४ हजार घरधुरी शुद्ध र सुरक्षित पिउने पानीबाट वञ्चित

रोल्पा जिल्लाका ४ हजार ३ सय ८३ घरधुरीले शुद्ध पिउने पानीबाट वञ्चित भएका छन् । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका ४४ हजार ५ सय घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा पुगेको भएपनि बाँकी घरधुरीमा सुरक्षित पिउने पानीको सुविधा नपुगेको हो । जिल्लामा ०२० सालमा बनेका योजना…

२०७३ आश्विन १९, बुधबार १४:३५ गते  
सोनाहा जातिद्वारा पुर्ख्याैली पेसा गर्न दिन सरकारसँग माग (फोटोसहित)

बिहान सबेरै उठछिन् उनी । अलि चाँडै भात पकाई तुल्याई परिवारलाई खुवाउँछिन् । आफू पनि खान्छिन् र लाग्छिन् आफ्नो गन्तव्यतिर । यो उनको दैनिकी हो । यति नगरे उनी र उनको परिवारका अन्य सदस्यको हातमुख जोड्न धौ धौ हुन्छ । साँझ बिहान भान्छामा आगो बल्दैन । बर्दिया जिल्ला पाताभार गाविस–६…

२०७३ आश्विन १८, मंगलवार १०:१७ गते  
मुक्त कमलरीद्वारा परिचयपत्र र सामाजिक सुरक्षाको माग

दाङका मुक्त कमलरीहरूले जुनसुकै काम गर्दा पनि पहिचान चाहिने भन्दै आफूहरूलाई परिचयपत्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । घोराहीमा असोज १७ गते भेला भएका मुक्त कमलरीहरूले मुक्त कमैयालाई जस्तै आफूहरूलाई पनि राज्यले परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले दासतापछिको स्वतन्त्रताका लागि, मुक्त कमलरीहरूको पहिचानका लागि, राज्यले प्रदान…

२०७३ आश्विन १७, सोमबार १५:२६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हापुर-३ का ३५ वर्षीय सुर्यबहादुर नेपालीलाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १६ गते आरोपितले बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको डिएसपी प्रकाशराज शर्माले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण…

२०७३ आश्विन १७, सोमबार १४:४९ गते  
बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

पाताभार गाविस-८ की ४१ वर्षीया मनसरा ढकाललाई हत्या गरेको आरोपमा ५५ वर्षीय ससुरा जवालसिंह ढकाललाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई असोज १५ गते अंशबण्डा तथा घरायसी विषयमा विवाद हुँदा आरोपितले मसला पिस्ने सिलौटाले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते मनसरको उपचारका…

२०७३ आश्विन १६, आईतवार १५:५१ गते  
प्रहरीद्वारा दुई जना बालिका सहित चार जनाको उद्धार

इलाका प्रहरी कार्यालय जमुनाहाले असोज १२ गते भारत र भारत हुँदै खाडी मुलुक जाँदै गरेका दुई जना बालिकासहित चार जनाको उद्धार गरेको जनाएको छ । दाङकी १४ वर्षीया दुई जना बालिका र जाजरकोटकी २३ वर्षीया र झापाकी २२ वर्षीया महिलालाई प्रहरीले उद्धार गरी केआई नेपालको सेल्टरमा पठाइएको इलाका प्रहरी कार्यालयका…

२०७३ आश्विन १३, बिहीबार १६:१२ गते  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपित सल्यान बागचौर नपा-१ का २८ वर्षीय उपेन्द्र भण्डारी र सोही ठाउँका २६ वर्षीय कमलराज खत्रीलाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले असोज १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय रुकुममा असोज ११ गते उजुरी…

२०७३ आश्विन १३, बिहीबार १६:०९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुपन्देही प्रहरीले ३५ वर्षीय बावुलाई असोज ९ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा असोज ९ गते उजुरी दिएपछि आवश्यक अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्म भण्डारीले…

२०७३ आश्विन ११, मंगलवार ०४:५९ गते  
मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला सुरु

इन्सेक केन्द्रीय कार्यालयको अयोजनामा मानव अधिकार प्रलेखसम्बन्धी क्षेत्रीय कार्यशाला असोज १० गतेदेखि नेपालगञ्जमा सुरु भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले विभिन्न कालखण्डमा गरेका महत्वपूर्ण काम र खेलेको भूमिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्था स्थापित भएको बताए । निर्देशक गौतमले समयानुसार दास्तावेजीकरणलाई डिजिटलाइज्ड गर्नुपर्नेमा जोड दिए ।…

२०७३ आश्विन ११, मंगलवार ००:५० गते  
बेचविखन घटनाका आरोपितलाई कारबाहीको माग

२१ वर्षीया महिलालाई भारत हुँदै कुवेतमा बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको आरोपमा बाँसगढी नपा-७ की ३५ वर्षीया हिरा हमाललाई पीडित पक्षले कारबाहीको माग गरेका छन् । पीडित पक्षले आरोपितलाई कारबाहीको माग गर्दै असोज ९ गते मानव बेचविखन तथा ओसारपसारको मुद्दा जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता गराएका छन् । प्रहरीका अनुसार…

२०७३ आश्विन ११, मंगलवार ००:३७ गते