नयाँ शाक्ति पार्टीका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन

नयाँ शाक्ति पार्टीका सन्धिखर्क नगरपालिका-७ का उम्मेदवार फर्सबहादुर नेपालीले आचारसंहिता उल्लङ्घन गरी चामल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।   उम्मेदवार नेपालीले असार १० गते दिउँसो मतदातालाई चामल, रसायनिक मल, र नुन वितरण गर्न लागेको भन्ने सूचनाको आधार जिल्ला आचारसंहिता अनुगमन समितिले उक्त ठाउँमा अनुगमन गरको थियो…

२०७४ असार ११, आईतवार १४:०१ गते  
रुपन्देहीमा बम आतङ्क, नेकपा एमालेका उम्मेदवारको घरमा बम

स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा उम्मेदवार र मतदाताहरूलाई तर्साउने खालका गतिविधिहरु बढ्न थालेका छन् । असार ४ गते मनोनयन दर्ता गरेपछिबाट नेकपा एमालेका उम्मेदवारहरूको घरमा बम तथा विस्फोटक पदार्थ राखी आतङ्कतिक बनाउने जस्ता गतिविधिहरु बढ्न थालेको प्रहरीले जनाएको छ । असार १० गते राति १० बजे सिद्धार्थनगर…

२०७४ असार ११, आईतवार १०:१४ गते  
एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा ११ जना घाइते

रुन्टीगढी गाउँपालिका-८ झेनाम मेलटाकुरामा असार १० गते बिहान ५ बजे नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा ११ जना घाइते भएका छन् । झडपमा परी नेकपा एमालेका रुन्टीगढी गाउँपालिका-८ का वडा सदस्यका उम्मेदवारहरू कृष्णबहादुर बुढा, इन्द्रकुमारी पुन घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी एमाले कार्यकर्ताहरू शान्तराज बुढा, धनकुमार…

२०७४ असार १०, शनिबार २३:५८ गते  
एमाले प्रमुखको घरमा बम फेला, सुरक्षित डिस्पोज

बर्दघाट नपा-४ मा नेकपा एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार धिरज शर्मा बस्यालको घर कम्पाउण्डभित्र बेवारिसे अवस्थामा राखिएको बम असार १० गते फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बज्रदल गणको बम डिस्पोजल टोलीले सुरक्षित स्थानमा लगि डिस्पोज गरेको छ । बमबाट कुनै मानवीय तथा भौतिक क्षति नभएतापनि घर परिवार…

२०७४ असार १०, शनिबार २३:४९ गते  
पाल्पाका १८ मतदानस्थल अतिसम्वेदनशील

असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका १८ ओटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट अतिसम्वेदनशील रूपमा लिइएको लिइएको छ । तानसेन नगरपालिकामा तीन ओटा, रामपुर नगरपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा एउटा, तिनाउँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चार ओटा गरी जम्मा १८ ओटा मतदानस्थल अतिसम्वेदनशील रहेको विश्लेषण गरिएको प्रमुख…

२०७४ असार १०, शनिबार २२:५३ गते  
सिस्ने गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप

चुनाव प्रचारको क्रममा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सिस्ने गाउँपालिका-७ मा असार १० गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका ६ जना र एमालेका तीन जना र एक जना विद्यार्थी घाइते भएका छन् । आफ्ना पार्टीका कार्यकर्तालाई चुनाव प्रचारमा अवरोध गरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको…

२०७४ असार १०, शनिबार २२:१४ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बढैयाताल गाउँपालिका-४ खैरेनीबाट असार ९ गते गिरफ्तार गरेको छ । बढैयाताल गाउँपालिका-४ निवासी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय खुमबहादुर गिरी र सोही ठाउँका ४६ वर्षीय चन्द्रबीर बिकलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले…

२०७४ असार १०, शनिबार २२:१२ गते  
जिल्लास्तरीय बहस तथा सम्वाद कार्यक्रम सम्पन्न

जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा दर्जनौँ समस्या रहेकोमा मानव अधिकार निगरानी समूहको नियमित निगरानीपछि सुधार आएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत असार ९ गते तौलिहवामा आयोजित बहस तथा सम्वाद कार्यक्रममा सो कुरा…

२०७४ असार १०, शनिबार २१:४४ गते  
शिक्षा स्वास्थ्य र खाद्य अधिकार सवालमा उम्मेदवारसँग सम्वाद

इन्सेक नेपालगञ्जको आयोजना तथा भिजन टेलिभिजनको सहकार्यमा नेपालगञ्ज उप महानगरपालिकाका उपप्रमुखका उम्मेदारबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा असार ९ गते टेलिभिजन सम्वाद सम्पन्न भएको छ । सम्वादमा उममेयरका उम्मेदवार क्रमशः नेपाली काङ्ग्रेसकी उमा थापा, नेकपा एमालेकी शान्ति ढकाल र राष्ट्रिय जनमोर्चाकी माला केसी सहभागी थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसकी…

२०७४ असार १०, शनिबार २१:४० गते  
जिल्लास्तरीय अर्न्तक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक निकाय र सेवाग्राहीबिच अर्न्तक्रिया कार्यक्रम असार ८ गते तानसेनमा सम्पन्न भएको छ । इन्सेक क्षेत्रीय कार्यालय पोखराकी इएलपी कार्यक्रम संयोजक सवनम शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेकले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार…

२०७४ असार १०, शनिबार २१:३५ गते