बलात्कार गरेको ठहर गर्दै १२ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सल्यान जिल्ला शारदा नपा-१५ का २३ वर्षीय रमेश रावललाई १२ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले चैत १४ गते रावललाई दोषी ठहर गर्दै १२ वर्षकैद र पीडितलाई ७५ हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला सुनाएको हो । पीडित…

२०७३ चैत्र १५, मंगलवार २२:१४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पूर्वखोला गाउँपालिका-१ पूर्वखोलाका ४५ वर्षीय वीरबहादुर आलेलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई आरोपितलाई…

२०७३ चैत्र १४, सोमबार २१:०९ गते  
निगरानी समूहद्वारा अस्पतालमा खानेपानी व्यवस्थापनको माग

इन्सेकको पहलमा पाल्पा जिल्लामा गठित मानव अधिकार निगरानी समूहले पाल्पा जिल्ला अस्पतालमा खानेपानीको अभावमा बिरामी प्रभावित भएको भन्दै तत्काल पानीको व्यवस्थापन गर्न जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको ध्यानाकर्षण गराएको छ । निगरानी समूहले चैत १३ गते अस्पतालमा पुगेर स्वास्थ्य कार्यालय प्रमुख डा. उमाशङ्करप्रसाद चौधरी र अस्पताल विकास समितिका…

२०७३ चैत्र १३, आईतवार २०:३२ गते  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका फरार आरोपित सैनामैना नपा-१ का २६ वर्षीय डम्बरबहादुर सुर्यवंशी, १७ वर्षीय बालक दुई जना, १९ वर्षीय सुमन सिजापति, २४ वर्षीय सुरेश बिक र २८ वर्षीय श्यामबहादुर थापा लाई रुपन्देही प्रहरीले चैत ९ गते सैनामैना नपा-४ बनकट्टाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले फागुन…

२०७३ चैत्र १०, बिहीबार २०:४३ गते  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ एक वर्षीया बालिकालाई जागिर लगाइदिने बाहानामा भारत हुँदै कुबेत पठाउन लागेको आरोपमा प्रहरीले चैत ९ गते रोल्पा जिल्ला रुन्टीगढी गाउँपालिका-७ का ४० वर्षीया बादी बिकलाई गिरफ्तार र पीडित बालिकालाई कृष्णनगर नाकाबाट उद्धार गरेको छ । घटनामा संलग्न रहेका दुई जना आरोपित फरार रहेकोले खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय…

२०७३ चैत्र १०, बिहीबार १६:४२ गते  
तेह्र वर्षीय बालक इँट्टाभट्टाबाट उद्धार

भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा राङ्कोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको राससले जनाएको छ । नगरकोट नपा-३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका सञ्चालकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि…

२०७३ चैत्र ९, बुधबार १९:५८ गते  
सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्षकैदको फैसला

२३ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा सन्धिखर्क नपा-२ का १८ वर्षीय राजेश मिश्र, सोही ठाउँका २२ वर्षीय भरत भुसाल, भुमिकास्थान गाउँपालिका-८ का २० वर्षीय विनोद थापा र कपिलवस्तुका केशरीनन्दन अग्रहरीलाई जिल्ला अदालतले जनही ११ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद वास्तोलाको इजलासले चैत ८ गते आरोपित चारै…

२०७३ चैत्र ९, बुधबार १६:३९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला हर्मिचौर-४ स्थायी घर भई हाल बुटवल उमनपा-९ बस्ने ३४ वर्षीय नवराज पाण्डेलाई चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले इलाका प्रहरी कार्यालय बुटवलमा चैत ८ गते उजुरी दिएकी थिइन्…

२०७३ चैत्र ९, बुधबार १०:३४ गते  
पाँच वर्षपछि न्यायको अनुभूति भएको यातना पीडितको भनाइ

दुई जना यातना पीडितले मुद्दा लडेको पाँच वर्षछि क्षतिपूर्ति पाएपछि न्यायको अनुभूति भएको बताएका छन् । प्रहरी हिरासतमा यातना पाएका नेपालगञ्ज नपा-१६ बेलासपुरका निजामुद्धिन शेष र बर्दिया जिल्ला मोतिपुर-५ की दुजी भन्ने हरकली पुनले जिल्ला प्रशासन कार्यालय बाँकेबाट चैत ८ गते  क्षतिपूर्ति रकम बापत क्रमश ९५ हजार र ५१ हजार…

२०७३ चैत्र ८, मंगलवार २०:१६ गते  
द्वन्द्व व्यवस्थापन कार्यदलको काम सुरू

सशस्त्र द्वन्द्वमा पीडित भई राहत पाउनबाट वञ्चित बनेकाहरूको छानबिन गरी सरकारलाई प्रतिवेदन बुझाउन गठित कार्यदलले चैत ७ गतेदेखि रूकुमबाट काम सुरू गरेको जनाएको छ । द्वन्द्व प्रभावित व्यक्ति, परिवार तथा संरचनामा भएको क्षतिको विवरण छानबिन एव्म परीक्षणसम्बन्धी गठित पाँचौ कार्यदलको प्रतिवेदनलाई पूर्णता दिन गठन भएको पाँच सदस्यीय कार्यदलको टोली रूकुम…

२०७३ चैत्र ७, सोमबार २०:४४ गते