अधिकारकर्मीबिच समन्वय र सहकार्य प्रभावकारितामा जोड

पछिल्लो समयमा राष्ट्रिय मानव अधिकार आयोगले नागरिक समाज, पत्रकार र अधिकारकर्मीहरूबिचको समन्वय र सहकार्यमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग केन्द्रिय कार्यालय काठमाडौँले बुटवलमा असार ३ गते आयोजना गरेको राष्ट्रिय मानव अधिकार आयोग, आम सञ्चार र नागरिक समाजबिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सञ्चारकर्मी तथा…

२०७४ असार ३, शनिबार २१:३६ गते  
राष्ट्रिय जनता पार्टीका कार्यकर्ताद्वारा काङ्ग्रेसको झण्डामा आगजनी 

संयुक्त लोकतान्त्रिक थरूहट मोर्चा (राजपा) ले आह्वान गरेको मधेस बन्दको तेस्रो दिन जिल्लाको जनजीवन प्रभावित बनेको छ । सोही क्रममा नेपाली काङ्ग्रेसको तर्फबाट पाल्ही नन्दन गाउँपालिकाका प्रमुख उम्मेदवार राजेन्द्र सहानीको घरमा टाँगेको झण्डा मोर्चाका कार्यकर्ताहरूले निकालेर जलाएको नेपाली काङ्ग्रेसले जनाएको छ । सरकारी कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति नगन्य रूपमा रहेको छ…

२०७४ असार २, शुक्रबार २१:४९ गते  
बलात्कार घटनामा पीडित महिलाको मृत्यु

छत्रदेव गाउँपालिका-१ की २१ वर्षीया सुमित्रा कुमाललाई बलात्कार गरी कुटपिट गर्दै घाइते बनाएको आरोपमा प्रहरीले सन्धिखर्क नपा-२ का २२ वर्षीय रमेश वादीलाई असार १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ ३१ गते बेलुकी छ्त्रदेव गाउँपालिका-१ चिदिकामा बलात्कार गरी धानखोलामा कुटपिट गरी छोडेर भागेपछि स्थानीयले प्रहरीमा खबर गरेका…

२०७४ असार २, शुक्रबार २१:३९ गते  
वडा अध्यक्षका उम्मेदवारद्वारा प्रशासनसँग सुरक्षाको माग

राजपुर गाउँपालिका-७ का माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार ३४ वर्षीय भिम वलीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् । पीडित वलीलाई जेठ ३० गते राष्ट्रिय अनुसन्धान प्रहरीका असई ३७ वर्षीय लालबहादुर खड्काले उम्मेदवारी फिर्ता नलिए मार्ने धम्की दिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा जेठ ३१…

२०७४ असार २, शुक्रबार २१:३१ गते  
मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो

इन्सेकको पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले स्थानीय तह निर्वाचनको संघारमा मतदाताहरूसँग भेट गरी मतदाता शिक्षाको विषयमा जानकारी लिनुका साथै मत खसाल्न अभिप्रेरित गर्दै पोष्टर वितरणसमेत गरेको छ । जेठ ३१ तानसेन नगरपालिकाका नारायण स्थान, मेहल्धारा, भिमसेनटोलमा पुगेर मतदाताहरूमा मतदाता शिक्षा पुगेको नपुगेकोबारे जानकारी लिनुका साथै मतदाताहरूको…

२०७४ असार २, शुक्रबार २१:२० गते  
माओवादी केन्द्रका कार्यकर्ताद्वारा प्रचारप्रसारमा अवरोध पुर्‍याएको काङ्ग्रेस र एमालेको आरोप

पाँच नम्बर प्रदेश अन्तर्गत पूर्वी रुकुमका तीन गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताको अवरोधका कारण प्रभावित भएको नेपाली काङ्ग्रेस र नेकपा एमालेले आरोप लगाएका छन् । चुनाव प्रचारमा गएको अवस्थामा गाउँ गाउँमा क्याम्प बनाएर बसेका माओवादी केन्द्रका कार्यकर्ताले ढुङ्गा प्रहार गरेर लखटेपछि स्थिति दैनिक तनावग्रस्त बन्दै गएको नेपाली काङ्ग्रेसका…

२०७४ असार १, बिहीबार २१:३२ गते  
आयोगद्वारा द्वन्द्वपीडितको पुनःस्थापनाको अवस्थाबारे अनुगमन तथा छलफल

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले पाल्पाका द्वन्द्वपीडितहरूको पुनःस्थापना र उनीहरूको अवस्थाबारे जेठ ३१ गते अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाई र कल्पना नेपाल आचार्यसहितको टोलीले अनुगमन गरेको हो । टोलीले माथागढी गाउँपालिका-८ बहादुरपुरका द्वन्द्वपीडितहरू र उनीहरूका परिवार र आफन्तसित भेट…

२०७४ जेष्ठ ३१, बुधबार २२:५२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ३१ गते ३५ वर्षीय बावुलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको भन्दै पीडित बालिकाकी आमाले जेठ ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी थप अनुसन्धान…

२०७४ जेष्ठ ३१, बुधबार २२:२३ गते  
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकारको रक्षा गर्नका लागि राज्य जिम्मेवार भएर लाग्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक रूपन्देहीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागी सरोकारवालहरूले यस्तो कुरामा जोड दिएका हुन् । इन्सेक जिल्ला प्रतिनिधि रीमा बि.सी.ले जिल्लामा ६ महिनामा…

२०७४ जेष्ठ ३१, बुधबार २१:३५ गते  
मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्वन्धी अन्तरसम्वाद सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा पाल्पामा मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्बन्धी अन्तरसम्वाद कार्यक्रम जेठ ३० गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले पाल्पाको मानव अधिकारको अवस्था राम्रो रहेको र सरकारी निकाय मानव अधिकार प्रवर्धनका लागि…

२०७४ जेष्ठ ३१, बुधबार २१:२८ गते