बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

४२ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तार परेका २७ वर्षीय सुरज चौधरीलाई जेठ ८ गते जिल्ला अदालत रुपन्देहीले पाँच वर्षकैदको फैसला गरेको छ । न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले आरोपितलाई कैद सजाय सुनाएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन २१ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले…

२०७४ जेष्ठ १०, बुधबार २०:५५ गते  
बालविवाह घटनाका आरोपितविरूद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गराएको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-१ करौताका १४ वर्षीय 'बेहुला' र बेहुलाका ३६ वर्षीय बावु सुग्रिम कहारलाई जेठ ८ गते घरबाटै गिरफ्तार गरेको छ । सो घटनामा संलग्न रहेको आरोपमा दुईजना आरोपित सम्मरीमाई गाउँपालिका-१ करौताका ५० वर्षीय पुजारी श्यामनारायण मिश्र र उनका २० वर्षीय छोरा…

२०७४ जेष्ठ १०, बुधबार २०:५४ गते  
द्वन्द्व पीडितको शरीरमा अझै गोलीको छर्रा

आर्थिक अभावका कारण रैनादवी छहरा गाउँपालिका-३ भुवनपोखरीकी ३० वर्षीया भुमिका मरासिनी र उनका दुई छोराछोरी १२ वर्षदेखि शरीरमा गोलीको छर्रा लिएर बाँच्न बाध्य छन् । खर्च नहुँदा आफू सहित १४ वर्षीय छोरा पुष्कर र १३ वर्षीया छोरी पुष्पाको गालामा समेत गोलीका छर्राहरू रहेको भुमिकाले बताइन् । भुमिकाका अनुसार ०६२ फागुन…

२०७४ जेष्ठ १०, बुधबार २०:५३ गते  
छोरीको हत्या गरेको आरोपमा बावुआमा गिरफ्तार

कावासोती नपा-१६ डण्डाकी १५ वर्षीया रविना अर्यालको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय बावु तुलसीप्रसाद अर्याल र ३७ वर्षीया आमा भिमकला अर्याललाई जेठ ८ गते गिरफ्तार गरेको छ । आरोपित तुलसीप्रसाद र सौतेनी आमा भिमकला अर्यालले जेठ ३ गते रविनाको हत्या गरेको आरोपमा उनकी दिदी मनिता अर्यालले जेठ ६ गते…

२०७४ जेष्ठ ९, मंगलवार २०:४५ गते  
मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया, ४७ वर्षीया र ३८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट जेठ ६ गते साँझ तीन जना महिलाको उद्धार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर…

२०७४ जेष्ठ ८, सोमबार १६:४७ गते  
भारतको दिल्लीबाट २४ जना महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै भारतको दिल्लीमा पुर्‍याएपछि अलपत्र अवस्थामा रहेका २४ जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काइएको छ । उद्धार गरिएका २४ जना महिलालाई जेठ ४ गते माइती इण्डियाले उद्धार गरी माइती नेपाल, नेपालगञ्ज शाखालाई जिम्मा लगाएको हो । उद्धार गरिनेहरूमा मकवानपुरकी सुमीत्रा मोक्तान, उदयपुरकी फुलमाया विश्वकर्मा, सिन्धुपाल्चोककी सेङ्मो…

२०७४ जेष्ठ ५, शुक्रबार १४:१९ गते  
अञ्चल अस्पतालमा कालाजारको औषधि अभाव

लुम्बिनी अञ्चल अस्पतालमा कालाजारको 'लायपसमल' नामको औषधि अभाव हुँदा बिरामीहरूको उपचारमा समस्या भएको छ । अस्पतालमा वैशाख २९ गतेदेखि कालाजारको औषधिको अभाव भएपछि सम्बन्धित निकायमा जानकारी गराए पनि औषधि नपठाउँदा बिरामीहरूको उपचारमा समस्या उत्पन्न भएको अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी लक्ष्मीराज रेग्मीले बताए । औषधि अभावका कारण हाल अस्पतालमा उपचाररत…

२०७४ जेष्ठ ४, बिहीबार १६:३१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला घर भई अर्घाखाँची सन्धिखर्क-१ बस्ने ४१ वर्षीय अनावर सदा मियाँलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत वैशाख २९ गते बलात्कार गरी बन्धकसमेत बनाएको भन्ने सूचनाको आधारमा आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका…

२०७४ जेष्ठ ४, बिहीबार १४:४८ गते  
निगरानी समूहलाई निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह

पाल्पाका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भरतमणि खनालले मानव अधिकार निगरानी समूहलाई स्थानीय तहको निर्वाचनको स्वच्छ पर्यवेक्षण गर्न आग्रह गरेका छन् । मानव अधिकार निगरानी समूह पाल्पाले जेठ ३ गते गरेको अर्न्तक्रियाका क्रममा खनालले पाल्पामा निर्वाचनको तयारी भइरहेको बताए । उनले जेठको दोस्रो साता बाट नगरपालिका र गाउँपालिकामा समेत…

२०७४ जेष्ठ ३, बुधबार २०:५० गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सम्मरीमाई गाउँपालिका-५ का ३३ वर्षीय करम वसिनलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित काईरा खातुनले आफू घरमा हुँदाहुँदै सोही ठाउँकी १९ वर्षीया फातिमा फातुनसँग अर्को विवाह गरेको भनी पीडित महिलाले जेठ १ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको…

२०७४ जेष्ठ २, मंगलवार २०:३५ गते