बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका-३ का २४ वर्षीय धिरेन्द्र मधेसियालाई वैशाख २० गते साँझ आरोपितको घरबाटै गिरफ्तार गरेको छ । आरोपित मधेसियाले पत्नी कुसुम हुँदाहुँदै महाराजगञ्ज नौतुनहवा थाना भारतकी २२ वर्षीया रिङ्की मधेसियालाई ०७४ चैत २९ गते भगाएर फरार रहेको र वैशाख १८ गते साँझ घरमा लिएर आएको भनी…
द्वन्द्वमा मारिएका तथा बेपत्ता पारिएका नागरिकको सम्झनामा शान्ति स्मारक निर्माण
दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा मारिएका तथा बेपत्ता पारिएकाहरूको सम्झनामा रोल्पाको लिबाङमा शान्ति स्मारक निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको १ लाख ८५ हजार रुपियाँ र मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) को ५ लाख ५४ हजार रुपियाँ गरी जम्मा ७ लाख ३९ हजार रुपियाँमा निर्माण गरिएको उक्त…
सेवाप्रदायक र सेवाग्राहीबिच जिल्ला तथा स्थानीय तहस्तरीय अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला तथा स्थानीय तहस्तरीय शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम वैशाख २० गते घोराहीमा सम्पन्न गरिएको छ । सो अवसरमा बोल्दै सेवाप्रदायक निकायका अधिकारीहरूले अधिकारको प्रत्याभूति गराउन जिम्मेवार भएर लाग्ने प्रतिबद्धता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा-६ का २० वर्षीय गुसरान आलम मुसलमानलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १८ गते बलात्कार गरेको भनी पीडितले वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले…
बेचबिखन प्रयास घटनाका पीडितको उद्धार
३३ वर्षीया र ४३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट वैशाख १९ गते दिउँसो उद्दार गरेको छ । घटनामा संलग्न आरोपितद्वय काठमाडौँ मनपा चावहिल बस्ने अन्दाजी ३५ वर्षीय विनोद घले र पदम घलेको खोजी कार्य सुरू गरिएको…
सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका पीडितको उपचारमा इन्सेकद्वारा सहयोग
सशस्त्र द्वन्द्वको क्रममा अङ्गभङ्ग भएका कोहलपुर नपा-२ का ५७ वर्षीय इन्द्रबहादुर बिकलाई थप उपचार तथा राहत प्रक्रियामा जानका लागि इन्सेक नेपालगञ्जले वैशाख २० गते आर्थिक सहयोग गरेको छ । पीडितलाई उपचारका लागि १० हजार रुपियाँ सहयोग गरिएको इन्सेक नेपालगञ्ज कार्यालयका संयोजक भोला महतले बताए । ०५८ माघ १६ गते तत्कालीन…
उपचारका लागि मेडिकल पुगेकी बिरामीको मृत्यु, मेडिकल सञ्चालक र डक्टर गिरफ्तार
तुलसीपुर उपमनपा-७ की ४० वर्षीया प्रेमा कुमालको उपचारको क्रममा मृत्यु भएपछि ज्योति मेडिकल तुलसीपुरका सञ्चालक तुलसीपुर उपमनपा-५ का ५० वर्षीय विनोद धौलाकोटी र उपचारमा संलग्न ३६ वर्षीय डक्टर प्रकाश नेपालीलाई प्रहरीले वैशाख १९ गते गिरफ्तार गरेको छ । किनमेलकालागि बजार आएकी प्रेमाको पेट अचानक दुखेपछि उपचारका लागि मेडिकलमा पुगेकी थिइन्…
प्रशासनको अनुमतिबिना सांस्कृतिक कार्यक्रम गरेको आरोपमा दुई जना गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बाणगङ्गा नपा-१० दानापुरका ४० वर्षीय शम्भु थारु भनिने काजु थारु र जिल्ला सांस्कृतिक समूहका संयोजक विजयनगर गाँउपालिका-४ का ३३ वर्षीय देवकुमार देउकीलाई प्रशासनको अनुमतिबिना रातिको समयमा सांस्कृतिक कार्यक्रम गरेको आरोपमा इलाका प्रहरी कार्यालय पिपराले वैशाख १८ गते राति १० बजे गिरफ्तार गरेको…
दाइजो नल्याएको आरोपमा पत्नीलाई कुटपिट, आरोपित गिरफ्तार
नेपालगञ्ज उमनपा-८ की २४ वर्षीया फरहिन सिद्दिकीलाई दाइजो नल्याएको आरोप लगाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति सलिम सिद्दीकीलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाह भएको ६ महिनादेखि दाइजो नल्याएको भन्दै पटकपटक कुटपिट गरेको र आगो लगाउने धम्की दिएको भन्दै पीडितले वैशाख १७ गते जिल्ला…
आन्दोलनरकारीद्वारा जिल्ला अस्पातालमा धर्ना, सेवा प्रभावित
चिकित्सकको लापरबाहीबाट सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले जिल्ला अस्पतालमा तालाबन्दी गरी गरेको आन्दोलनका कारण वैशाख १९ गते जिल्ला अस्पतालको आपतकालीन सेवाबाहेक सम्पूर्ण सेवा प्रभावित भएको छ । अस्पतालबाट उपलब्ध हुने ओपिडी, एक्सरे र ल्याव परीक्षण सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका हुन् । अस्पतालमा उपचार गराउन आएका…