शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको कान फुटेको हो । माघ ८ गते विहान विद्यालय पुग्नुभएका खड्कालाई गेटमै रोकेर दुई दिन विद्यालय नआएको भन्दै निर्घात कुटपिट…

२०८१ माघ ९, बुधबार २०:०४ गते  
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ ८ गते गिरफ्तार गरेको छ । आरोपितले मादक पदार्थ सेवन गरेर लालबहादुरलाई माघ ७ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी किरणजिवी दाहालले जानकारी दिनुभयो । शव घर…

२०८१ माघ ९, बुधबार १६:३७ गते  
कुटपिट घटनाका आरोपित गिरफ्तार

होटेल व्यवसायी समिति तुलसीपुरका उपाध्यक्ष तुलसीपुर उमनपा–८ का ४२ वर्षीय द्रोर्ण आचार्यलाई होटेलमै आएर धारिलो हतियार प्रयार गरी कुटपिट गरेको आरोपमा प्रहरीले माघ ९ गते तुलसीपुर उमनपा–३ का ३२ वर्षीय मुकुन्द सापकोटा र तुलसीपुर उमनपा–९ का ३१ वर्षीय रमेश सापकोटालाई गिरफ्तार गरेको छ । तुलसीपुर उमनपा–३ राम्रीमा ड्रिम वाटर एण्ड…

२०८१ माघ ९, बुधबार ०२:०८ गते  
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी

सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य सेवा सहितको वडास्तरीय घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । शिविरमा सामाजिक सुरक्षा भत्ता वितरण, परामर्श, स्वास्थ्य…

२०८१ माघ ७, सोमबार २२:०० गते  
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी

बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या बढ्दै गएको पाइएको हो । क्यान्सर रोग प्रमुख स्वास्थ्य समस्या रूपमा रहेको छ । यो रोग वंशानुगत गुण, चुरोट, रक्सी…

२०८१ माघ ७, सोमबार २१:४६ गते  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले पुस २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते इलाका प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएको थियो ।…

२०८१ माघ ५, शनिबार १०:१३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । पीडितको स्वास्थ्य परीक्षण माघ २ गते कपिलवस्तु…

२०८१ माघ ५, शनिबार १०:०८ गते  
कुटपिट घटनाका आरोपित गिरफ्तार

गौमुखि गाउँपालिका-२ की २० वर्षीया ज्ञानी सुनारलाई कुटपिट गरेको आरोपमा पति ३२ वर्षीय विनोद बिटालुलाई प्रहरीले ०८१ माघ १ गते गिरफ्तार गरेको छ । पतिपत्नी बिच ०८१ पुस २९ गते घरायसी झगडा हुदाँ पति विनोदले धारिलो हतियारबाट पत्नीलाई हिकाउर्दा पत्नीको टाउकोमा गहिरो चोट लागेको र उपचारको लागि जिल्ला अस्पतालमा सामन्य…

२०८१ माघ २, बुधबार ०९:५७ गते  
संरक्षणको अभावमा करोडौँ लगानीका स्वास्थ्य संरचना र ल्याब जीर्ण

कोरोना महामारीका समयमा राज्यको करोडौँ रकम खर्च गरेर निर्माण गरिएका संरचना तथा ल्यावहरु उचित संरक्षणको अभावमा अलपत्र अवस्थामा पुगेका छन् । सदरमुकाम तानसेनसहित अन्य स्थानीय तहहरूमा बनाइएका कोभिड ल्याब, आइसोलेसन सेन्टर र क्वारेन्टाइन संरक्षण बिहीन हुनुका साथै जीर्ण हुने अवस्थामा पुगेका छन् । तानसेनको धोबीधारामा दुई करोडभन्दा बढी खर्च गरेर…

२०८१ पुष २९, सोमबार १९:१२ गते  
पहेँलो र सेतो परिचपय भएका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्थाले लाभग्राही खुशी

बगनासकाली गाउँपालिकाले लोककल्याणकारी कार्यक्रम अन्तरगत पहेँलो र सेतो अपाङ्गता परिचयपत्र भएका व्यक्तिलाई पनि मासिक निर्वाह भत्ताको व्यवस्था गरेपछि लाभग्राहीहरू खुशी भएका छन् । आर्थिक वर्ष २०७९/८० को सुरुवातबाटै बगनासकाली गाउँपालिकाले पहेलो र सेतो अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अपाङ्गता निर्वाह भत्ताको व्यवस्था गरेपछि आफूहरू खुशी भएका पहेँलो अपाङ्गता परिचयपत्र भइ भत्ता…

२०८१ पुष २९, सोमबार १९:०३ गते