प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सांसद, इन्सेककर्मीसहित २५ जना घाइते

जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास पुस १ गते दिनभर तनावग्रस्त बन्यो । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा लगाइएको ताला खुलाउन र धर्नामा बसेका प्रदर्शनकारीलाई लखेट्न खोज्दा झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विक, इन्सेक गुल्मी जिल्ला प्रतिनिधि…

२०७३ पुष १, शुक्रबार २०:०३ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित रामपुर गाविस-१ निमुरियाका ३१ वर्षीय डम्मरबहादुर जिसीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले जिसीलाई दोषी ठहर गर्दै मङ्सिर ३० गते पाँच वर्षकैद गर्ने फैसला गरेको हो । मानसिक सन्तुलनमा कमजोरी भई हिँडिरहेकी पीडित…

२०७३ मंसिर ३०, बिहीबार २१:१५ गते  
बन्चरो प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार

घोराही नपा-६ गिठेपानीकी ६० वर्षीया आइती विकको हत्या गरेको आरोपमा ६२ वर्षीय पति केशे कामीलाई प्रहरीले मङ्सिर ३० गते गिरफ्तार गरेको छ । घरमा बसिरहेकी पीडित महिलालाई मङ्सिर ३० गते बिहान आरोपितले एक्कासी टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । आरोपितलाई प्रहरीले घरैबाट गिरफ्तार गरी अनुसन्धान सुरु…

२०७३ मंसिर ३०, बिहीबार ०७:०६ गते  
गुल्मेली महिलाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची तथा नक्सा उपहार

संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएका छन् । सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि गुल्मीका महिलाहरूले विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित कैँची, फूलको माला, सियो, धागो र…

२०७३ मंसिर २९, बुधबार ०९:४७ गते  
संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस 

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर २९ गते सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आह्वानमा साँझ ६ बजे चुक्रावेशीको बेलबाटिका र बसपार्कबाट जुलुस सुरु गरी सदरमुकाम सन्धिखर्कमा पुगेर कोणसभामा परिणत गरिएको थियो । मसाल जुलुसलाई…

२०७३ मंसिर २९, बुधबार ०९:४६ गते  
सामाजिक सदभाव कायम राख्न अधिकारकर्मी र धार्मिक अगुवाको आग्रह

जिल्लाको सामाजिक सदभाव ब्रि्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित अधिकारकर्मी, सञ्चारकर्मी र धर्मगुरुहरूले मङ्सिर २८ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै सामाजिक सदभाव कायम राख्न आग्रह गरेका छन् । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको समन्वयमा भएको छलफल कार्यक्रम पश्चात अन्तर धार्मिक सामाजिक सदभाव मञ्चका क्षेत्रीय अध्यक्ष महन्त चन्द्रनाथ योगी, अन्तर धार्मिक…

२०७३ मंसिर २९, बुधबार ०९:२४ गते  
कालो पट्टी बाँधेर दौड जुलुश, लगातारको बन्दले जनजीवन कष्टकर

सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् । सरकारले संविधान संशोधन गरी पाँच नम्बर प्रदेश टुक्र्याउन लागेको विरोधमा लगातार बन्दको चौधौँ दिन पनि गुल्मी जिल्ला बन्द गरिएको छ । संशोधनको विरुद्धमा आन्दोलन चर्किएको धेरै दिन बित्दा समेत सरकारले कुनै…

२०७३ मंसिर २८, मंगलवार १५:२६ गते  
संविधान संशोधन प्रस्तावको विरोधमा लालटिन जुलुश

संविधान संशोधनको विरोधमा मङ्सिर २८ गते प्यूठानमा विरोध स्वरुप लालटिन जुलुश प्रदर्शन गरिएको छ । अखण्ड ५ नं. प्रदेशको माग गर्दै गरिएको आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्तर्गत प्यूठानको व्यापारिक केन्द्र बिजुवारबाट निकालिएको लालटिन जुलुश जुम्रीमा पुगेर कोणसभा गरी सम्पन्न गरिएको सङ्घर्ष समितिले जनाएको छ । कोणसभामा बोल्दै एमालेका अध्यक्ष तुल्सीराम…

२०७३ मंसिर २८, मंगलवार १५:१४ गते  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सञ्जालले पैरवी गर्ने

जिल्लामा रहेका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा बर्दिया नागरिक समाज सञ्जालले पैरवी गर्ने भएको छ । इन्सेकको आयोजनामा मङ्सिर २७ गते गुलरियामा आयोजित छलफल कार्यक्रममा सञ्जालका संयोजक बालकृष्ण ओलीले उक्त प्रतिबद्धता जनाएका हुन् । सरकारले नागरिकलाई दिने सेवा र सुविधाको बारेमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन…

२०७३ मंसिर २७, सोमबार १४:११ गते  
भदाको हत्या गरेको कसुरमा फूपुलाई जन्म कैदको फैसला

विजौरी गाविस-२ सक्रामका आठ वर्षीय बालक दिपक केसीको हत्या घटनामा उनकै फूपु २६ वर्षीया गोमती खत्रीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर २७ गते खत्रीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो । खत्रीले धारिलो हतियार प्रहार गरी…

२०७३ मंसिर २७, सोमबार १४:०९ गते