मानव अधिकारकर्मीद्वारा राहत वितरण प्रभावकारी भए नभएको अनुगमन गरिने
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जमा साउन ३१ गते बसेको मानव अधिकारकर्मीहरूको बैठकले बाढी पीडितहरूलाई राहत वितरण कार्य र पुनर्स्थापना प्रभावकारी भए नभएको अनुगमन गर्ने र आवश्यकता अनुसार व्यवस्था मिलाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । कार्यक्रममा दाङ, बाँके र बर्दियाका बाढी पीडितहरूको अवस्था, उद्धारको अवस्थाका बारेमा…
विद्यार्थीबिचको विवादका कारण शिक्षकमाथि कुटपिट
मुसिकोट नपा-४ मा रहेको दिगामचौर प्राथमिक विद्यालयका १८ वर्षीय शिक्षक विक्रम लिम्बुलाई स्थानीय एक युवाले साउन २९ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । विद्यालयबाट घर फर्कँदै गरेका शिक्षक लिम्बुलाई सोही ठाउँका ३० वर्षीय राजेन्द्र राना कुमालले कुटपिट गरेको पीडितको भनाइ छ । कुटपिटबाट पीडित शिक्षकको आँखाको मुनीको भाग,…
बेचबिखन घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया, २३ वर्षीया र २७ वर्षीया तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-३ का ३१ वर्षीय वली मोहम्द र जिल्ला महाराजगञ्ज थाना पर्सा मल्लीग्राम मर्यादपुर भारतका २७ वर्षीय मोहमद आलमलाई साउन २९ गते छिपागढ नाकाबाट गिरफ्तार गरेको छ ।…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-३ दर्लामचौरका ४४ वर्षीय टुमबहादुर खत्री र ३६ वर्षीया हुमकला खत्रीलाई साउन २९ गते गिरफ्तार गरेको छ । ३९ वर्षीया पीडित महिला सुमित्रा खत्रीले साउन २२ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा आरोपितद्वविरूद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएकी थिइन् । पीडितका अनुसार आरोपितद्वयले गत असार ३०…
समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या
बाढीग्रस्त स्थानमा सरकारी संयन्त्रबाट समयमा राहत सामग्री नपुग्दा बाढी पीडितलाई खानेकुराको समस्या देखिएको छ । बाढी पीडितसँग ओढने ओछ्याउने कपडा नुहँदा बाढी पीडित बिरामी परेका छन् । राप्ती सोनारी गाउँपालिका-५ लालपुरकी लक्ष्मी चौधरीकाअनुसार लालपुर गाउँका ७८ घरपरिवार नजिक रहेको माहुको विद्यालमा साउन २८ गतेदेखि बसेका छन् । सरकारी संयन्त्रबाट हालसम्म…
जिल्ला अस्पताल तम्घासमा दरबन्दी अनुसार डाक्टर नहुँदा समस्या
गुल्मीको जिल्ला अस्पताल तम्घासलाई सरकारले ५० शैयाको अस्पताल स्तर बृद्धि घोषणा गरेको तीन वर्षभयो । तर, त्यो अहिलेसम्म घोषणामै सीमित रहेको छ । जसका कारण अरुको उपचार गर्ने जिल्ला अस्पताल आफै थला परिरहेको छ । बिरामीको चाप बढ्दै आउने तर डाक्टरहरूको दरबन्दी नबढ्दा अस्पताल र सेवाग्राही समस्यामा परेको अस्पताल विकास…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
कावासोती नपा-१२ पिठौली निवासी ४७ वर्षीया उमाकुमारी सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५१ वर्षीय पति धनबहादुर सार्कीलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई साउन २७ गते बिहान २:३० बजेको समयमा दाउरा प्रहार गरी घरमै हत्या गरेको आरोप छ । सामान्य घरायसी विवादका कारण दुवै पक्षबिच भनाभन…
उपचारकै अभावमा एक बालक आन्द्राबाट दिसा र पिसाव गर्दै, परिवारद्वारा सहयोगको याचना
सरकारले निःशुल्क उपचारको व्यवस्था गरिरहेको बताए पनि उपचारकै अभावमा गुल्मीका एक बालकको अवस्था नाजुक रहेको छ । उपचार खर्च नहुँदा मालिका गाउँपालिका-७ सिमलटारीका चार वर्षीय बालक निशान सुनारले आन्द्राबाट दिसा र पिसाब गर्दै आएका छन् । उनको दिसा गर्ने प्वाल र आन्द्रा समेत नभएको जिल्ला अस्पताल तम्घासका डाक्टर सुरेन्द्र रायमाझीले…
सत्य निरूपण तथा मेलमिलाप आयोगमा ३ सय २० ओटा थप उजुरी
सत्य निरूपण तथा मेलमिलाप आयोगले ०७४ असारदेखि साउन २४ गतेसम्म उजुरी दिन म्याद थपेपछि बर्दियाबाट ३ सय २० ओटा थप उजुरी परेका छन् । द्वन्द्व पीडित समिति बर्दियाका अनुसार बर्दिया जिल्लाबाट ३ सय २० जना द्वन्द्व पीडितले उजुरी पठाएका हुन् । ती सबै राज्य तथा तत्कालीन विद्रोही माओवादीबाट यातना र…
बलात्कार घटनाका पीडित पक्षद्वारा उजुरी दर्ता गर्न माग गर्दै प्रदर्शन
१४ वर्षीया बालिका बलात्कृत भएको भन्दै पीडित पक्षले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भएपनि हालसम्म उजुरी दर्ता नगरेको भन्दै पीडितका आफन्त र स्थानीयबासीले उजुरी दर्ता गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा दबाव स्वरूप प्रदर्शन गरेका छन् । पीडित बालिकालाई बर्दघाट नपा-१ का…