काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप, माओवादी केन्द्रकी एक कार्यकर्ता घाइते
नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा मङ्सिर ७ गते भएको चुनावी सभावाट घर फर्कँदै गरेका तरूण दलका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सानीभेरी गाउँपालिका-७ सहरेमा भएको झडपमा सानीभेरी गाउँपालिका-७ निवासी माओवादी केन्द्रकी कार्यकर्ता ३५ वर्षीया कमला बुढा घाइते भएकी छन् । खलङ्गामा भएको काङ्ग्रेसको चुनावी सभाबाट चौरजहारी जान…
नेपाल कम्युनिष्ट पार्टीको बन्दले वाम गठबन्धनका चुनावी सभा प्रभावित
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दले मङ्सिर ६ गते वाम गठबन्धनद्वारा घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभा प्रभावित भएको छ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न मितिमा २३ जना कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा जिल्ला बन्दको आह्वान गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । बन्दका कारण चुनावी…
विस्तृत शान्ति सम्झौताको ११ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाएनन्
तत्कालीन विद्रोही पक्ष नेकपा-माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता भएको ११ वर्षपुग्दा पनि सशस्त्र द्वन्द्वले लगाएको घाउ भने अझै निको नभएको पीडितहरूले गुनासो गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा शान्ति सम्झौता भएदेखि गाउँमा शान्ति आएपनि सशस्त्र द्वन्द्वको सयममा भएका गम्भीर मानव अधिकार उल्लङ्घन घटनाका पीडितले भने…
मानव अधिकारकर्मी भएकाले निर्वाचन कर्तव्यको क्षेत्र पर्दछः प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारकर्मी भएकोले निर्वाचनलाई सम्पन्न गर्ने एउटा कर्तव्यको क्षेत्र पर्ने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मङ्सिर २ गते प्यूठानको खलङ्गामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले निर्वाचनको समयमा निर्वाचन पहिला, निर्वाचनको समयमा र निर्वाचन पछिको अवस्थामा पर्यवेक्षकले पर्यवेक्षण गर्दा धरै कुरामा…
इन्सेकको पहलमा बोटे बालबालिका पुनर्स्थापित भए
इन्सेक प्रतिनिधि र मानव अधिकार निगरानी समूहको पहलमा अभिभावकको निधनपछि बेसहारा भएका बगनासकाली गाउँपालिका-७ खानीगाउँका बोटे बालबालिका कात्तिक २९ गतेदेखि बालगृहमा पुनःस्थापित भएका छन् । कात्तिक २९ गतेबाट उनीहरू अभियान नेपालले सञ्चालन गरेको सिलोम बाल गृह तानसेन ध्रुवघाटमा बस्न थालेका हुन् । उनीहरूका लागि गास, बास र कपाससहित अध्ययनको ब्यवस्थापन…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पद्मोदय पब्लिक नमूना मावि भरतपुर घोराहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४५ वर्षीय दिपेन्द्र घर्तीसहित दुईजनालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ । निर्वाचन सुरक्षाको कारण देखाउँदै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको दाङ प्रहरीले घोराही उपमनपा-१३ स्थित आफनै घरबाट गिरफ्तार गरेको पीडित परिवारले बताए…
मानव अधिकार र निर्वाचनका विषयमा प्रहरी प्रशासनसँग छलफल
मानव अधिकार र निर्वाचनका विषयमा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलसहित अधिकारकर्मीको एक टोलीले मङ्सिर १ गते प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको टोलीसँग छलफल गरेको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सचिवालय इन्सेकले मानव अधिकार र निर्वाचनका विषयमा जिल्लाको विभिन्न सरोकारवाला निकायसँग भेट गरेको छ । सोही क्रममा…
निर्वाचनमा मतदान गर्दिनँ भन्नु पनि नागरिकको अधिकार होः प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिकलाई निर्वाचनमा मतदान गर्दिन भन्ने अधिकार पनि रहेकाले शङ्काको भरमा नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मङ्सिर १ गते रोल्पाको लिबाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शङ्काको भरमा धेरैलाई गिरफ्तार गर्दा आक्रोशित भई स्वच्छ र…
निवर्तमान सभामुख घर्तीसहित माओवादी नेताहरूलाई लक्षित गरी बम विष्फोट
निवर्तमान सभामुख ओनसरी घर्ती, माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुन चढेको गाडीलाई लक्षित मङ्सिर १ गते रोल्पा नपा-१ लिबाङ नजिकै भदौरे जङ्गलमा दुई ओटा बम प्रहार भएको प्रहरीले जनाएको छ । भदौरे जङ्गलको भीरबाट नेताहरूको गाडी भन्दा १० मिटर अगाडी बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर…
गृहकार्य नगरेको आरोपमा छात्रालाई कुटपिट
नेपालगञ्ज उपमनपास्थित गोल्डेन एबिसी विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा हिमानी लक्ष्मी पुनलाई गृहकार्य नगरेको आरोपमा २८ वर्षीय शिक्षक प्रिन्स गुप्ताले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले मङ्सिर १ गते जिल्ला शिक्षा कार्यालयमा उजुरीसमेत दिएको छ । गृहकार्य नगरेको आरोपमा पुन लगायत ७ जना…