हेल्मेट नलगाएको आरोपमा प्रहरीले कुटपिट गरेको आरोप
गुलरिया नपा -१ सघाहापुरका २७ वर्षीय दिनेश यादवलाई इलाका प्रहरी कार्यालय गुलरिया नपा-१० स्थित चौकीका प्रहरी हवल्दार टेकबहादुर चन्दले भदौ ६ गत निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । स्थानीय शर्वजित यादवका अनुसार दिनेश बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने…
बाढी पीडितका समस्या समाधान गर्न अधिकारकर्मीद्वारा प्रजिअको ध्यानाकर्षण
बाढी पीडितको अवस्था सम्बन्धमा स्थलगत अनुगमन गरी फर्केको अधिकारकर्मीको टोलीले भदौ १ गते प्रमुख जिल्ला अधिकारी समक्ष बाढी पीडितका समस्या तत्काल समाधानका लागि ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, मानव अधिकार सञ्जाल र पत्रकार समेतको टोलीले साउन ३२ गते संयुक्त अनुगमन गरी तयार पारेको संक्षिप्त प्रतिवेदनका आधारमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई साउन २८ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-१४ का २४ वर्षीय तिलक डाँगीलाई साउन ३२ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न सोही ठाउँका २३ वर्षीय सुनील बस्नेत भने फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडित पक्षले साउन २९ गते प्रहरी चौकी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका-५ का २६ वर्षीय इन्द्रबहादुर वलीलाई साउन ३० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पताल तुलसीपुरमा साउन ३०…
ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा दलितमाथि निर्घात कुटपिट
मुसिकोट नपा-३ मैदानका ६२ वर्षीय गोरे टोमटालाई ठूलो जातको मानिससँग मुखमुखै लागेको आरोपमा सोही ठाउँका ४० वर्षीय पशुपति घिमिरेले साउन ३० गते निर्घात कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । घाइते टोमटाको उपचार जिल्ला अस्पताल तम्घासमा हुन नसकेपछि साउन ३१ गते लुम्विनी मेडिकल कलेज प्रभास, पाल्पा रिफर गरिएको स्थानीय श्रीराम…
मानव अधिकारकर्मीद्वारा राहत वितरण प्रभावकारी भए नभएको अनुगमन गरिने
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन गर्ने र आवश्यकता अनुसार व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । कार्यक्रममा दाङ, बाँके र बर्दियाका बाढी पीडितहरूको अवस्था, उद्धारको अवस्थाका बारेमा…
विद्यार्थीबिचको विवादका कारण शिक्षकमाथि कुटपिट
मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । विद्यालयबाट घर फर्कँदै गरेका शिक्षक लिम्बुलाई सोही ठाउँका ३० वर्षीय राजेन्द्र राना कुमालले कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट पीडित शिक्षकको आँखाको मुनीको भाग,…
बेचबिखन घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया, २३ वर्षीया र २७ वर्षीया तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-३ का ३१ वर्षीय वली मोहम्द र जिल्ला महाराजगञ्ज थाना पर्सा मल्लीग्राम मर्यादपुर भारतका २७ वर्षीय मोहमद आलमलाई साउन २९ गते छिपागढ नाकाबाट गिरफ्तार गरेको छ ।…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-३ दर्लामचौरका ४४ वर्षीय टुमबहादुर खत्री र ३६ वर्षीया हुमकला खत्रीलाई साउन २९ गते गिरफ्तार गरेको छ । ३९ वर्षीया पीडित महिला सुमित्रा खत्रीले साउन २२ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा आरोपितद्वविरूद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएकी थिइन् । पीडितका अनुसार आरोपितद्वयले गत असार ३०…
समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या
बाढीग्रस्त स्थानमा सरकारी संयन्त्रबाट समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या देखिएको छ । बाढी पीडितसँग ओढने ओछ्याउने कपडा नुहँदा बाढी पीडित बिरामी परेका छन् । राप्ती सोनारी गाउँपालिका-५ लालपुरकी लक्ष्मी चौधरीकाअनुसार लालपुर गाउँका ७८ घरपरिवार नजिक रहेको माहुको विद्यालमा साउन २८ गतेदेखि बसेका छन् । सरकारी संयन्त्रबाट हालसम्म…