मुढा तथा ढाका बुनाई तालिम पाएपछि कैदी/बन्दी खुसी
मुढा तथा ढाका बुनाई तालिम पाएपछि जिल्ला कारागारका कैदी/बन्दी खुसी भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा कारगारमा डेढ महिने तालिम सञ्चालन गरिएको थियो । २४ जना कैदी/बन्दीले तालिममा सहभागी भएर सीप हासिल गरेका छन् । वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार बाँसका मन्दिर, मुढा, र्याक,…
बालक हत्याको अनुसन्धान दुई वर्षसम्म पनि पूरा भएन
ठाडा गाविस-५ का १३ वर्षीय बालक राजन भुसालको हत्या भएको २ वर्षबितिसक्दा पनि घटनाको अनुसन्धान अझै पूरा नभएको प्रहरीले जनाएको छ । पीडित बालक ०७१ मङ्सिर ६ गते हराएपछि पीडितका परिवारले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालकको शव ०७१ मङ्सिर १४ गते सोही गाविसमा रहेको…
दाङ बन्दले जनजीवन प्रभावित
संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै युवा संघ नेपाल र अनेरास्ववियु दाङले मङ्सिर २२ गते गरेको दाङ बन्दले जिल्लाको जनजीवन प्रभावित भयो । बन्दकर्ताहरूले विहानैदेखि पूर्वपश्चिम राजमार्गको भालुवाङ-लमही-अमेलिया सडक खण्ड र घोराही-तुलसीपुर तथा अमेलिया-सल्यान राप्ती राजमार्गमा ठाउँ ठाउँमा अवरोध सिर्जना गरी सार्वजनिक यातायात ठप्प पारेका थिए । बन्दकै कारण जिल्लाका…
घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित
घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार गरी परिवारमा पुनःस्थापित गरेको छ । मङ्सिर २० गते कार्यालयमै एक कार्यक्रम गरी घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले अभिभावकलाई बोलाएर उनका बालबालिका र जनही १५ हजार रुपियाँका दरले आर्थिक…
गोली हानी भाउजुको हत्या, हत्यामा संलग्न रहेकाे अाराेपमा एकजना गिरफ्तार
त्रिपुर नपा-७ बडराकी २८ वर्षीया पूर्णा थापाको मङ्सिर १९ गते घोराही नपा-३ ओखराका आफ्नै देवर २६ वर्षीय विक्रम थापासहित दुई जनाले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । माइतीमा बस्दै आएकी थापालाई रा २ प १२८७ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया महिलालाई मङ्सिर १७ गते सामूहिक बलात्कार गरेको आरोपमा गुलरिया नपा-७ का १९ वर्षीय पारस गुप्ता र सोही नपा-६ का १९ वर्षीय राजेश बैगारलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न नाम नखुलेका एक व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर चक्र बहादुर डम्वरपालले जानकारी…
बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव
बर्दियाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि बर्दियामा अभाव भएको हो । जिल्लाका सबै स्वास्थ्य चौकीमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रो, डिपो जस्ता अत्यावश्यक औषधिसमेत अभाव भएको सानोश्री स्वास्थ्य चौकीका इञ्चार्ज हरिहर सापकोटाले बताए । सरकारले…
आन्दोलनको तेस्रो दिन पनि बुटवलको जनजीवन प्रभावित, आन्दोलन अनिश्चित
राज्यको पुनःसंरचना संशोधन प्रस्ताव ल्याएको विरोधमा तेस्रो दिन पनि रुपन्देहीको बुटवल क्षेत्रमा गरिएको प्रदर्शनका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । प्रदर्शनकारीहरूले बिहानैदेखि बुटवलका विभिन्न चोकहरू, अस्पताल लाइन, मिलनचोक, गोलपार्क पुष्पलाल पार्क, ट्राफिक चोक, राजमार्ग चौराहा र नेपालगञ्ज रोडमा टायर बालेर प्रदर्शन गरेका थिए । अनेरास्ववियु, नेविसङ्घ, अखण्ड प्रदेश नं…
बलात्कारको कसुरमा ६ वर्षकैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले विजौरी-४ हेमन्तापुरका २० वर्षीय मनोज नेपाली सार्कीलाई ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर १७ गते सार्कीलाई ६ वर्षकैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । पीडित बालिकालाई गत असोज…
सञ्चारकर्मी र मानव अधिकारकर्मीबिच बैठक सम्पन्न
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरा र नेपाल पत्रकार महासङ्घ रूपन्देहीको संयुक्त आयोजनामा रूपन्देहीमा मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । बैठकमा सहभागीहरूले देशको राजनीतिक अस्थिरताका कारणले गर्दा सञ्चारकर्मी र मानव अधिकारकर्मीहरू असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेको बताएका थिए । नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष शेरबहादुर केसीले संविधान संशोधन प्रस्ताव पश्चात…