चुनावीसभा नजिकै बम विष्फोट हुँदा म्यादी प्रहरीसहित नौ जना घाइते, चारजना नेपालगञ्ज रिफर

चुनावी सभा नजिकै बम विष्फोट हुँदा दाङको तुलसीपुरमा मङ्सिर १२ गते म्यादी प्रहरीसहित नौ जना घाइते भएका छन् । नेपाली काङ्ग्रेस दाङले तुलसीपुरको अरनिको मैदानमा आयोजना गरेको चुनावी सभालाई दिउँसो ४ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरिरहेकै बेला करिब ५ सय मिटर पर अज्ञात समूहले बम विष्फोट गराएको थियो ।…

२०७४ मंसिर १२, मंगलवार २१:०५ गते  
नगरपालिका प्रमुखले आचारसंहिता उल्लङ्घन गरेको वामपन्थी गठबन्धनको आरोप

सितगङ्गा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले निर्वाचन आचारसंहिता विपरीत खानेपानी आयोजनाको उद्घाटन गरेको वामपन्थी गठबन्धनले आरोप लगाएको छ । नगर प्रमुख अधिकारीले मङ्सिर ११ गते सितगङ्गा नपा-४ खिप्दीमा खानेपानी आयोजनाको उद्घाटन गरी मतदातालाई प्रभावित गर्ने र आचारसंहिता विरूद्ध कार्य गरेको वामपन्थी गठबन्धन चुनाव परिचालन समिति सितगङ्गाका संयोजक बसन्त श्रेष्ठले बताए ।…

२०७४ मंसिर १२, मंगलवार २०:४९ गते  
नेपाली काङ्ग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

दाङ निर्वाचन क्षेत्र नं. २ (१) का नेपाली काङ्ग्रेस उम्मेदवार भरतबहादुर न्यौपानेलाई लक्षित गरी मङ्सिर ११ गते अज्ञात समूहले बम विष्फोट गराएको छ । प्रदेस सभा उम्मेदवार न्यौपाने तुलसीपुर उपमनपा-१९ छिल्लीकोट पुगेर घोराही फर्कदैँ गर्दा अज्ञात समूहले सक्राम भन्ने स्थानमा बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले…

२०७४ मंसिर ११, सोमबार २१:१४ गते  
गुल्मीमा काङ्ग्रेस नेता लक्षित गरी बम विष्फोट

गुल्मीको मुसिकोट नपा-१ को नेटामा मङ्सिर ११ गते बिहान काङ्ग्रेस नेता चढेको जिपलाई लक्षित गरी बम विष्फोट भएको छ । क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-२ को दर्लिङमा दिउँसो हुने चुनावी सभामा लु १ च ९४५८ नम्बरको जिपमा जाँदै गरेका काङ्ग्रेस नेताहरूलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराएको जिल्ला…

२०७४ मंसिर ११, सोमबार १३:५६ गते  
मतपेटिका बोकेको टोलीमाथि बम प्रहार

मङ्सिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपेटिका बोकेर सदरमुकाम फर्कँदै गरेको टोलीमाथि लक्षित गरी मङ्सिर १० गते राति चौरजहारी नपा-६ घर्तीकाँडामा बम प्रहार भएको छ । सो टोलीले चौरजहारी नगरपालिकाको वडा नम्बर ६, १०, ११, १२, १३ र १४ का मतपेटिका बोकेको थियो । बम…

२०७४ मंसिर ११, सोमबार १३:४८ गते  
रूकुम (पश्चिम) का दुई केन्द्रको मतदान स्थगित, निर्वाचन अवरूद्ध गर्न खोज्ने तीन जना गिरफ्तार

मङ्सिर १० गतेको पहिलो चरणको निर्वाचन अन्तर्गत रूकुम (पश्चिम) का दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ । आठविसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्रमा नेपाली काङ्ग्रेसका कार्यकर्ता केशव खड्काले ३ सय ३ मत खसिसकेको अवस्थामा समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याएर मतपेटिका जलेपछि सो केन्द्रको समानुपातिक तर्फको मतदान स्थगित…

२०७४ मंसिर ११, सोमबार १३:०१ गते  
मानव बेचबिखनको आरोपमा दुई गिरफ्तार, तीनको उद्धार

भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि जान लागेका २० वर्षीया, १९ वर्षीया र ३४ वर्षीया तीन महिलालाई प्रहरीले विनय त्रिवेणी गाउँपालिका स्थीत नेपाल भारत सिमा भैसालोटनबाट मङ्सिर ९ गते उद्धार गरेको छ । प्रहरीले सोही स्थानबाट मानव बेचबिखन गर्ने उद्धेश्यले महिलाहरूलाई सिमापार गराएको आरोपमा बर्दघाट नपा-१ का ४१ वर्षीय हरिबहादुर…

२०७४ मंसिर ११, सोमबार १२:३२ गते  
निर्वाचन कार्यालयद्वारा प्रचारप्रसारमा बालबालिकाको प्रयोग

निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने आचारसंहिता जारी गरेको निर्वाचन आयोगले आफैँ बालबालिका प्रयोग गरी निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न तथा प्रचारमा प्रयोग गरेको पाइएको छ । मङ्सिर ९ गते बुद्धभूमि नपा-४ मा निर्वाचन सामग्रीसहित केही बालबालिकाहरू निर्वाचन आयोगका प्रचार सामग्रीहरू गाउँगाउँमा टाँस्दै हिँडेको पाइएको हो । आयोगले राजनीतिक दललाई आचारसंहिता पालना…

२०७४ मंसिर ९, शनिबार १९:२६ गते  
रुकुम (पूर्व) का नौ मतदान केन्द्र सम्पर्कविहीन

पूर्वी रुकुमका नौ ओटा मतदान केन्द्रमा फोन सम्पर्कको सुविधा नहुँदा निर्वाचनमा खटिएका कर्मचारी र मतदाता सम्पर्कविहीन भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गतका रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, जाङ, खारावाङ, कोल र राङ्सी तथा सिस्ने गाउँपालिका अन्तर्गतको सिस्ने मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । रुकुम (पूर्व) का मुख्य निर्वाचन अधिकृत दुर्गा…

२०७४ मंसिर ९, शनिबार १६:२१ गते  
उम्मेदवार पत्नीले पैसा बाँडेको आरोपमा उजुरी

नेपाली काङ्ग्रेसका उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर ८ गते आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ । पाल्पा क्षेत्र नं. २ अन्तर्गत वगनासकाली गाउँपालिकाको खानीगाउँ र बराङ्दीमा काङ्ग्रेस उम्मेदवारहरू पत्नीहरूले प्रति व्यक्ति २/२ सय रुपियाँ बाँडेर निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेको भन्दै उजुरी परेको हो…

२०७४ मंसिर ८, शुक्रबार २१:०३ गते