बलात्कार गरेको ठहरमा पाँच वर्षकैदको फैसला
२५ वर्षीया महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले घोराही नपा-६ फुर्सेखालीका ३३ वर्षीय टेकबहादुर पुनलाई पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले कात्तिक ४ गते बलात्कार घटनामा दोषी ठहर गर्दै पुनलाई पाँच वर्षकैद र २५ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले…
उच्च अदालतद्वारा कारण देखाउ आदेश जारी
प्रहरी प्रशासनले पीडित परिवारले दायर गर्न खाजेको जाहेरी दर्ता नगरेको विषयमा उच्च अदालत नेपालगञ्जको इजलासले कात्तिक ४ गते विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको छ । महादेवपुरी गाविसकी १५ वर्षीया बालिकाले आफूसँग एक युवकले प्रेम सम्बन्धमा फसाएर यौन शोषण गरी समाजमा बस्न नसक्ने अवस्थामा पुर्याएको र उसकै कारणले आत्महत्या…
बलात्कारपछि हत्याको ठहर गर्दै र्सवस्वसहित जन्मकैदको फैसला
तानसेन नपा-११ लामीडाँडाकी ८ वर्षीया बालिका वर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको ठहर गर्दै १८ वर्षीय दिपक न्यौपानेलाई जिल्ला अदालत पाल्पाले र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ । कात्तिक ४ गते जिल्ला अदालत पाल्पाका न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालत पाल्पाका स्रेष्तेदार सुवर्ण खनालले जानकारी दिए । दिपकले…
कारागारमा झडप हुँदा दुई जना बन्दी घाइते
कारागारमा रहेका कैदीबन्दी बिच झडप हुँदा ध्रुव हरीजन र नविन दर्लामीसहित केही बन्दी घाइते भएका छन् । कारागारमा २०७३ कात्तिक २ गते बिहान खाना खाने समयमा दाल नराम्रो लागेको भनी एक आपसमा भनाभन हुँदा चिरुवा दाउरा प्रहारबाट उनीहरू घाइते भएका हुन् । एक आपसमा भएको विवादका कारण उनीहरू घाइते भएको…
सासूको हत्या गरेको आरोपमा उजुरी दर्ता
नौबस्ता गाविस-७ की ६४ वर्षीया देवीसरा विकको हत्या गरेको आरोपमा उनका ज्वार्ँइ हस्तबहादुर विकविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा कात्तिक ३ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले कात्तिक १ गते घाँटी कसेर हत्या गरी छोरासहित फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आरोपित छोरासहित घर ज्वाँईका…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
काभ्रे-७ स्थायी घर भई हाल घोराही नपा-११ मा बस्दै आएका ३८ वर्षीय यमलाल जिसी र त्रिपुर नपा-२ झारवैराकी २५ वर्षीया अस्मिता वलीलाई बहुविवाहको आरोपमा प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ । काभ्रे-७ की बालिका जिसीले बहुविवाहको आरोपमा आरोपितद्वय विरुद्ध असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।…
बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी
प्यूठान नपा-१३ की ३५ वर्षीया कमला पाण्डेले बहुविवाह गरेको आरोपमा ३७ वर्षीय पति विनोद पाण्डे र सोही नपा-१५ की ३४ वर्षीया सुमित्रा थापाविरुद्ध कानुनी कारबाहीको माग गर्दै कात्तिक १ गते प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले आरोपितद्वयले असोज ३० गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिजुवारमा बहुविवाहको…
मानव अधिकारकर्मीद्वारा घटनाको सुक्ष्म अनुसन्धान गर्न माग
बाणगङ्गा नपा- १४ की ४५ वर्षीया खिमकला बेल्वासेको असोज २८ गते बिहान भएको रहस्यमय मुत्युको घटनाको विषयमा मानव अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, केन्द्रीय सदस्य सुर्यकुमारी शाही, जिल्ला अध्यक्ष रोमकान्त घिमिरे तथा इन्सेक जिल्ला प्रतिनिधि नन्दराम…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
बलात्कार घटनाका फरार आरोपित सोरहवा गाविस-२ का ३४ वर्षीय मानबहादुर बुढा मगरलाई प्रहरीले असोज २८ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरको विशेष टोलीले बुढामगरलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए । सोरहवा गाविस-९ स्थित मानखोलाको जङ्गलमा ०६५ वैशाख १६ गते एक…
आर्थिक अभावमा पाँच सयभन्दा बढी पूर्व कमलरी विद्यालय छाड्न बाध्य
आर्थिक अभाव भएपछि दाङलगायत पश्चिम नेपालका ५ सय ६ जना पूर्व कमलरीले विद्यालय जान छाडेका छन् । सरकारी छात्रवृत्तिले शैक्षिक सामग्रीसमेत किन्न अपुग भएको भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पूर्व कमलरी विद्यालय छाड्न बाध्य भएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् । चौधरीका अनुसार आर्थिक…