कारागारमा समस्यै समस्या भएको कैदीबन्दीको गुनासो
महान्यायधिवक्ताको कार्यालयको एक टोलीले मङ्सिर २ र ३ गते रुकुम कारागारको मानव अधिकार तथा अन्य भौतिक पुर्वाधारको अवस्थाबारे अनुगमन गरेको छ । जिल्ला स्थित सरोकारवाला निकायको सहभागितामा महान्यायधिवक्ताको कार्यालयबाट आएका सह महान्यायधिवक्ता खेमराज ज्ञवाली नेतृत्वको टालीले जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालय रुकुमको हिरासत निरीक्षण गरेको हो । मुद्दा अनुसन्धानको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिर्द्धार्थ नपा-४ स्टार टोलका २३ वर्षीय आकाश धोवीलाई रूपन्देही प्रहरीले मङ्सिर २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
द्वन्द्व पीडितहरूको भोगाइको पीडालाई भित्तेचित्रमार्फत सार्वजनिक
नेपालमा भएको सशस्त्र द्वन्द्वको घटनाका पीडितहरूको पीडाको भोगाइलाई सार्वजनिक ठाउँमा भित्तेचित्र लेखन अभियान शुरू गरिएको छ । पीडितहरूकै अगुवाइमा बर्दियाको बबई नपाको भुरीगाउँ बजारमा मङ्सिर २ गते पहिलो भित्ते चित्र लेखन कार्य सकिएको छ । सो कार्य पीडितहरूको न्यायको लागि अगुवाइ गरिरहेको द्वन्द्व पीडित समिति बर्दियाको समन्वयमा पीडितहरूको प्रत्यक्ष सक्रियतामा…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ६ महिना कैदको फैसला
धनौरी-१ चिलहरियाकी ६५ वर्षीया दिव्या चौधरीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा धनौरी-१ चिलहरियाका ३१ वर्षीय हरि चौधरीलाई दाङ देउखुरी जिल्ला अदालतले दोषी ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर २ गते अभियोगमा दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार…
खाद्यवस्तुमा मिसावट गरी उपभोक्तालाई ठगेको कसुरमा नौ जनालाई कारबाही
घिउमा डाल्डा घिउ र सनफ्लावर तेल मिसावट गरी उपभोक्तालाई ठगी गरेको कसुरमा नौ जनालाई जनही २५ दिन कैद तथा २१/२१ हजार रुपियाँ जरिबाना गरिएको छ । तिहारको समयमा घोराहीको एक होटेलमा घिउमा डाल्डा घिउ र सनफ्लावर तेल मिसावट गरी उपभोक्ता ठगी गरेको आरोपमा रौतहट खेसरैराका ३६ वर्षीय गणेश साह, भारत…
यातना क्षतिपूर्तिको माग गर्दै प्रहरीविरूद्ध अदालतमा मुद्दा दायर
प्रहरीले हिरासतमा शारीरिक तथा मानसिक यातना दिएको आरोप लगाउँलदै खजुराखुर्द गाविस-१ का ३३ वर्षीय बिजुलीप्रसाद महाउतले क्षतिपूर्तिको माग गर्दै बाँके जिल्ला अदालतमा कात्तिक ३० गते मुद्दा दायर गरेका छन् । इलाका प्रहरी कार्यालय खजुराखुर्दका सई शरण भण्डारी र प्रहरी जवान अनिलकुमार विकलाई विपक्षी बनाई यातनाको कारणले पुग्न गएको क्षति र…
सुनकुमारीको भैरहवामा नै अन्त्येष्टी, छोरीको लालनपालन सरकारले गर्ने
पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङकी ३८ वर्षीया सुनकुमारी नेपालीको उपचारका क्रममा मृत्यु भएपछि भैरहवामा नै कात्तिक ३० गते अन्त्येष्टी गरिएको छ । उपचारकै क्रममा रुपन्देहीस्थित भैरहवा मेडिकल कलेजमा कात्तिक २७ गते उनको मृत्यु भएको थियो । पीडित महिलाको टाउको, गिजा तथा दाँतमा गम्भीर चोट तथा शरीरभरि निलडाम भएकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा अमुवा गाविस-५ का २० वर्षीय शिवकुमार मल्लाहलाई प्रहरीले २८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित शिवकुमार सहित अन्य तीनजना समेतले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यलय बुटवलमा कात्तिक २८ गते उजुरी दिएको थियो । उजुरीका…
सर्वहाराको बन्दले गरी खाने वर्ग भोकै !
चिर्तुङ्धारा-७ घोरबन्दाकी २७ वर्षीया रेवन्ती कुमाल कात्तिक २८ गते बिहान झिसमिसेमै काम खोज्दै सदरमुकाम तानसेन आइपुगिन् । एक घण्टा पैदल हिँडेर सदरमुकाम तानसेन आइपुगेकी उनले अघिल्ला दिनहरूमा झै भारी बोक्ने काम नपाएपछि ९ बजेतिर निराश भएर रित्तै घर फर्किइन् । भारी बोकेरै २ छोराछोरी र पतिसहित परिवारको गुजारा चलाउँदै आएकी…
पतिको कुटाइबाट घाइते भएकी सुनकुमारीको उपचारकै क्रममा मृत्यु
पतिको कुटाइबाट गम्भीर घाइते भएकी रोल्पा थवाङ-८ की सुनकुमारी नेपालीको भैरहवाको मेडिकल कलेजमा उपचारका क्रममा कात्तिक २७ गते मृत्यु भएको छ । पीडित महिलालाई असोज २२ गते पति ध्रुव नेपालीले कुटपिट गरेको घटना र्सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी रामप्रसाद र्घर्ती मगरले टेलिफोनमार्फ बताए । पतिको कुटपिटबाट टाउको, गिजा…