महिलामाथि दुर्व्यवहार तथा कुटपिट गर्नेलाई ६ महिना कैद

सीतगङ्गा नपा-९ अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई सार्वजनिक स्थानमा कुटपिट तथा दुर्व्यवहार गर्ने राप्ती गाउँपालिका-१ पाखापानी दाङकी ३९ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनीता गुप्तालाई ६ महिना कैद तथा जनही २५ हजार रुपियाँ जरिबाना गरिएको छ । सार्वजनिक अपराधसम्बन्धी मुद्दा चलाएकोमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले असार १३ गते…

२०७५ असार १४, बिहीबार १५:२६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पञ्हरीले इस्मा गाउँपालिका-२ का ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षबाट असार १२ गते उजुरी आएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए ।…

२०७५ असार १४, बिहीबार १४:३८ गते  
शोकसभा गरेर मुक्ति दिवस मनाए पूर्व कमलरीले

दाङका मुक्त कमलरीहरूले आफ्नो पाचौँ मुक्ति दिवस शोकसभा गरेर असार १३ गते घोराहीमा मनाएका छन् । बर्दियाकी ११ वर्षीया बालिका अस्मिता चौधरीको रहस्यमय मृत्युको छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै मुक्त कमलरी विकास मञ्च नेपाल केन्द्रीय कार्यालयले घोराहीमा र्‍याली तथा शोकसभा गरेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले…

२०७५ असार १३, बुधबार २२:२५ गते  
बेचबिखन प्रयास घटनाका पीडितको उद्धार

१६ वर्षीया एक र १७ वर्षीया एक जना बालिकालाई सीमा नाका कृष्णनगरको बाटो भारतको दिल्लीतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले शान्ति पुनर्स्थापना गृहको सहकार्यमा असार १२ गते उद्धार गरेको छ । उनीहरूलाई बेचबिखनका लागि भारत बोलाइएको प्रहरीको अनुमान छ । बालिकाहरूलाई दिल्लीका दिपक नाम गरेका व्यक्तिले फेसबुकमा कुराकानी गरी आफू पनि…

२०७५ असार १३, बुधबार १०:३३ गते  
घरभित्रै गन्हाउने अवस्थामा एक महिलाको शव भेटियो

मुसीकोट नगरपालिका-१ सल्लेमा एक महिलाको शव घरभित्रै गन्हाउने अवस्थामा भेटिएको छ । ४६ वर्षीया आइती बुढाको घरमा बाहिरबाट ताला लगाएको अवस्थामा असार १२ गते घरभित्रै शव फेला परेको हो । मृतक बुढाका छोराले ताला फोडेर भित्र जाँदा आमाको शव भेटिएको भन्दै प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का…

२०७५ असार १२, मंगलवार २२:१३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बावुलाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बिजुवारमा असार ११ गते उजुरी दिएको थियो । घटनाको जानकारी पाएलगत्तै आरोपितलाई असार ११ गते नै गिरफ्तार गरिएको जिल्ला…

२०७५ असार १२, मंगलवार २२:०९ गते  
बेचबिखन घटनाका आरोपित गिरफ्तार

३० वर्षीया दुईजना र ३५ वर्षीया एक जना गरी तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा प्रहरीले असार १० गते भैरहवाको सिर्द्धार्थ बसपार्कबाट उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका-५ की ३० वर्षीया सरीता चौधरी थापा, नवलपरासी बर्दघाट…

२०७५ असार १२, मंगलवार १२:४९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नपा-११ का १८ वर्षीय वास्तगिर आलमलाई असार १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १० गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध…

२०७५ असार १२, मंगलवार १२:४८ गते  
नेपाल मानव अधिकार वर्षपुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि रोल्पा जिल्लामा सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ११ गते लिबाङमा सम्पन्न गरिएको छ । इन्सेकका साधारण सदस्य घनश्याम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले ६ महिनामा अभिलेख गरिएका १५ ओटा घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा…

२०७५ असार ११, सोमबार २२:१२ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानले नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १० गते प्यूठानमा सम्पन्न गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार पुस्तक पीडित पक्षको महत्वपुर्ण दस्तावेज भएकाले यसलाई समाय अनुसार परिर्वतन गदै लैजान आवश्यक रहेको…

२०७५ असार १०, आईतवार २१:५८ गते