बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा-१२ का ३० वर्षीय थमबहादुर बुढाथोकीलाई चैत १२ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पीडितलाई आरोपितले चैत १० गते बलात्कार गरेको आरोपमा प्रहरीमा चैत १२ गते उजुरी आएपछि आरोपितलाई गिरफ्तार गरिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भेरी…

२०७४ चैत्र १३, मंगलवार २१:४९ गते  
राजिनामा दिन दबावस्वरूप जनप्रतिनिधिलाई नेकपाको पत्र

नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले जिल्लाका सबै जनप्रतिनिधिलाई चैत १२ गते राजिनामा गर्न दबावस्वरूप पत्र पठाएको छ । जिल्ला जनपरिषद बर्दियाको चलानी नम्बर २५ लेखिएको पत्रमार्फत जिल्लाका आठ ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरूको राजिनामा माग गरिएको हो । जिल्ला जनपरिषद् प्रमुख टिकाराम चौधरीले हस्ताक्षर गरेको…

२०७४ चैत्र १३, मंगलवार ०८:३१ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका २६ वर्षीय शेषबहादुर कार्कीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको र पछि डर त्रास समेत देखाएको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई…

२०७४ चैत्र १२, सोमबार २०:२८ गते  
सत्यतथ्य पत्ता लगाउन स्थानीय तहको सहयोग आवश्यक

पीडितहरूको घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन स्थानीय स्तरमा अनुसन्धान गर्न आइरहेको भन्दै यसका लागि पीडितहरूको कुरा राख्न सन्ने वातावरणलगायत कुरामा स्थानीय तह गाउँपालिका र नगरपालिकाहरूको सहयोग आवश्यक रहेको एक कार्यक्रममा सरोकारवालाहरूले औँल्याएका छन् । अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस मार्च २४ को अवसरमा भएको कार्यक्रममा सहभागिहरूले गाउँपालिका र नगरपालिका स्थानीय सरकार…

२०७४ चैत्र ११, आईतवार २१:०८ गते  
न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड दिएकी छन् । चैत ९ गते नेपालगन्जमा सुरू भएको नेपाल बार एशोसियसनको १४ औँ सम्मेलनको उद्घाटनका क्रममा भण्डारीले उक्त कुराका जोड दिएकी हुन् । उनले पछिल्लो समय सार्वजनिक घटनाक्रमले न्यायालयमा खराब संस्कृति मौलाउँदै आएको भन्दै…

२०७४ चैत्र १०, शनिबार २१:२१ गते  
बलात्कार तथा मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई विवाह गर्ने भनी पोखरा र भैरहवाका होटलमा राखी बलात्कार गरेर अलपत्र पारी भाग्न खोज्दै गर्दा प्रहरीले चैत ९ गते बेलहिया नाकाबाट जिल्ला महाराजगञ्ज थाना कप्तानगंज ग्राम हसुर चौराहा भारतका २६ वर्षीय इमरान खानलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पोखरामा दुई दिन राखी बलात्कार गरेको र…

२०७४ चैत्र १०, शनिबार २१:१९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा-१ का ४८ वर्षीय नरबहादुर घिमिरेलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय बनियाभारमा चैत ९ गते उजुरी दिएको छ । घटनाको बारेमा…

२०७४ चैत्र १०, शनिबार २१:१६ गते  
बलात्कार र मानव बेचविखनका आरोपित गिरफ्तार

२४ वर्षीया र २५ वर्षीया दुई जना विदेशी महिलाहरूलाई नेपाल र भारतमा घुमाइदिने प्रलोभन देखाएर भारतका विभिन्न स्थानमा हप्ता दिनसम्म बन्धक बनाइ यौनशोषण गरेर भिसा सकिएपछि नेपालबाट भिसा थपी स्वदेश फिर्ता पठाइदिने भन्दै भैरहवाको एक होटलमा राखेर पासपोर्ट लुकाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महाराजगञ्ज जिल्ला, नौतुनहवाका बब्लु सिद्धिकीलाई सिर्द्धार्थनगर…

२०७४ चैत्र १०, शनिबार १६:३९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले चैत ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मैनोपोखरमा चैत ९ गते उजुरी दिएका थिए । घटनाको सूचना पाउने बितिक्कै इलाका प्रहरी कार्यालय मैनापोखरबाट…

२०७४ चैत्र १०, शनिबार १६:३८ गते  
जनप्रतिनिधिहरू सबै जनताप्रति जबाफदेही हुनुपर्छः संविधानविद् भट्टराई

जनताबाट निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक दलसँग नभई आम जनताहरूप्रति जवाफदेही हुनुपर्नेमा संविधान तथा कानुनविद् टिकाराम भट्टराईले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा चैत ८ गते जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार विषयक एक दिने कार्यशालामा संविधानविद् भट्टराईले उक्त कुरामा जोड दिएका हुन् । उनले हरेक कामको…

२०७४ चैत्र ८, बिहीबार २१:२४ गते