शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम पुस २६ गते बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले इन्सेकले सञ्चालन गरेको इएलपी कार्यक्रमबारे जानकारी गराउँदै बगनासकाली-७ खानीगाउँ र ९ चापपानीका शिक्षा, स्वास्थ्य तथा खाद्य…

२०७४ पुष २८, शुक्रबार १३:३४ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

देवदह नगरपालिका-६ की ३६ वर्षीया हुमा खत्रीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले उनका पति सशस्त्र प्रहरी बल नेपाल, बोडर्र आउट पोष्ट मतिअर्वा बारामा कार्यरत असई केहरसिंह खत्रीलाई पुस २६ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई मङ्सिर २६ गते घरको छतमा लुगा सुकाउँदै गरेको अवस्थामा…

२०७४ पुष २८, शुक्रबार १२:०९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-१ का ३६ वर्षीय सुरेश हरिजनलाई आरोपितको घरबाटै पुस २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस २४ गते साँझ दुर्व्यवहार गरेको भनी पीडित महिलाले इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले दिएको उजुरीका आधारमा आरोपितलाई…

२०७४ पुष २६, बुधबार २०:२४ गते  
बेचबिखन हुन सक्ने आशङ्कामा एक युवतीको उद्धार

विवाह गर्ने बहानामा सिमाना पार गराउन लागेकी २२ वर्षीया युवतीलाई प्रहरीले उद्धार गर्नुका साथै घटनास्थलबाट एक आरोपितलाई गिरफ्तार समेत गरेको छ । पुस २५ गते बेलुकी कपिलवस्तु स्थित कृष्णनगर सिमाना नाकाबाट प्रहरीले युवतीलाई उद्धार गर्नुको साथै मानव बेचबिखन गराउन सक्ने आशङ्कामा बाणगङ्गा नपा-२ की पार्वती भट्टराईलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले…

२०७४ पुष २६, बुधबार २०:२१ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका-१८ का ३० वर्षीय फेरु थारुलाई पुस २१ गते राति मोतिपुरबाट गिरफ्तार गरेको छ । आरोपित थारुकी ३० वर्षीया पत्नी कमला परियार थारुले कात्तिक १० गते राति आफूलाई कुटपिट गरी हात भाँचिदिएर फरार रहेको र पुस १८ गते गाउँकै २५ वर्षीया श्रृजना चौधरीलाई विवाह गरेर…

२०७४ पुष २३, आईतवार २१:०३ गते  
मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई भारत लैजाँदै गर्दा माइती नेपाल र प्रहरीको सक्रियतामा पुस २१ गते दिउँसो बेलहियाबाट उद्धार गरी एक जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा पाल्पा जिल्ला तानसेन नपा-१३ मख्खन टोलका ३२ वर्षीय रिजन क्षेत्री भन्ने नसिव खान रहेको प्रहरीले जनाएको छ । आरोपितले पीडित युवतीलाई प्रेम गर्ने…

२०७४ पुष २१, शुक्रबार २१:०९ गते  
गोली प्रहारबाट एमाले कार्यकर्ता पौडेलको हत्या

अज्ञात समूहको गोली लागेर देवदह नपा-२ ढेकारका व्यवसायी तथा नेकपा एमाले निकट युवासङ्घ नेपालका पूर्व क्षेत्रीय कोषाध्यक्ष ४१ वर्षीय बलु भन्ने बसन्त पौडेलको मृत्यु भएको छ । पौडेलको टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ । बिहान आगो तापेर आफ्नै काठमिल उज्जल स-मिलमा बसेका पौडेललाई मोटरसाइकलमा आएका दुई जनाले…

२०७४ पुष २१, शुक्रबार २०:५६ गते  
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति प्रतिबद्ध छौः जनप्रतिनिधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रम अन्तर्गत सेवाग्राही र सेवाप्रदायक निकायबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम पुस २० गते घोराहीमा सम्पन्न गरिएको छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका साथै उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारप्रति प्रतिबद्ध रहेको…

२०७४ पुष २०, बिहीबार २१:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई…

२०७४ पुष १९, बुधबार २२:२२ गते  
क्षमताभन्दा झण्डै तीन गुण कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

१ सय ३० जना कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको जिल्ला कारागार नवलपरासीले जनाएको छ । १ सय ५ जना पुरूष र २५ जना महिला कैदीबन्दी क्षमता रहेको कारागारमा हाल ३ सय १७ जना पुरूष र ६२ जना महिला कैदीबन्दी रहेका…

२०७४ पुष १९, बुधबार २२:०९ गते