भजन मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न सार्वजनिक अनुरोध
भजन मानव अधिकार पुरस्कारका लागि मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा रही मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्याएको व्यक्तिको नाम सिफारिस गर्न भजन मानव अधिकार पुरस्कार छनौट समितिले सार्वजनिक अनुरोध गरेको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा कात्तिक २३ गते आयोजित मानव अधिकार सञ्जाल नेपालगञ्जको बैठकमा भजन मानव अधिकार…
कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग
कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानव अधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको परिवारलाई कात्तिक २२ गते इन्सेकले २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महतले दुखुवा थारूको मृत्यु भएको १०औँ दिन आज घरमै पुगेर थारुका छोराहरूलाई नगद सहयोग प्रदान गरेका हुन्…
पाल्पामा नवजात शिशुको मृत्युदर घटेन
गर्भवती आमा र नवजात शिशुको जीवन सुरक्षाका लागि स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएपनि पाल्पामा नवजात शिशुको मृत्युदर भने घट्न सकेको छैन । आर्थिक वर्ष २०७२/०७३ को अवधिमा पाल्पामा २८ नवजात शिशुको मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवालीका अनुसार आर्थिक वर्ष २०७२/०७३ को अवधिमा जन्मेको…
भैरहवाको एक होटलमा महिलाको हत्या
भैरहवामा रहेको एक होटलमा भारतीय मुलकी एक महिलाको हत्या गरिएको अवस्थामा कात्तिक १९ गते शव भेटिएको छ । सिर्द्धार्थ नपा-१३ बसपार्कमा रहेको गोर्खा प्रिन्स होटलको कोठा नं १ सय ११ मा रहस्यमय तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको रुपन्देहीका सई बेलबहादुर पाण्डेले बताए । होटलमा रहेको इन्ट्री बुकमा रेखा सिन्हा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिसहनीया-७ भुल्केका ३६ वर्षीय धनबहादुर परियारलाई प्रहरीले कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ भदौ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन सिसहनीया प्रहरी चौकीमा उजुरी दिएका थिए । 'घटना लगत्तै फरार रहेका आरोपितलाई एक वर्षपछि गिरफ्तार…
१२ जना बालश्रमिकको पुनर्स्थापना
जोखिमपूर्ण कार्यमा लगाइएका १२ जना बालश्रमिकलाई घोराही नगरपालिकाले उद्दार गरी परिवारमै पुनर्स्थापना गरेको छ । कात्तिक १३ गते घोराहीमा एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको हो । बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित भएको र उनीहरूको ज्यान नै जोखिममा पर्नेगरी होटेल, ग्रील उद्योगलगायतका क्षेत्रमा काममा लगाइएको भन्दै नगरपालिकाले कार्यस्थलबाट…
कमैया मुक्ति आन्दोलनका अगुवा दुखुवा थारूको निधन
कमैया मुक्ति आन्दोलनका अगुवा तथा मानवअधिकार र सामाजिक न्यायका अभियान्ता दुखुवा थारूको ०७३ कातिक १२ गते राति निधन भएको छ । ६८ वर्षीय दुखुवाको ढोढरी गाविस–१ स्थित आफ्नै निवासमा निधन भएको हो । गरिब किसान, मुक्त कमैया र सुकुम्वासीहरूको प्यारा अगुवाको रूपमा मध्यपश्चिममा मात्रै नभएर देशैभर उनी सूपरिचित थिए ।…
बन्चरो प्रहार गरी पत्नीको हत्या, आरोपित फरार
दैलेख सालखर्ककी ३६ वर्षीया खगीसरा सुनारलाई बन्चरो प्रहार गरी कात्तिक १० गते राति हत्या गरेको आरोपमा उनका ३९ वर्षीय पति मिनबहादुर सुनारलाई प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । भारतको सिमलामा मजदुरी गर्ने मीनबहादुरसँगै बर्दियाको सोरहवा-३ बस्ने दाजु दलबहादुर सुनारको घरमा भेटघाटका लागि आएका बेला सामान्य विवाद हुँदा बञ्चरोले…
बलात्कार प्रयास घटनाका दोषी चार वर्षपछि गिरफ्तार
२० वर्षीया महिलालाई बलात्कार प्रसाय गरेको घटनामा दोषी ठहरिएका बेला-६ खरदरियाका ४३ वर्षीय नन्कु यादवलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०६८ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी गरेपछि आरोपित फरार रहेका थिए । बलात्कारपछि…
बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
ठुलापोखरा गाविस-२ की २४ वर्षीया सिर्जना भट्टराईले ३३ वर्षीय पति गणेश प्रसाद भट्टराई र भगवती गाविस-३ की १९ वर्षीया दुर्गा पाण्डेले बहुविवाह गरेको आरोपमा दुवै जनाविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले कात्तिक ५ गते विवाह गरेको आरोपमा कानुन अनुसार कारबाही…