एमाले कार्यकर्ताबाट पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप
नयाँ एफएममा कार्यरत पत्रकार विक्रम पाण्डेमाथि नेपाल कम्युनिष्ट पार्टी(एमाले) का कार्यकर्ताले असार १० गते क्यामरा खोसेर दुर्व्यवहार गरेको पीडित पाण्डेले आरोप लगाएका छन् । एमाले कार्यकर्ता प्रकाश श्रेष्ठ, अमृत श्रेष्ठलगायतका कार्यकताबाट भिडियो नलिन भन्दै क्यामरा खोसेर भिडियो डिलिट गरिदिएको पीडित पाण्डेसम्वद्ध सञ्चार माध्यम नयाँ एफएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ…
नयाँ शाक्ति पार्टीका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन
नयाँ शाक्ति पार्टीका सन्धिखर्क नगरपालिका-७ का उम्मेदवार फर्सबहादुर नेपालीले आचारसंहिता उल्लङ्घन गरी चामल वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । उम्मेदवार नेपालीले असार १० गते दिउँसो मतदातालाई चामल, रसायनिक मल, र नुन वितरण गर्न लागेको भन्ने सूचनाको आधार जिल्ला आचारसंहिता अनुगमन समितिले उक्त ठाउँमा अनुगमन गरको थियो…
रुपन्देहीमा बम आतङ्क, नेकपा एमालेका उम्मेदवारको घरमा बम
स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा उम्मेदवार र मतदाताहरूलाई तर्साउने खालका गतिविधिहरु बढ्न थालेका छन् । असार ४ गते मनोनयन दर्ता गरेपछिबाट नेकपा एमालेका उम्मेदवारहरूको घरमा बम तथा विस्फोटक पदार्थ राखी आतङ्कतिक बनाउने जस्ता गतिविधिहरु बढ्न थालेको प्रहरीले जनाएको छ । असार १० गते राति १० बजे सिद्धार्थनगर…
एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिचको झडपमा ११ जना घाइते
रुन्टीगढी गाउँपालिका-८ झेनाम मेलटाकुरामा असार १० गते बिहान ५ बजे नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा ११ जना घाइते भएका छन् । झडपमा परी नेकपा एमालेका रुन्टीगढी गाउँपालिका-८ का वडा सदस्यका उम्मेदवारहरू कृष्णबहादुर बुढा, इन्द्रकुमारी पुन घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी एमाले कार्यकर्ताहरू शान्तराज बुढा, धनकुमार…
एमाले प्रमुखको घरमा बम फेला, सुरक्षित डिस्पोज
बर्दघाट नपा-४ मा नेकपा एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार धिरज शर्मा बस्यालको घर कम्पाउण्डभित्र बेवारिसे अवस्थामा राखिएको बम असार १० गते फेला परेको छ । उक्त बमलाई नेपाली सेनाको बज्रदल गणको बम डिस्पोजल टोलीले सुरक्षित स्थानमा लगि डिस्पोज गरेको छ । बमबाट कुनै मानवीय तथा भौतिक क्षति नभएतापनि घर परिवार…
पाल्पाका १८ मतदानस्थल अतिसम्वेदनशील
असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका १८ ओटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणबाट अतिसम्वेदनशील रूपमा लिइएको लिइएको छ । तानसेन नगरपालिकामा तीन ओटा, रामपुर नगरपालिकामा ६ ओटा, माथागढी गाउँपालिकामा एउटा, तिनाउँ गाउँपालिकामा चार र रैनादेवी छहरा गाउँपालिकामा चार ओटा गरी जम्मा १८ ओटा मतदानस्थल अतिसम्वेदनशील रहेको विश्लेषण गरिएको प्रमुख…
सिस्ने गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच झडप
चुनाव प्रचारको क्रममा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताबिच सिस्ने गाउँपालिका-७ मा असार १० गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका ६ जना र एमालेका तीन जना र एक जना विद्यार्थी घाइते भएका छन् । आफ्ना पार्टीका कार्यकर्तालाई चुनाव प्रचारमा अवरोध गरी नेकपा माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको…
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बढैयाताल गाउँपालिका-४ खैरेनीबाट असार ९ गते गिरफ्तार गरेको छ । बढैयाताल गाउँपालिका-४ निवासी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय खुमबहादुर गिरी र सोही ठाउँका ४६ वर्षीय चन्द्रबीर बिकलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले…
जिल्लास्तरीय बहस तथा सम्वाद कार्यक्रम सम्पन्न
जिल्लामा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा दर्जनौँ समस्या रहेकोमा मानव अधिकार निगरानी समूहको नियमित निगरानीपछि सुधार आएको सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा जिल्लामा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत असार ९ गते तौलिहवामा आयोजित बहस तथा सम्वाद कार्यक्रममा सो कुरा…
शिक्षा स्वास्थ्य र खाद्य अधिकार सवालमा उम्मेदवारसँग सम्वाद
इन्सेक नेपालगञ्जको आयोजना तथा भिजन टेलिभिजनको सहकार्यमा नेपालगञ्ज उप महानगरपालिकाका उपप्रमुखका उम्मेदारबिच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा असार ९ गते टेलिभिजन सम्वाद सम्पन्न भएको छ । सम्वादमा उममेयरका उम्मेदवार क्रमशः नेपाली काङ्ग्रेसकी उमा थापा, नेकपा एमालेकी शान्ति ढकाल र राष्ट्रिय जनमोर्चाकी माला केसी सहभागी थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसकी…