कथित बोक्सीको आरोपमा हत्या घटनाका आरोपित गिरफ्तार
नौबस्ता गाविस-९ तिकमपुरकी ४० वर्षीया डण्डी थारुलाई कथित बोक्सीको आरोपमा हत्या गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय दिनेश थारुलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्स्पेक्टर रमेश अवस्थीकाअनुसार घटनापछि फरार रहेका अरोपितलाई भदौ ९ गते राति कैलालीको अतरियाबाट गिरफ्तार गरिएको हो । इन्पेक्टर अवस्थीका…
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको मुख च्यातेर हत्या गरेको आरोपमा विजौरी गाविस-३ मनिकापुरकी २० वर्षीया पार्वती विकलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरेको जनाएको छ । अवैध सम्बन्धबाट जन्मिएको बालिकालाई घरमा जन्म दिएकी विकले हत्या गरी झोलामा घरभित्र लुकाएर उपचारका लागि राप्ती अञ्चल अस्पताल पुगेपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । प्रहरीका…
बलात्कार घटनामा दोषी ठहरिएका दुई वर्षपछि गिरफ्तार
बलात्कार घटनामा दोषी ठहरिएका घोराही नपा-१ सर्राका २० वर्षीय दुर्गा चौधरीलाई प्रहरीले भदौ ६ गते घोराहीबाट गिरफ्तार गरेको छ । ३० वर्षीया एक महिलालाई ०७१ भदौ १५ गते सामूहिक बलात्कार गरेको घटनामा संलग्न भई घटनापछि फरार भएका चौधरीलाई दुई वर्षछि प्रहरीले गिरफ्तार गरेको हो । जिल्ला अदालतले दुर्गा चौधरीलगायत चार…
बलात्कार घटनाका आरोपितलाई कानुनी कारबाहीको माग
१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरीमालिका नपा-८ घरभई नेपालगञ्ज उपमनपा-५ गणेशपुर बस्दै आएका ३० वर्षीय शिव शाहीलाई पीडित पक्षले कानुनी कारबाहीको माग गरेका छन् । पीडित पक्षले भदौ ६ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएर यस्तो माग गरेका हुन् । पीडित बालिकालाई आरोपितले भदौ…
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार
एक १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपन्देही प्रहरीले नेपाल आयल निगमको भैरहवा केन्द्रका प्रमुख ३५ वर्षीय चित्तरञ्जन दासलाई भैरहवाबाट भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित दासले भदौ ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले बताए ।…
अनुसन्धान प्रक्रियामा थप गम्भीर र चनाखो हुनु पर्नेमा जोड
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले प्रारम्भिक चरणमा उजुरीहरू सङ्कलन गरी अनुसन्धानको प्रक्रियामा गइसकेपछि नागरिक समाज अझ चनाखो र सशक्त भएर लाग्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताए । इन्सेक, द्वन्द्वपीडित समिति र कर्मशील-नेपालद्वारा भदौ १ गते गुलरियामा आयोजित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता…
कारागारमा भाइरल सङ्क्रमित कैदीबन्दीलाई छुट्टै राख्ने ठाउँ नहुँदा समस्या
बर्दिया जिल्ला कारागारमा भाइरल सङ्क्रमित कैदीबन्दीलाई छुट्टै राखी उपचार गर्ने ठाउँ नहुँदा अन्य स्वस्थ बन्दीहरूमा भाइरल ज्वरोको सङ्क्रमण फैलिने क्रम बढेको छ । भाइरल ज्वरोको सङ्क्रमणले कारागारमा ४० जना कैदीबन्दी बिरामी भएका छन् । साउन २९ गतेदेखि फैलिएको भाइरल सङ्क्रमण बढ्दै गएपछि कारागारभित्र कैदी बिरामी बढ्दै गएका छन् । जिल्ला…
कथित बोक्सीको आरोप लगाउनेलाई कानुनी कारबाहीको माग
धधवार गाविस-९ डफैयाकी ४० वर्षीया बेलकुमारी थारू र उनकी १८ वर्षीया छोरी पवित्राकुमारी चौधरीलाई कथित बोक्सीको आरोप लगाएको उजुरी परेपछि प्रहरीले सोही ठाउँका ४५ वर्षीया प्रेमकुमारी थारू र २० वर्षीया निर्मला थारूलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बेलकुमारी र पवित्रालाई आरोपितहरूले कथित बोक्सीको आरोप लगाएको भन्दै पीडितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर गाविस-९ रातामाटाका १८ वर्षीय विपाली विकलाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित विकले साउन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण राप्ती उपक्षेत्रीय अस्पतालमा साउन…
घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसाल
केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसालाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई साउन ३१ गते २४ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रमाण र वयानको आधारमा अरोपितले पत्नीलाई घरेलु हिंसा गरेको ठहर गर्दै…