बेचविखन घटनाका आरोपितलाई कारबाहीको माग
२१ वर्षीया महिलालाई भारत हुँदै कुवेतमा बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको आरोपमा बाँसगढी नपा-७ की ३५ वर्षीया हिरा हमाललाई पीडित पक्षले कारबाहीको माग गरेका छन् । पीडित पक्षले आरोपितलाई कारबाहीको माग गर्दै असोज ९ गते मानव बेचविखन तथा ओसारपसारको मुद्दा जिल्ला प्रहरी कार्यालय बर्दियामा दर्ता गराएका छन् । प्रहरीका अनुसार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बानियाभार गाविस-७ का २० वर्षीय कुलदिप राजीलाई असोज ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ७ गते इलाका प्रहरी कार्यालय बानियाभारमा उजुरी दिएको इन्स्पेक्टर कर्णबहादुर बमले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य…
नौ वर्षपछि मोही बाँडफाँड आवेदन खुला, मोही उत्साहित
दोहोरो भूस्वामित्वको अन्त्यका लागि सरकारले नौ वर्षपछि मोहीलाई जग्गा बाँडफाँडका लागि निवेदन आह्वान गरेपछि दाङ जिल्लाका मोही उत्साहित भएका छन् । नयाँ सूचनाका आधारमा जिल्ला भूमिसुधार कार्यालय दाङले असोज ७ गते घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका मोहीहरूलाई जग्गा बाँडफाँडका लागि निवेदन दिन आह्वान गरेपछि मोही उत्साहित भएका हुन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा खिदिम गाविस-४ का १७ वर्षीय मधु कुमाललाई प्रहरीले असोज ५ गते उनकै घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा बालिकाका अभिभावकले प्रहरीमा असोज ५ गते उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
तुलसीपुर नपा-१९ जसपुरकी ६५ वर्षीया मोति परियारलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको आरोपमा सोही नपा-२० की ४२ वर्षीया अनिता भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले असोज ४ गते गिरफ्तार गरेको छ । पीडित महिलाले असोज ४ गते आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि भण्डारीलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको…
एक हजार आठ सय बालबालिका विद्यालयको पहुँच बाहिर
रोल्पा जिल्लामा अझैपनि १ हजार ८ सय ९३ जना बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले गरेको अध्ययनले देखाएको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेका गाविसका बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको उक्त अध्ययनले देखाएको हो । जिल्ला शिक्षा कार्यालय, रोल्पाको तथ्याङ्क अनुसार विद्यालय बाहिर रहेका दलित बालबालिका…
कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार
सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले…
शैक्षिक सत्र सुरू भएको पाँच महिना सकिँदासम्म पनि पाठ्यपुस्तक अभाव
शैक्षिक सत्र सुरू भएको पाँच महिना बितेपनि जिल्लाका विभिन्न विद्यालयमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन् । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । रोल्पाको अरेस गाविस–५ स्थित अरेस माविमा कक्षा ९ को भूगोल विषयको पाठ्यपुस्तक भदौ ३० गतेसम्म पुग्न नसक्दा विद्यार्थीहरूले अध्ययन गर्न पाएका छैनन् । हालसम्म पुस्तक…
घटनाको सत्यतथ्य पत्ता लगाउन पीडित परिवारको माग
ओखरकोट गाविस–५ आहालखोलाकी ५६ वर्षीया नमादेवी पोखरेलको घर नजिकै बारीमा विष्फोटक पदार्थमा परी मृत्यु भएको घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पीडित परिवारले माग गरेको छ । पीडत परिवारले भदौ ३१ गतेसम्म पनि घटनाको सत्यतथ्य सार्वजनिक नहुँदा आफूहरू झन् पीडामा परेको बताउँदै अपराधी पत्ता लगाई कानुन अनुसार कारबाही गर्न सरकारसमक्ष माग…
बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी
रेसुङ्गा नपा–२ की २५ वर्षीया मिना खड्का थापाले बहुविवाह गरेको आरोपमा ३१ वर्षीय पति कृष्ण थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलाले दिएको उजुरीमा ह्वाङदी–२ की २१ वर्षीया कल्पना थापासँग कृष्णले गत वैशाख ११ गते अर्को विवाह गरेको आरोप लगाइएको छ । जिल्ला…