कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
प्रतातपुर गाउँपालिका-१, सेमरीका कक्षा ६ मा अध्ययनरत ६ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रतातपुर गाउँपालिका-१ की सञ्जु चौधरी विरुद्ध उजुरी दर्ता भएको छ । प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशाला युकेजीमा अध्ययनरत ६ वर्षीय बालकलाई शिक्षिका सञ्जु चौधरीले पिट्दा आँखामा गम्भीर चोट लागेको थियो । प्रहरीले शिक्षिका चौधरीलाई गिरफ्तार गर्न अनुमति…
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित
मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दोसल्ला तथा सम्मान पत्रले सम्मान हुनुभएको हो । बिसी विगत लामो समयदेखि…
सामाजिक सुरक्षा भत्ता बैङ्कबाट मात्र वितरण हुँदा अपाङ्ग र ज्येष्ठ नागरिकलाई सास्ती
स्थानीय तहहरूले वितरण गरने सामाजिक सुरक्षा भत्ता बैङ्कबाट मात्र वितरण हुँदा अपाङ्ग भएका व्यक्ति र ज्येष्ठ नागरिकहरूलाई सास्ती हुने गरेको छ । प्यूठान नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूले वितरण गर्ने सामाजिक सुरक्षा भत्ताको रकम कतिपय वडाहरूको बैङ्कहरूबाट मात्र वितरण गर्ने गरेका छन् तीन तीन महिनामा वितरण गर्ने भत्ता आफूहरू…
निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि पुल नबन्दा नागरिकहरूलाई समस्या
स्वर्गद्वारी नगरपालिकाको ३ र ७ वडा जोड्ने माडी नदिको जलुकेमा बन्दै गरेको पक्की पुल निर्माण कार्य सुरु भएको आठ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा नागरिकलाई समस्या भएको छ । २०७३ वैशाख १६ गते निर्माण कम्पनी मृत संजिवनी/लोहनी ब्रर्दशले ९ करोड ८५ लाख रुपियाँमा २०७५ कात्तिक १५ भित्र निर्माण सक्ने…
बालसुधार गृहको विषयमा दायर गरिएको रिटमा अदालतद्वारा विपक्षीको नाममा परमादेश जारी
बालसुधार गृहमा रहेका बालकहरूको आधारभुत बालअधिकार र बालन्यायको लागि सार्वजनिक सरोकारको विषयमा ०८१ जेठ ३० गते दायर गरेको रिटमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले विपक्षीका नाममा परमादेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय जगत बहादुर थापा र सागर विष्टको पुस २१ गतेको संयूक्त इजलासले यस्तो आदेश…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–११ का ४२ वर्षीय बुबालाई प्रहरीले ०८१ पुस १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले अन्तिम पटक मङ्सिर १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १६ गते इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस १५…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका–११ का ३३ वर्षीय जयस भन्ने जयेन्द्र श्रेष्ठ र सहयोगी सिद्धार्थनगर नगरपालिका–६ की २३ वर्षीया करिना सिंह राजपुत विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ पुस १९ गते उजुरी दर्ता भएको छ । पीडित बालिकाहरूलाई आरोपितले मङ्सिर ७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भुमे गाउँपालिका-७ का २९ वार्षिय सुर्जे रोका मगरलाई प्रहरीले ०८१ पुस १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ परीक्षण पुस १९ गते रुकुम…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
घोराही उपमहानगरपालिका–१५ का ६० वर्षीय धर्मबहादुर बस्नेत र उहाँकी ५७ वर्षीया पत्नी माधवा बस्नेतलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दाङ जिल्ला सेक्रेटरी २९ वर्षीय अमर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । रोल्पाबाट दाङ आउँदै गरेको बेला प्रहरीले ०८१ पुस १७ गते घोराही उपमहानगरपालिका–१९ को दुइखोलीबाट गिरफ्तार गरी…
बाल अधिकार सचेतना कोष परिचालन हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत जानकी गाउँपालिका–६, भाटनपुर्वास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहको अतिरिक्त क्रियाकलापका लागि ७ हजार रुपियाँ कोष परिचालन हस्तान्तरण गरिएको छ । बाल अधिकार सचेतना समुहकी अध्यक्ष अङ्गिता वर्माले बाल अधिकार, नेतृत्व विकास र अन्य अतिरिक्त…