालगञ्जस्थित भेरी…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३, खादुङ्गाका १८ वर्षीय मनोज भुसाललाई प्रहरीले ०८१ फागुन १ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले माघ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित युवतीले फागुन १ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण…