पाल्पामा क्षयरोग सङ्क्रमण दर न्यूनीकरण हुन सकेन

पाल्पा जिल्लामा क्षयरोगको सङ्क्रमण दर घट्न सकेको छैन् । पाल्पामा क्षयरोगका कारण पछिल्लो ६ महिनामा १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २० जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा जिल्लामा क्षयरोगको मृत्युदर सात प्रतिशत रहेको छ…

May 14, 2023  
अस्पलतालमा जनशक्ति नहुँदा आइसियुलगायतका महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोग विहीन

गुल्मी अस्पलतालमा जनशक्ति नहुँदा आइसियुलगायतका महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोग विहीन बनेका छन् भने बिरामीहरू सेवाबाट वञ्चित भएका छन् । जिल्लामा कोभिडको पहिलो र दोस्रो लहरको जोखिमका बेला खरिद गरिएका करिब २ करोडल रूपियाँका स्वास्थ्य उपकरण प्रयोग विहीन भएका छन् । दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु एक वर्षदेखि प्रयोग नभएर…

May 14, 2023  
कानुनी ज्ञानको अभावमा स्थानीय तहमा न्याय सम्पादनमा समस्या भएकाे गुनासाे

कानुनी ज्ञानको अभावमा स्थानीय तहको न्यायिक समितीबाट प्रदान गरिने न्याय सम्पादनमा समस्या परेको न्यायिक समितीका संयोजकहरूले गुनासो गरेका छन् । स्थानीय तहका  उपप्रमुख तथा उपाध्यक्षहरूको संयोजकत्वमा गठित न्यायिक समितीबाट प्रदान गरिदै आएको न्याय सम्पादन कार्य प्रभावकारी तथा पीडितमैत्री बनाउन नसकेको न्यायिक समिति संयोजक तथा सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्यले बताउनु…

चालु अवस्थामा रहेको भिडियो एक्सरे मेशिनलाई बिग्रीएको बताएपछि आठ महिनादेखि सेवाग्राही मर्कामा

जिल्ला अस्पताल बिजुवार रहेको भिडियो एक्सरे मेशिन अस्पतालले बिग्रिएको झुटो कारण देखाएका कारण आठ महिनादेखि सेवाग्राही मर्कामा पर्दै आएका छन् । जिल्ला अस्पताल बिजुवारमा उपचार गर्न आउने बिरामीहलाई डाक्टरहरूले अस्पतालमा रहेको भिडियो एक्सरे मेशिन बिग्रिएको भन्दै ढाट्ने र  निजी मेडिकलमा पठाउने गरेकामा उक्त मेशिन नबिग्रिएको खुलासा भएको छ । जिल्ला…

May 14, 2023  
नियमित बजार अनुगमन नहुँदा गुणस्तरीय बस्तु तथा सेवा उपभोगमा समस्या

नियमित बजार अनुगमन नहुँदा गुणस्तरीय बस्तु तथा सेवा उपभोगमा समस्या पर्ने गरेको छ । तानसेन नगरपालिकासहित अन्य स्थानीय तहहरूमा रहेका बजारहरूमा  नियमित बजार अनुगमन नहुँदा गुणस्तरिय बस्तु र सेवा उपभोगमा समस्या रहेको उपभोक्ताहरूको गुनासो छ । यसअघि जिल्ला प्रशासन कार्यालयले गर्दै आएको अनुगमन अहिले स्थानीय तहहरूले गर्नुपर्ने व्यवस्था छ  ।…

May 13, 2023  
विद्यालयमा स्वच्छ खानेपानी नहुँदा विद्यार्थीलाई सास्ती

रोल्पाको लङ्ग्री गाउँपालिका–७ उडिनढुङ्गामा रहेको बालज्योती प्राथमिक विद्यालयमा स्वच्छ खानेपानीको अभाव हुँदा विद्यार्थीहरूले सास्ती खेप्नु परेको छ । बालुवासहितको पानीले विद्यार्थीको दैनिक दिवा खाजा पाक्ने गरेको छ । अन्यन्त्रबाट पानी बोक्न समय लाग्ने तथा स्वच्छ खानेपानीको अन्य विकल्प नभएकाले धुलो र बालुवा मिश्रित पानीले नै विद्यार्थीहरूकालागि दिवा खाजा पकाउन पर्ने…

May 13, 2023  
स्थानीय तहको आवस्यकता बुझेर निती बनाउनु पर्नेमा जोड

स्थानीय तहको आवस्यकता बुझेर निती, ऐन र कार्यविधि बनाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा वैशाख २९ गते नेपालगञ्जमा आयोजित शिक्षा, स्वास्थ्य र वातावरणीय अधिकार सम्बन्धी स्थानीय तहको निती कानुन निर्माण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले उक्त…

May 12, 2023  
आरोपितलाई प्रहरीले संरक्षण दिएको भन्दै अनिश्चितकालिन यातायात बन्द

सडक दुर्घटनाका आरोपितलाई प्रहरीले संरक्षण दिएको भन्दै राष्ट्रिय युवा संघ नेपाल गुल्मीले वैशाख २७ गतेदेखि अनिश्चितकालिन यातायात बन्द गरेको छ । छत्रकोट गाउँकमिटी अध्यक्ष जीवनबाबु पन्तलाई ठक्कर दिने टिप्पर चालकलाई पाल्पा प्रहरीले संरक्षण गरेर परिवारका सदस्यलाई मानसिकरुपमा तनाव दिएको आरोपमा यातायात बन्द गरेका हुन् । राष्ट्रिय युवा संघ नेपाल गुल्मीले…

May 12, 2023  
बाल अधिकार चेतना समूहको आयोजनामा जातीय विभेद सम्बन्धी सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहको अयोजन तथा वडा नमबर १ को समन्वयमा मायाँदेवी गाउँपालिका– ५ स्थित जनता मावि बलुहवामा जातीय विभेद सम्बन्धी सडक नाटक वैशाख २८ गते प्रदर्शन गरिएको छ । समाजमा समस्याकोरुपमा रहेको छुवाछुत र यसले पार्ने असरका बारेमा नाटकमा चित्रण गरिएको थियो । नाटकमा सीप र श्रम…

May 11, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१४ का ४२ वर्षीय डोरबहादुर खत्रीलाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा वैशाख २१ गते उजुरी दिएका थिए । आफ्नै होटेलमा काम गर्ने महिलालाई बलात्कार गरेको भन्दै…

May 11, 2023