बहुविवाह घटनाका आरोपित गिरफ्तार
काभ्रे-७ स्थायी घर भई हाल घोराही नपा-११ मा बस्दै आएका ३८ वर्षीय यमलाल जिसी र त्रिपुर नपा-२ झारवैराकी २५ वर्षीया अस्मिता वलीलाई बहुविवाहको आरोपमा प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ । काभ्रे-७ की बालिका जिसीले बहुविवाहको आरोपमा आरोपितद्वय विरुद्ध असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।…
बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी
प्यूठान नपा-१३ की ३५ वर्षीया कमला पाण्डेले बहुविवाह गरेको आरोपमा ३७ वर्षीय पति विनोद पाण्डे र सोही नपा-१५ की ३४ वर्षीया सुमित्रा थापाविरुद्ध कानुनी कारबाहीको माग गर्दै कात्तिक १ गते प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले आरोपितद्वयले असोज ३० गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय बिजुवारमा बहुविवाहको…
मानव अधिकारकर्मीद्वारा घटनाको सुक्ष्म अनुसन्धान गर्न माग
बाणगङ्गा नपा- १४ की ४५ वर्षीया खिमकला बेल्वासेको असोज २८ गते बिहान भएको रहस्यमय मुत्युको घटनाको विषयमा मानव अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, केन्द्रीय सदस्य सुर्यकुमारी शाही, जिल्ला अध्यक्ष रोमकान्त घिमिरे तथा इन्सेक जिल्ला प्रतिनिधि नन्दराम…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
बलात्कार घटनाका फरार आरोपित सोरहवा गाविस-२ का ३४ वर्षीय मानबहादुर बुढा मगरलाई प्रहरीले असोज २८ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरको विशेष टोलीले बुढामगरलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी नेत्रमणी गिरीले जानकारी दिए । सोरहवा गाविस-९ स्थित मानखोलाको जङ्गलमा ०६५ वैशाख १६ गते एक…
आर्थिक अभावमा पाँच सयभन्दा बढी पूर्व कमलरी विद्यालय छाड्न बाध्य
आर्थिक अभाव भएपछि दाङलगायत पश्चिम नेपालका ५ सय ६ जना पूर्व कमलरीले विद्यालय जान छाडेका छन् । सरकारी छात्रवृत्तिले शैक्षिक सामग्रीसमेत किन्न अपुग भएको भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका पूर्व कमलरी विद्यालय छाड्न बाध्य भएको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनिता चौधरीले बताइन् । चौधरीका अनुसार आर्थिक…
कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पति गिरफ्तार
थबाङ गाविस-८ की ३८ वर्षीया सोनाकुमारी नेपालीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले ४० वर्षाय पति ध्रुव नेपालीलाई असोज २६ गते गिरफ्तार गरेको छ । असोज २५ गते राति १२ बजे सुतिरहेकी सोनाकुमारीलाई आरोपितले मदिरा सेवन गरेर कुटपिट गरेको आरोपमा उजुरी आएपछि अनुसन्धानका लागि प्रहरी चौकी थबाङले असोज २६…
दाउरा प्रहार गरी हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ वर्षीया झकमा वुढाथोकीको हत्या गरेको आरोपमा लिवाङ नपा-२ खुमेल घरभई हाल मिझिङ गाविस-६ सुलिचौर माइतीघर बस्दै आएकी ३१ वर्षीया आमा धना वुढाथोकीलाई प्रहरीले असोज २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई असोज २५ गते राति ९ बजे दाउराले प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि धनालाई गिरफ्तार गरिएको…
लक्षित समूह सरह सुविधा पाउनुपर्ने लैङ्गिक अल्पसङ्ख्यकहरूको माग
लैङ्गिक अल्पसङ्ख्यकहरूले लक्षित समूहलाई जस्तै बजेटको व्यवस्था गर्न माग गरेका छन् । समाजको अपहेलनाका कारण बाँच्न गाह्रो भएको भन्दै उनीहरूले आत्मनिर्भर हुनका लागि छुट्टै बजेटको व्यवस्था गर्न स्थानीय निकायहरूसमक्ष असोज २१ गते आग्रह गरेका हुन । जिल्ला विकास समितिको कार्यालयमा पुगेका लैङ्गिक अल्पसङ्ख्यकहरूले स्थानीय विकास अधिकारी रमेश गौतमलाई महिला, बालबालिका,…
लोपोन्मूख जातिमा सूचीकृत नगरेकोमा मगन्ता समुदायको गुनासो
बाँकेको हिरिमिनिया गाविसमा सदियौंदेखि बसोबास गर्दै आएका मगन्ता (महाउत) जातिलाई राज्यले सूचीकृत नगरेको मगन्ता समुदायले गुनासो गरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत गठित सूचीकृत गर्ने विशेष कार्यदलले ०५८ सालमा मगन्ता/महाउत समुदायलाई लोपोन्मुख जातिमा समावेश गर्नका लागि सबै विवरण अभिलेखीकरण गरेपनि लोपोन्मूख जातिमा सूचीकृत नगरेको महाउत समुदायका…
कारागारमा बन्दी बढेसँगै बिरामीको सङ्ख्यामा बृद्धि
कारागार कार्यालय नवलपरासीमा नयाँ कारागार सञ्चालन भए लगत्तै विभिन्न कारागारबाट र स्थानीय स्तरमा भएका अपराधका घटना बृद्धिका कारण ३ गुणा बन्दी पुगेपछि दैनिक जसो ५ देखि १० जना बन्दी बिरामी हुने गरेका छन् । कारागार प्रशासनका अनुसार रुपन्देहीको भैरहवा, कपिलवस्तुको तौलिहवा, पर्साको बीरगञ्जलगायतका कारागारबाट र स्थानीय अदालत प्रशासनबाट विभिन्न अपराधको…