बिना विभागीय मन्त्री शर्मा चढेको गाडिमाथि बम प्रहार

प्रतिनिधिसभाको लागि एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुम (पश्चिम) बाट बाम गठबन्धनका साझा उम्मेदवार एवम् विना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडिमाथि अज्ञात समूहद्वारा बम प्रहार भएको छ । कात्तिक २४ गते बिहान ९ः२० बजे चौरजहारीबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फजाँदै गर्दा चौरजहारी नपा-८ गोईरीमा मन्त्री शर्मालाई लक्षित गरी दुई ओटा रेडबुलको बट्टामा…

२०७४ कार्तिक २४, शुक्रबार २१:२५ गते  
बर्दियाका ५७ मतदानस्थल अतिसम्वेदनशील

बर्दियाका ५७ ओटा मतदानस्थललाई सुरक्षाका आधारमा अति सम्वेदनशील कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका १ सय ५३ मतदानस्थलमध्ये ५७ ओटा मतदानस्थललाई सुरक्षा दृष्टिले अति सम्वेदनशील, ४२ ओटा मतदानस्थललाई सम्वेदनशील र ५४ ओटालाई सामान्य स्थलको रूपमा बर्गिकरण गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । भारतीय सीमा…

२०७४ कार्तिक २४, शुक्रबार २१:११ गते  
रूकुम पश्चिमका नौ र पूर्वका १७ मतदानस्थल अति सम्वेदनशील

आगामी मङ्सिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्धारण गरिएका रूकुम (पश्चिम) का ७३ मतदानस्थल मध्ये नौ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको रूकुम (पश्चिम) का सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले बताए । सहायक प्रजिअ पुनका अनुसार ५७ ओटा सम्वेदनशील र सात ओटा मतदानस्थल…

२०७४ कार्तिक २४, शुक्रबार २१:०९ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२५ वर्षीया महिलालाई रुपन्देही मर्चवार गाउँपालिकाका २९ वर्षीय राजेन्द्र कुर्मीले बलात्कार गरेको भन्दै पीडितले कात्तिक २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले कात्तिक २१ बलात्कार गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । आरोपित फरार रहेका कारण खोजी र आवश्यक कारबाही गरिपाउँ भनि पीडितको…

२०७४ कार्तिक २४, शुक्रबार २१:०० गते  
कुटपिट गरेको आरोपमा पतिविरूद्ध उजुरी

रामग्राम नपा-१० की २३ वर्षीया माया सहानीलाई कुटपिट गरेको आरोपमा २६ वर्षीय पति अयोध्या केवटविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कात्तिक २३ गते उजुरी दिएकी छन् । घरायसी विवादका क्रममा पतिले कात्तिक २१ गते कुटपिट गर्दा कुमको हड्डी भाँचिएर गम्भीर घाइते बनाएपछि पीडितको उपचार बुटवलस्थित सिटी अस्पतालमा भएको थियो ।…

२०७४ कार्तिक २४, शुक्रबार २०:५८ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ४५ वर्षीय दलबहादुर खत्री 'जागृति' र जिल्ला सेक्रेटरी ३३ वर्षीय सन्तोष सुवेदी 'प्रयास' लाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले विशेष सुरक्षा निगरानीको क्रममा जिल्ला इञ्चार्ज खत्रीलाई सदरमुकाम लिबाङ र सेक्रटेरी सुवेदीलाई सुवर्णावती गाउँपालिका-३…

२०७४ कार्तिक २३, बिहीबार २०:५६ गते  
विवाद मिलाउन पुगेका समन्वयकर्ता प्रहरीको लाठीचार्जबाट घाइते

सन्धिखर्क नपा -२ स्थित चुत्रावेशी बजारमा स्थानीय युवाबिच विवाद भएपछि प्रहरीले कात्तिक २२ गते बेलुकी ९ बजे लाठीचार्ज गर्दा सन्धिखर्क नपा-२ का ३४ वर्षीय दामोदर केसी गम्भीर घाइते भएका छन् । बेलुकी करिब ९ बजे स्थानीय पसले छिमेकीहरूको झगडा मिलाउन समन्वय गरिरहेका केसीलाई प्रहरीले एक्कासी कुटपिट गरेको स्थानीयको आरोप छ…

२०७४ कार्तिक २३, बिहीबार २०:३६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका-२ का २० वर्षीय उमेश यादवलाई कात्तिक २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले  कात्तिक २१ गते राति बलात्कार गरेको भन्दै पीडितले होहल्ला गरेपछि स्थानीय व्यक्तिले आरोपितलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण भेरी अञ्चल अस्पतालमा…

२०७४ कार्तिक २२, बुधबार २१:३१ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनको राप्ती अञ्चल व्यूरो सदस्य २३ वर्षीय दिपक विष्ट र पार्टी जिल्ला कमिटी सदस्य ३३ वर्षीय मोतिराम खड्कालाई कात्तिक २२ दिउँसो खलङ्गा बजारबाट प्रहरीले गिरफ्तार गरेको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन खारेज अभियान सञ्चालन गर्दै विभिन्न स्थानमा…

२०७४ कार्तिक २२, बुधबार २०:५० गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित बङ्गलाचुली गाउँपालिका-५ हाँसिपुरका ३१ वर्षीय भिमबहादुर गिरीलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको छ । पत्नीसँगै आएकी १४ वर्षीया झट्केली छोरीलाई गिरीले लामो समयदेखि यौन दुर्व्यवहार गरेपछि गर्भवती भएको भन्दै पीडित पक्षले कात्तिक १९ गते प्रहरी चौकी कमिरेचौरमा उजुरी दिएका थिए ।…

२०७४ कार्तिक २०, सोमबार २१:२२ गते