थवाङ गाउँपालिकाका अध्यक्ष अज्ञात समूहद्वारा अपहरित

थवाङ गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय वीरबहादुर घर्ती 'वियोग' भदौ २९ गते राति अज्ञात समूहको अपहरणमा परेका छन् । थवाङ गाउँपालिकामा हुन गइरहेको गाउँ सभाको तयारी गरी भदौ २९ गते राति थवाङ गाउँपालिका-२ कोइचावाङस्थित ससुराली जाने क्रममा बाटोबाटै अपहरणमा परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए । उनको खोजीका लागि…

२०७४ भाद्र ३०, शुक्रबार १३:३० गते  
प्रहरी हिरासतमै थुनुवा मृत्युसम्बन्धी घटनाको इन्सेकद्वारा अनुगमन

घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी निकाय एवं थुनुवासंग भेटघाट गरी जानकारी लिएको छ । इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख भोला महतको नेतृत्वमा आएको पाँच जना…

२०७४ भाद्र २९, बिहीबार ०९:४३ गते  
छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राख्नुपर्नेमा जोड

राज्यले छुवाछुतलाई गम्भीर प्रकृतिको अपराधमा राखी कानुन बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २६ गते नेपालगञ्जमा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी कार्यशालामा सहभागीहरूले यस्तो धारणा राखेका हुन् । खजुरा गाँउपालिकाका उपाध्यक्ष एकमाया बिकले पहिले जस्तो छोइछिटो हाल्ने चलन हटे पनि जातीय विभेदको स्वरूप बदलिएको…

२०७४ भाद्र २७, मंगलवार ०९:४८ गते  
प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा जोड

प्रलेख र दस्तावेजीकरणलाई चुस्त बनाउनुपर्नेमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतमले जोड दिएका छन् । इन्सेकको आयोजनामा भदौ २५ गतेदेखि नेपालगञ्जमा तीन दिनसम्म सञ्चालन हुने मानव अधिकार प्रलेख तालिमको सुरूवात गर्दै कार्यकारी निर्देशक गौतमले उक्त विषयमा जोड दिएका हुन् । उनले वर्ष पुस्तक संसारमै नमूनाका रूपमा रहेको…

२०७४ भाद्र २६, सोमबार ०८:५१ गते  
जिल्ला अस्पतालमा बिरामी बढेपछि उपचारमा समस्या

दैनिक भाइरल ज्वरोका बिरामीको सङ्ख्या वृद्धि भएपछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारमा समस्या भएको छ । बिरामीको सङ्ख्या बढेपछि अस्पताल बाहिर शैया थपेर उपचार भइरहेको तथा औषधिको समेत समस्या भएको अस्पताल प्रशासनको भनाई छ । १५ शैयाको जिल्ला अस्पतालमा दैनिक पाँचदेखि सात जनाको दरले बिरामी भर्ना हुनेमा हाल सरदर ५० जना…

२०७४ भाद्र २४, शनिबार २२:१७ गते  
काङ्ग्रेसका कार्यकर्ताद्वारा रेडियो पत्रकारलाई कुटपिट

रेडियो हापुरेका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासङ्घ दाङ शाखाका साधारण सदस्य ३० वर्षीय बालकृष्ण पाण्डेलाई भदौ २२ गते नेपाली काङ्ग्रेसका बबई गाउँपालिकाका प्रमुख बलबहादुर बुढाले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । बबई गाउँपालिकाले गरेका निर्णयमा असहमति जनाउँदै नेपाली काङ्ग्रेस बबई गाउँ समितिले भदौ २२ गते हापुरे…

२०७४ भाद्र २२, बिहीबार २०:४२ गते  
थुनुवा 'मृत्यु प्रकरण'को छानबिन गर्ने जिम्मा एसएसपीलाई

वडा प्रहरी कार्यालय लमहीको हिरासतभित्रै एक थुनुवाको मृत्यु प्रकरणलाई ढाकछोप गर्दै वेवारिसे शव भनेर गाडेको भन्ने खबर सार्वजनिक भएपछि पाँच नम्वर प्रदेश सङ्घीय इकाई प्रहरी कार्यालय तुलसीपुरले घटनाको छानबिन गर्न एसएसपी दिलिपकुमार चौधरीलाई जिम्मा दिएको छ । एआइजी मिङमार लामाले भदौ २१ गते चौधरीलाई घटनाको सत्यतथ्य बाहिर ल्याउन पाँच दिनको…

२०७४ भाद्र २२, बिहीबार ०९:३३ गते  
सार्वजनिक सरोकारका विषयमा उच्च अदालतमा रिट निवेदन दायर

बाँके बर्दियाका बाढी पीडित र प्रभावितहरूको विषयमा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा भदौ २० गते सरोकारवाला निकायलाई विपक्षी बनाएर अन्तरिम आदेश सहितको परमादेश जारी गराई पाउँ भन्दै रिट निवेदन दर्ता गराइएको छ । अधिवक्ता विश्वजीत तिवारी, इन्सेकका बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डे, बर्दिया सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सोमबहादुर…

२०७४ भाद्र २०, मंगलवार २१:२० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले महेन्द्र बहुमूखी क्याम्पस नेपालगञ्जका प्राध्यापक ४८ वर्षीय रविराज शर्मालाई भदौ १९ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडित युवतीलाई भदौ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले बताएपछि क्याम्पसमा क्रियाशील विद्यार्थी सङ्गठनले विरोध जनाउदै घटनाका आरोपितलाई कारबाहीको माग गरेका थिए…

२०७४ भाद्र २०, मंगलवार १४:५८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नगरपालिका-७ का १९ वर्षीय केशव क्षेत्रीलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले भदौ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

२०७४ भाद्र १४, बुधबार २१:४७ गते