गुल्मीका ४८ मतदानस्थल सम्वेदनशील
गुल्मीका १ सय ३८ मतदानस्थल मध्ये ४८ ओटा सम्वेदनशील रहेका छन् । ९० ओटा सामान्य रहेका छन् । सुरक्षा, सडकको पहुँच, राजनीतिक प्रतिस्पर्धा, अघिल्ला चुनावहरूका गतिविधिलगायतका आधारमा मतदानस्थललको बर्गिकरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गङ्गाबहादुर थापाले बताए । आगामी मङ्सिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि गुल्मीमा १…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय सदस्य तथा प्यूठान/रोल्पा इञ्चार्ज हरि बस्नेत, अनेरास्ववियु (क्रा.) का केन्द्रीय सदस्य पदमप्रसाद पोखरेल र भिग्री गाँउ जनसरकार प्रमुख गिरुप्रसाद भुसाल रहेका छन् । बस्नेत र…
माओवादी केन्द्रका उम्मेदवार चढेको गाडीमा गोली प्रहार
माओवादी केन्द्रका नेता एवम् रोल्पाबाट प्रतिनिधि सभाका लागि उम्मेदवार वर्षमान पुन 'अनन्त' चढेको गाडीलाई लक्षित गरी अज्ञात समूहले कात्तिक २६ गते दुईखोली गाउँपालिका-३ स्थित तेवरी खोलामा गोली प्रहार गरेको छ । उक्त घटनामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुदर्शन पन्थले बताए । घटनामा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको संलग्नता…
बालबालिकाहरूका लागि क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २६ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । बाल अधिकार चेतना समूहका बालबालिकाहरूले आफ्नो अधिकार प्राप्तिको लागि आफैँ सक्रियता देखाउनु पर्ने कुरामा जोड दिदै इन्सेक क्षेत्रीय संयोजक भोला महतले इन्सेकले सञ्चालन गरेको बाल अधिकार प्रवर्धन कार्यक्रमका…
बोटे बालबालिका जसले कष्टकर जीवन गुजार्दैछन् (फोटोसहित)
खरको छानो लगाइएको एकतले घर पानीले चुहिने भएपछि माथिबाट प्लाष्टिकले ओताइएको छ । घरको लिपपोत नभएको पनि वर्षौँ भएजस्तो देखिन्छ । पुरानिएको घरले विश्राम लिन खोज्दैछ । त्यही घरमा दुई जना बालबालिकाले आफ्नो कष्टकर दैनिकी गुजार्दै आएका छन् । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ खानीगाउँ दैलातुङको बोटे गाउँको दृश्य हो यो…
न्यायमा नागरिक पहुँचले लोकतन्त्र स्थापितः प्रधानन्यायाधीश
प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायमा नागरिक पहुँचको बृद्धिले लोकतन्त्रलाई थप स्थापित गर्ने बताएका छन् । कात्तिक २५ गते घोराहीमा आयोजित एक कार्यक्रममा पराजुलीले सर्वोच्च अदालत न्यायमा नागरिक पहुँच अभिबृद्धिलाई बढाउन कार्ययोजना बनाएर अघि बढेको बताए । विकासका काममा हुने गुणस्तरीयता र सुविधासम्पन्न भौतिक संरचनाले नागरिक सेवामा पहुँच अभिबृद्धि गर्ने उनले बताए…
बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम प्रहार
प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवम् विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडिमाथि अज्ञात समूहद्वारा बम प्रहार भएको छ । कात्तिक २४ गते बिहान ९ः२० बजे चौरजहारीबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फजाँदै गर्दा चौरजहारी नपा-८ गोईरीमा मन्त्री शर्मालाई लक्षित गरी दुई ओटा रेडबुलको बट्टामा…
बर्दियाका ५७ मतदानस्थल अतिसम्वेदनशील
बर्दियाका ५७ ओटा मतदानस्थललाई सुरक्षाका आधारमा अति सम्वेदनशील कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका १ सय ५३ मतदानस्थलमध्ये ५७ ओटा मतदानस्थललाई सुरक्षा दृष्टिले अति सम्वेदनशील, ४२ ओटा मतदानस्थललाई सम्वेदनशील र ५४ ओटालाई सामान्य स्थलको रूपमा बर्गिकरण गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । भारतीय सीमा…
रूकुम पश्चिमका नौ र पूर्वका १७ मतदानस्थल अति सम्वेदनशील
आगामी मङ्सिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारण गरिएका रूकुम (पश्चिम) का ७३ मतदानस्थल मध्ये नौ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको रूकुम (पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । सहायक प्रजिअ पुनका अनुसार ५७ ओटा सम्वेदनशील र सात ओटा मतदानस्थल…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
२५ वर्षीया महिलालाई रुपन्देही मर्चवार गाउँपालिकाका २९ वर्षीय राजेन्द्र कुर्मीले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले कात्तिक २१ बलात्कार गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । आरोपित फरार रहेका कारण खोजी र आवश्यक कारबाही गरिपाउँ भनि पीडितको…