प्रदेश कार्यालयद्वारा इएलपी कार्यक्रमको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले सुध्द्धोधन गाउँपालिकामा सञ्चालित इएलपी कार्यक्रमको असोज ९ गते अनुगमन गरेको छ । अनगमनका क्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले इएलपी कार्यक्रम अन्तर्गत गठित मानव समूहले   गरेका कामहरूका विषयमा जानकारी लिनुका साथै  आगामी कार्य योजनाका विषयमा छलफल गर्नु भएको थियो ।…

September 27, 2021  
कोभिड सङ्क्रमित बिरामीलाई लिन गएको एम्बुलेन्स चालकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

कोभिड सङ्क्रमित बिरामी लिन गएको एम्बुलेन्स चालक इस्मा गाउँपालिका–४ दोहलीका ३८ वर्षीय दानबहादुर पाण्डेयलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय लिलबहादुर अछामीलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ६ गते राति कोभिड सङ्क्रमित बिरामी लिन जाने क्रममा दोहली स्वास्थ्य चौकी नजिकै कुटपिट गरिएको इस्मा…

September 26, 2021  
इन्सेकद्धारा सहयोग रकम प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले नेपाल अबिनास अनाथाश्रममा विगत तीन वर्षदेखि आश्रय लिदै  आएका मोरङ जिल्ला डाम्राविटाका १५ वर्षीय समिर भुजेललाई पारिवारीक पुनर्मिलनका लागि असोज ९ गते आर्थिक सहयोग प्रदान गरेको छ । अनाथाश्रमले बालकलाई घरसम्म पठाउनकालागि सहयोग गरिदिन असोज १ गते इन्सेकमा निवेदन दिएपछि  बालकको घर…

September 26, 2021  
घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागि सार्थक पहल गर्न अधिकारकर्मीहरूको माग

घटनाको प्रभावकारी अनुसन्धान गरि पीडितको न्यायका लागि सार्थक पहल गर्न सरोकारवाला निकायहरूसँग बाँकेका अधिकारकर्मीहरूले असोज ८ गते विज्ञप्ती जारी गरि माग गरेका छन् । इन्सेक लगायत विभिन्न सङ्घ संस्थामा आवद्ध आधिकारकर्मीहरूले जानकी गाउँपालिका निवासी २७ वर्षीया नन्कुनी धोवीको मृत्यु भएको घटना र बाँके परशपुर निवासी निर्मला कुर्मी बेपत्ता घटनाका सम्बन्धमा…

September 24, 2021  
कोभिड–१९ तेस्रो लहरको माहामारीको पूर्व तयारीका लागि एकजुट हुन आवश्यक

कोभिड–१९ को तेस्रो लहरको माहामारी आउने सम्भावना रहेकोले पूर्व तयारीको लागि सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागहिरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको आयोजना  डिसिए र सिशुको सहयोगमा असोज ७ गते आयोजित कोभिड–१९ महामारीका दौरानमा अग्रणी भूमिका निर्वाह गरिरहेका मानव…

September 24, 2021  
पहिरोका कारण १५ घर तथा एउटा विद्यालयमा क्षति

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरस्थित चेतना पासाङ्ग टोलमा असोज ४ गते चुरे सामुदायिक वनमा भू–स्खलन भएर पहिरो जाँदा नौ ओटा घर पूर्ण रूपमा र ६ ओटा घरमा आंशिक क्षति भएको छ । भू–स्खलनबाट हिलो र लेदोले स्थानीय जनज्योति प्राथमिक विद्यालयमा समेत क्षति पु¥याएको स्थानीयले बताएका छन् । असोज ४ गते परेको अविरल…

September 23, 2021  
बलात्कार कसुरमा जन्म कैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ३१ वर्षीय आफन्तलाई असोज ७ गते जन्म कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले  आरोपितलाई २५ वर्षको जन्म कैद र पीडित पक्षलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार धनसिंह गिरीले बताउनु भयो ।…

September 23, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला रैनादेवी गाउँपालिका–८ छहरा स्थायी घर भई तिलोत्तमा नपा–६ बस्ने ३० वर्षीय नरबहादुर बस्नेतलाई असोज ५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ  ९ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असोज ५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको र उजुरीका आधारमा…

September 23, 2021  
बलात्कार कसुर ठहर गर्दै ६ वर्ष आठ महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १५ वर्षीय बालकलाई  असोज ५ गते ६ वर्ष आठ महिना कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ६ वर्ष ८ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ती पीडितलाई भराउने गरी फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार बिरेन्द्रप्रकास खडकाले…

September 23, 2021  
स्वास्थ्य अधिकारसम्बन्धीअन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ र मानव अधिकार समूहको आयोजनामा घोराही उप–महानगरपालिका–१७ मा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयवासीले वडाको एकमात्र सरकारी स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह नागरिक मैत्री नभएको गुनासो सुनाएका थिए । स्थानीय हिमा घर्तीले स्वास्थ्य केन्द्रमा आगोले पोलेको घाउमा लगाउने मलम…

September 22, 2021