रोकिएको मतदान केन्द्रमा आज पुनः मतदान
कोटहीमाई गाउँपालिका-१ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएका कारण असार १४ गते रोकिएको निर्वाचन असार १६ गते शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए । गैरेले लामो समयसम्म मतदानको अधिकार प्राप्त नहुँदा नागरिकहरू मतदानका लागि आतुर भएकाले उत्साहपूर्वक मतदानमा सहभागी भएको बताए । मतदाता…
एक महिलाको मृत अवस्थामा शव फेला
बुद्धभुमि नपा-२ गोरुसिङ्गेकी ३५ वर्षीया गङ्गा खनालको शव असार १५ गते बिहान ८ बजे घरदेखि १ सय मिटर पश्चिममा रहेको पानीको गढहामा फेला परेको छ । रातिदेखि हराएकी खनालको खोजविनको क्रममा घरदेखि पश्चिममा रहेको घोलामा पानीमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घोलामा झाडी रहेको र…
एमाले कार्यकर्ताबाट माओवादी कार्यकर्तालाई कुटपिट गरेको आरोप
मालारानी गाउँपालिका -३ का माओवादी केन्द्रका कार्यकर्ता ३० वर्षीय नारायाण खनाललाई एमालेका कार्यकर्ताको समूहले कुटपिट गरको आरोप छ । माओवादी केन्द्रका नेता ठाकुरकुमार बिकले माओवादी केन्द्रका कार्यकर्ता नारायण खनाललाई एमालेका कार्यकर्ताले कुटपिट गरको आारोप लगाए । एमाले नेता जर्नादन खनालले भने मतदाता परिचय पत्रको बारेमा दिउँसो सामान्य विवाद भएको र…
स्वच्छ निर्वाचन पर्यवेक्षणका लागि तयारी बैठक सम्पन्न
स्वच्छ निर्वाचनका लागि विभिन्न पर्यवेक्षण गर्ने संस्थाका पर्यवेक्षकहरूसँग पर्यवेक्षण तयारी बैठक रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान र राष्ट्रिय मानव अधिकार आयोग उप-क्षेत्रीय कार्यालय बुटवलको सहकार्यमा स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित रूपमा निर्वाचन सम्पन्न गर्नका लागि पर्यवेक्षणमा एकरूपता ल्याउने उद्देश्यले बैठकको आयोजना गरिएको हो ।…
उम्मेदवारको घरमा 'नक्कली बम', प्रहरीले राति नै हटायो
अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको 'नक्कली बम' प्रहरीले हटाएको छ । असार १२ गते राति नेपाली काङ्ग्रेसको तर्फबाट तुल्सीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको सल्यान रोडमा रहेको घर अगाडि राखिएको नक्कली बम प्रहरीले १३ गते बिहान एक बजे हटाएको हो । त्यस्तै नेकपा माओवादी…
मतदानका दिन मेयरका उम्मेदवारले प्रयोग गर्ने गाडी तोडफोड
नेकपा एमालेका तर्फबाट प्यूठान नगरपालिका मेयर पदका उम्मेदवारले मतदानका दिन प्रयोग गर्न 'पास' बनाएको बा ९ च ६५१४ नं.को टोयटा हाईलेक्स पिकअप गाडीमा तोडफोड भएको एमालले जनाएको छ । प्यूठान नपा-४ बिजुवारमा सवारीधनी बालाजु श्रेष्ठले आफ्नै घरमा रोकी राखेको गाडीमा असार १२ गते राति तोडफोड भएको थियो । उक्त गाडीमा…
बुद्धभूमी नगरपालिकाका मेयर उम्मेदवारको घर नजिकै सुतली बम विष्फोट
बुद्धभूमी नपा-१ स्थित महेन्द्रकोट निवासी नेपाली काङ्ग्रेसका तर्फबाट मेयरका उम्मेदवार केशवकुमार श्रेष्ठको घर नजिकै सडकमा असार १२ गते बम विष्फोट भएको छ । अज्ञात समूहद्वारा गरिएको सुतली बम विष्फोटबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । मौन समय सुरूभएसँगै अज्ञात समूहले गराएको…
काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताको झडपमा दुई जना घाइते
सिस्ने गाउँपालिका-५ मा असार १२ गते साँझ नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली काङ्ग्रेस निकट तरुण दलका कार्यकर्ता ३० वर्षीय रेशम बुढाथोकी र माओवादी केन्द्रका कार्यकर्ता सिस्ने शिक्षा क्याम्पसका स्ववियु सभापति २५ वर्षीय श्रीकुमार बुढाथोकी रहेका छन् । दाहिने…
इन्सेकका पर्यवेक्षकलाई अभिमूखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार १४ गते हुने स्थानीय तहको निर्वाचनको स्वतन्त्र निश्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि पर्यवेक्षकहरूका लागि एक दिवसीय अभिमूखीकरण कार्यक्रम असार १२ गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान कपिलवस्तुका संयोजक रामदयाल ठाकुर, इन्सेक जिल्ला प्रतिनिधि नन्दराम पौडेल तथा…
नेपाली सेनाको टोलीले प्रेसर कुकर बम निष्कृय बनायो
बाँसगढी नपा-५ बाँसगढी बजारमा बेवारिसे अवस्थामा भेटिएको प्रेसर कुकर बम असार १२ गते नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ । अज्ञात समूहले राखेको विष्फोटक पदार्थ नेपालगञ्जस्थित चारबाहिनीबाट आएको नेपाली सेनाको टोलीले असार १२ गते दिउँसो २ बजे निष्कृय बनाएको हो । असार १२ गते बिहान बेवारिसे अवस्थामा भेटिएको विष्फोटक पदार्थ…