पत्नी हत्याका आरोपित गिरफ्तार

पत्नी हत्याका आरोपित सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेश शाह जेठ २९ गते गिरफ्तार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीका अनुसार ६५ वर्षीया लक्ष्मी शाहलाई घरायसी विवाद हुँदा जेठ २८ गते राति पति गणेशले धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते…

२०७४ जेष्ठ २९, सोमबार २१:४३ गते  
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया

स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकंदै गर्दा निर्वाचन आचारसंहिता, मतदाता शिक्षा र मानव अधिकारको अवस्थाका विषयमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले रूपन्देहीका राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायतका सरोकारवालाहरूबीचमा अन्तरक्रिया गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जेठ २८ गते भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सो अभियानका अगुवा एवम् इन्सेकका…

२०७४ जेष्ठ २९, सोमबार १३:५४ गते  
स्वच्छ निर्वाचनका लागि सरोकारवालाबिच अन्तरक्रिया

स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि रोल्पाका सरोकारवालाबिच जेठ २८ गते अन्तरक्रिया कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग पूर्व आयुक्त समाजको आयोजना र इन्सेक रोल्पाको संयोजन तथा कोक्यापको सहकार्यमा उक्त अन्तरक्रिया रोल्पाको लिबाङमा आयोजित भएको हो । कार्यक्रमममा पूर्व आयुक्त डा. गौरीशङ्कर लाल दासले आफ्नो अधिकार…

२०७४ जेष्ठ २८, आईतवार २२:०० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सदरमुकाम परासीमा सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले घटना विवरणको सुद्धासुद्धिमा अत्यन्तै चनाखो हुनुपर्ने भन्दै ग्रामीण भेगका ज्यादतीका घटनालाईसमेत उजागर गर्न आग्रह गरेका थिए । उनीहरूले सत्य र तथ्यलाई…

२०७४ जेष्ठ २८, आईतवार २१:२७ गते  
स्वच्छ निर्वाचनका लागि अभियानद्वारा अन्तरक्रिया सम्पन्न

दोश्रोचरणको निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आचारसंहित मतदाता शिक्षा जस्ता विषयमा स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तौलिहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नागरिक अभियानका सह अध्यक्ष एवम् इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले २० वर्षपछि हुन लागेको निर्वाचन विगतको स्थानीय निकायको जस्तो…

२०७४ जेष्ठ २८, आईतवार २०:५५ गते  
स्थानीय तह निर्वाचनमा मानव अधिकारकर्मीको भूमिका विषयमा अन्तरक्रिया सम्पन्न

इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा जिल्लामा क्रियाशील मानव अधिकार सम्बद्ध संस्थाहरूबिचको अन्तरक्रिया जेठ २७ गते तानसेनमा सम्पन्न भएको छ । असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सन्दर्भमा मानव अधिकारकर्मीहरूको भूमिका बिषयमा अन्तरक्रियाका क्रममा छलफल गरिएको हो । सो अवसरमा इन्सेक क्षेत्रीय कार्यालय पोखराका संयोजक…

२०७४ जेष्ठ २७, शनिबार २०:५८ गते  
सरकारी सेवाबारे सेवाग्राहीलाई जानकारी

स्वास्थ्य, कृषि र पशु सेवा कार्यालयले दिने सेवा सुविधाबारे सेवाग्राहीहरूलाई जानकारी दिइएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत जेठ २७ गते घोराहीमा भएको सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा गाविसस्तरीय मानव अधिकार निगरानी…

२०७४ जेष्ठ २७, शनिबार २०:५७ गते  
जिल्ला अस्पतालमा दुई हप्तादेखि औषधि अभाव

जिल्ला अस्पताल रूकुममा दुई हप्तादेखि सामान्य सिटामोलसमेत पाइन छाडेको बिरामीहरूले गुनासो गरेका छन् । मुसिकोट नगरपालिका-१२ की पारसी ओली भन्छिन्-'टाउको दुखेर उपचारका लागि अस्पताल आएँ । सिटामोलसमेत पाउन सकिएन । अब कहाँ जाउँ ?' पारसीले थपिन्-'हामीले बेड बाहेक कुनै पनि सेवा निशुल्क पाएका छैनौँ ।' सरकारले निशुल्क रूपमा उपलब्ध गराउने…

२०७४ जेष्ठ २५, बिहीबार २१:३१ गते  
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका फरार आरोपित गुलरिया नपा-७ चौगर्जीका २५ वर्षीय महेश यादवलाई प्रहरीले ०७४ जेठ २४ गते गिरफ्तार गरेको छ । आरोपित महेशलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर हेमबहादुर शाहीको कमाण्डमा गएको टोलीले राजापुर नपा-७ शङखरबस्तीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले जानकारी दिए…

२०७४ जेष्ठ २५, बिहीबार २१:२९ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हिरासतमा अनसन सुरू

जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले जेठ २४ गते रातिदेखि अनसन सुरू गरेका छन्  । राज्यले बिनाकारण आफुहरूलाई हिरासतमा राखेको र स्वच्छ प्रतिस्पर्धामा राजनीति गर्न नदिएको भन्दै उनीहरूले हिरासतभित्र अनसन बसेको बताएका छन् । अनसन सुरु गरेदेखि उनीहरूले पानी पनि नखाएर अनसन सुरु गरेका हुन् । जिल्ला…

२०७४ जेष्ठ २५, बिहीबार २१:२८ गते