अन्तजातीय विवाह गरेकी युवती मृत फेला, हत्याको आशङ्का

ताहुँ गाविस-७ की २४ वर्षीया बिनु पुलामी मगरको शव राम्दीघाटबाट उत्खनन् गरिएको छ । दसैँदेखि बेपत्ता विनुको शव जिल्ला प्रहरी कार्यलय पाल्पाले मङ्सिर ९ गते राम्दी घाटबाट उत्खनन् गरी माइतीको जिम्मा लगाएको हो । मृतकका बुवा नरेन्द्र पुलामीले मङ्सिर ८ गते ज्वाँई दिपेन्द्र वस्यालविरुद्ध जिल्ला प्रहरी कार्यालय पाल्पामा किटानी जाहेरी…

२०७३ मंसिर १०, शुक्रबार १४:४७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कास्की जिल्ला पोखरा उमनपा घर भई हाल त्रिपुर-१ नारायणपुर बस्ने २३ वर्षीय कुमार विकलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई मङ्सिर ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मङ्सिर ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।…

२०७३ मंसिर १०, शुक्रबार १४:०२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला दार्माकोट गाविस-५ का २३ वर्षीय डिल्ली विकलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुममा पीडित पक्षले मङ्सिर ९ गते उजुरी दिएको थियो । उजुरी आएपछि अनुसन्धानका लागि…

२०७३ मंसिर १०, शुक्रबार ०८:५६ गते  
मानव वेचविखनमा संलग्न रहेको कसुरमा जनही दुई वर्षकैदको फैसला

मानव वेचविखनमा संलग्न रहेको कसुरमा दाङ जिल्ला अदालतले लालमटिया-३ भालुवाङका ३६ वर्षीय राजकुमार पुन र ४२ वर्षीया मनकला सुनारलाई जनही दुई वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर ९ गते दुवै जनालाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको अदालतका श्रेष्तेदार गम्भीर रानाले बताए । आर्थिक…

२०७३ मंसिर ९, बिहीबार १५:२० गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

४२ वर्षीया एक महिलालाई बलात्कार गरेको ठहर गर्दै दाङ जिल्ला अदालतले तुलसीपुर नपा-१० भट्टेका ६० वर्षीय केवल खत्रीलाई पाँच वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश चुरामण खड्काको इजलासले मङ्सिर ९ गते घटनामा दोषी ठहर गर्दै खत्रीलाई पाँच वर्षकैद तथा पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध भराउने फैसला सुनाएको अदालतका…

२०७३ मंसिर ९, बिहीबार १५:०९ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा स्यालाखदी गाविस-३ का २८ वर्षीय दुर्गबहादुर परियार र सोही ठाउँकी २१ वर्षीया विष्णुमाया परियारलाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ । दुर्गबहादुरकी पत्नी २६ वर्षीया मनमाया परियारको उजुरीका आधारमा आरोपितद्वयलाई घरैबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुमका डीएसपी अङ्गुर जिसीले बताए । आरोपितद्वयले गएको कात्तिक २५…

२०७३ मंसिर ९, बिहीबार १४:२८ गते  
राज्यले पीडितलाई न्याय दिन नसकेको द्वन्द्वपीडितको आरोप

दश वर्षम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दश वर्ष बित्दा पनि राज्यले पीडित नागरिकलाई न्याय दिन नसकेको द्वन्द्वपीडिले आरोप लगाएका छन् । सेनालाई सुराकी गरेको आरोपमा ०६२ सालमा तत्कालीन व्रि्रोही पक्षबाट हत्या गरिएका मिनप्रसाद बेल्वासेका छोरा तथा न्यायका लागि द्वन्द्व पीडित समाजका जिल्ला सचिव हेमन्त…

२०७३ मंसिर ९, बिहीबार ००:१४ गते  
मोर्चाका कार्यकर्ताद्वारा सर्वसाधारणको मोटरसाइकलमा आगजनी

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले मङ्सिर ६ गते लु १७ प १८४७ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले सुनवल नपा-५ बनकट्टी निवासी खडानन्द पाण्डेको मोटरसाइकललाई हरपुर गाविस-९ स्थित परासी-महेशपुर सडक खण्डमा आगजनी गरेको पीडितले बताए । भारतको ठुटीबारी बजारबाट गहुँको बीउ ल्याउँदै गर्दा मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा आगजनी गरेको पीडितले…

२०७३ मंसिर ७, मंगलवार ०८:२९ गते  
प्रहरी जवानमाथि कार्यालयमा कुटपिट

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान अर्घाखाँची सिमलपानी- ६ का २८ वर्षीय रामु बीसीलाई सोही कार्यालयका असई सत्यनारायण यादवले ०७३ मङ्सिर ३ गते साँझ प्रहरी कायालय भित्रै कुटपिट गरेका छन् । आरोपित असई यादवले बीसीलाई आदेश नटेरेको र अन्य अफिसरहरूलाई गालीगलौज गरेको आरोपमा तिघ्रा र ढाडमा नीलडाम हुने गरि…

२०७३ मंसिर ६, सोमबार १०:३४ गते  
बाल विवाह बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ५ गते आयोजित अर्न्तक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरूले जिल्लामा बाल विवाह अत्याधिक रूपमा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला बालकल्याण समितिका अधिकृत मानवीर ओलीले जिल्लामा बाल विवाहको अवस्था ५७ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेका थिए । यो तथ्याङ्क प्रत्येक वर्षबढेकोप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गर्दै…

२०७३ मंसिर ५, आईतवार १५:०० गते