कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा गाउँपालिकाको साइनबोर्ड जलाइयो
थवाङ गाउँपालिकाको साइनबोर्ड नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख ११ गते जलाएका छन् । गाउँपालिकाको नियमित कामका लागि गएका कर्मचारी कार्यालयमा बसेको अवस्थामा करिव सात/आठ जनाको सङ्ख्यामा आएका नेकपाका कार्यकर्ताले साइनबोर्ड झिकेर जलाइदिएको वडा कार्यालयका सचिव अधिकार बुढाले बताए । आफूहरूले नफाल्न अनुरोध गर्दा हातपात गर्ने धम्की दिएको…
बेलहिया नाकाबाट तीन जना महिलाको उद्धार
२४, २२ र २१ वर्षीया तीन जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा प्रहरीले वैशाख १० गते साँझ बेलहियाबाट उद्धार गरेको जनाएको छ । पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर आरोपितले भारतको बाटो हुँदै बेचबिखनका लागि लैजान लागेको प्रहरीको आरोप…
दलित बस्तीमा मतदाता शिक्षा
स्थानीय युवा उत्तम पन्थीले विभिन्न प्रलोभन देखाएर पार्टी प्रवेश गराउने दलको चङ्गुलमा दलित समुदाय सधैँ फस्दै आएको बताए । 'चुनावका बेला यो समुदायका मतदाता थुप्रै पार्टीमा प्रवेश गर्छन ।'-पन्थीले भने-'चेतनाको कमी र विपन्नताको फाइदा दलहरूले लिइरहेका छन् ।' स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीसँग कुरा…
कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा स्थानीय तहका 'साइनबोर्ड' फालियो
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले प्यूठान नपा, स्वर्गद्वारी नपा र माण्डवी गाउँपालिकामा रहेका साइनबोर्ड वैशाख १० गते राति फालेका छन् । प्यूठान नपा-७ मा रहेको कार्यालयको साइनबोर्ड, यसैगरी स्वर्गद्वारी नपा-३ मा रहेको कार्यालयको बोर्ड र माण्डवी गाँउपलिका-३ मा रहेको कार्यालयको बोर्ड पनि वैशाख १० गते राति सो…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
१७ वर्षीया बालिकलाई बलात्कार गरेको आरोपमा इस्मा गाउँपालिका-४ का २४ वर्षीय शिवलाल थापाविरुद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षको मौखिक उजुरी दिएपछि प्रहरीले आरोपितलाई वैशाख ८ गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामग्राम नपा-१६ का २० वर्षीय अरूण पासीलाई वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
मालिका गाउँपालिका- १ नेटाकी २७ वर्षीया सरस्वती पुनले आफू घरमा हुँदाहुँदै बहुविवाह गरेको आरोपमा २७ वर्षीय पति प्रेमबहादुर पुनविरुद्ध उजुरी गरेको आधारमा प्रहरीले वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपित पति र २५ वर्षीया विष्णु पुनबिच ०७३ फागुन २५ गते विवाह भएको आरोपमा गत चैत ३० गते…
आमाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला
चन्द्रकोट गाउँपालिका-१ की ७१ वर्षीया मोती काउछाको हत्या गरेको कसुरमा मृतकका छोरा विरबहादुर काउछालाई जिल्ला अदालत गुल्मीले वैशाख ७ गते र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ । आफ्नै घरमा सुतिरहेकी आमालाई आरोपितले कोदालो प्रहार गरी हत्या गरेका थिए । घटना पश्चात् प्रहरीले ०७३ असोज ६ गते गिरफ्तार गरी अदालतमा पेश गरेको…
मानव बेचबिखनका आरोपित गिरफ्तार
२२ वर्षीया, ४२ वर्षीया र ४१ वर्षीया तीन जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट वैशाख ६ गते साँझ उद्दार गरी एक जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई आरोपितले विभिन्न प्रलोभन देखाएर बेचबिखनको लागि लैजान…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका बावुलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…