शिक्षकको यातनाका कारण छात्रा बेहोस्, उपचारका लागि अस्पताल भर्ना

शिक्षकको यातनाले भैरव जनता माध्यमिक विद्यालयमा कक्षा-६ मा अध्ययनरत छात्रा सुस्मिता रुचाल बेहोस भएपछि दुई दिनदेखि युनाइटेड मिसन अस्पताल तानसेनमा भर्ना गरिएको छ । जाडो विदाको समयमा दिएको गृहकार्य नगरेको भन्दै शिक्षक चिरञ्जीवि बास्तोलाले कुखुरा बनाएर कारबाही गर्ने क्रममा बेहोस भएपछि पीडित बालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।…

January 25, 2017  
बेचविखन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता

२३ वर्षीया महिलालाई बेचविखन गरेको अरोपमा रुपन्देहीको बुटवल उमनपा-४ की ३५ वर्षीया सुकमाया परियारविरुद्ध माघ ११ गते नवलपरासी प्रहरीमा उजुरी दर्ता गरिएको छ । वैदेशिक रोजगारीको लागि कुबेत पठाउने भन्दै नेपाल भारत सिमाना महेशपुर हुँदै दिल्लीबाट दुबई पुर्‍याई विक्री गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाले आफूलाई विक्री गरी…

इन्सेककाे पहलमा अपाङ्गता भएका बम बहादुरले परिचयपत्र पाए

गाविस कार्यालय छेउमा परिचय पत्रका लागि याचना गरेर बसेका चिदीपानी गाविस-९ का ५० वर्षीय बमबहादुर घर्तीले माघ ११ गते अपाङ्गता परिचयपत्र पाएका छन् । इन्सेक अनलाइनमा माघ ८ गते गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना ! शीर्षाकमा समाचार प्रकाशन भएपछि इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाको पहलमा पाल्पाका प्रमुख…

January 24, 2017  
बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

४० वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोग ठहर गर्दै गोल्टाकुरी-६ का ३७ वर्षीय देविराम विकलाई दाङ जिल्ला अदालतले १० वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले माघ ११ गते विकलाई कसुरदार ठहर गर्दै १० वर्ष कैद तथा पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति उपलव्ध गराउने फैसला भएको…

January 24, 2017  
गाविस कार्यालय छेउबाटै परिचय पत्रको लागि याचना !

पहिलो चरणमा हरेक किसिमका सिफारिस वा न्यायका लागि गाउँ विकास समितिमा जानुपर्छ । गाविसबाट लिन सक्ने सेवा गाविसबाटै लिन्छ र जिल्लाबाट लिनुपर्ने सेवाका लागि गाविसको सिफारिसपत्र लिएर जिल्लामा पुग्छ । तर, यहाँका एक जना अपाङ्गता भएका व्यक्ति गाविस कार्यालय छेउबाटै अपाङ्गता परिचयपत्रका लागि याचना गरिरहेका छन् । चिदीपानी गाविसको वडा…

January 21, 2017  
आगो लगाएर पत्नीकाे हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय, फुल्टेक्राका इन्स्पेक्टर राजन गौतमका अनुसार खटिकलाई मटीतेल खन्याएर आगो लगाइदिएका हुन् । पीडित महिलाको छाती, अनुहार,…

January 20, 2017  
पत्नीमाथि आगो लगाएर हत्या प्रयास

नेपालगञ्ज उमनपा-१२ की २२ वर्षीया अमिसा खटिकलाई २६ वर्षीय राजेन्द्र खटिकले आगो लगाएर हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । मटीतेल खन्याएर जलाइएकी खटिकको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय, फुल्टेक्राका इन्स्पेक्टर राजन गौतमका अनुसार खटिकलाई मटीतेल खन्याएर आगो लगाइदिएका हुन् । पीडित महिलाको छाती, अनुहार,…

January 20, 2017  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हंसपुर-९ की ३३ वर्षीया पत्नीको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति निमबहादुर रेश्मीमगरलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २ गते साँझ कुटपिट गरेको कारण माघ ४ गते मृत्यु भएको आरोपमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए ।…

January 19, 2017  
यौन दुर्‍व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ललाई फकाई विवाहको नाटक गरी यौन दुरव्यवहार गरेको आरोपमा प्रहरीले वगाहा गाविस-१ का २० वर्षीय पिन्टु भनिने सुफियान महमद खानलाई रुपन्देही प्रहरीले माघ ५ गते बगाहाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते भारतमा लगेर बेपत्ता बनाएको भनी बालिकाकी आमाले माघ २ गते जिल्ला…

January 19, 2017  
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ ३ गते पाताभार-७ का २७ वर्षीय सञ्जय चौधरीलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका…

January 16, 2017